काठमाडौं। पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेसँगै यसको प्रत्यक्ष असर अब यातायात भाडा, बजारभाउ र समग्र महँगीमा पर्ने देखिएको छ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण देखाउँदै पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ, डिजेलमा १० रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर २१६ रुपैयाँ बढाएको छ।
डिजेलको मूल्यवृद्धि विशेषगरी सार्वजनिक यातायात र मालवाहक सवारीमा प्रयोग हुने भएकाले अब यातायात भाडा समायोजनको दबाब बढ्ने देखिन्छ। यातायात व्यवसायीले लागत बढेको भन्दै भाडा बढाउन माग गर्न सक्ने सम्भावना छ।
यातायात खर्च बढेपछि यसको प्रभाव कृषि उत्पादन, खाद्यान्न, तरकारी तथा उपभोग्य वस्तुको ढुवानी लागतमा पनि पर्नेछ। यद्यपि इन्धनको भाउ घट्दा यातायात भाडा समायोजन बिरलै हुने गरेको छ।
यातायात खर्च बढेपछि यसको प्रभाव कृषि उत्पादन, खाद्यान्न, तरकारी तथा उपभोग्य वस्तुको ढुवानी लागतमा पनि पर्नेछ। ढुवानी महँगो हुँदा व्यापारीले सामानको मूल्य बढाउने भएकाले बजारमा दैनिक उपभोग्य वस्तुको भाउसमेत बढ्ने अनुमान गरिएको छ।
पेट्रोलियम मूल्यवृद्धि केवल इन्धनको मूल्य परिवर्तन मात्र नभई सार्वजनिक यातायात, ढुवानी र बजार मूल्यमार्फत आम उपभोक्ताको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने आर्थिक चक्रको रूपमा रहेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाको भनाइ छ।
मूल्यवृद्धिको बहानामा उपभोक्तालाई चर्को शुल्क लिने र बजारमा कृतिम अभाव सिर्जना गर्न सक्ने सम्भावना धेरै रहने भएकोले यो बेला सरकारले अनुगमन र कारबालाई तीर्व पार्नुपर्ने उनले बताए। ‘संकटलाई अवसरको रुपमा बदल्नेहरु बजारमा धेरै हुन्छन्,’ अध्यक्ष तिमल्सिनाले भने, ‘यो बेला उपभोक्ता पनि सचेत हुनुपर्छ र ठगिएको महशुस भए उजुरी गर्नुपर्छ।’
नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि केवल इन्धन क्षेत्रमा सीमित रहँदैन। यसको प्रभाव यातायात, ढुवानी, उत्पादन, सेवा र खुद्रा बजारसम्म फैलिने भएकाले अन्ततः आम उपभोक्ताको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने अवस्था सिर्जना हुन्छ।
यातायात भाडामा बढ्ने दबाब
इन्धन मूल्यवृद्धिको सबैभन्दा तत्काल प्रभाव सार्वजनिक यातायात क्षेत्रमा देखिन्छ। नेपालमा सञ्चालन हुने अधिकांश बस, माइक्रोबस, ट्रक तथा मालवाहक सवारी साधन डिजेलबाट चल्ने भएकाले डिजेलको मूल्य बढेपछि यातायात व्यवसायीको लागत पनि बढ्छ।
डिजेलको मूल्यवृद्धि विशेषगरी सार्वजनिक यातायात र मालवाहक सवारीमा प्रयोग हुने भएकाले अब यातायात भाडा समायोजनको दबाब बढ्ने देखिन्छ। यातायात व्यवसायीले लागत बढेको भन्दै भाडा बढाउन माग गर्न सक्ने सम्भावना छ।
यातायात व्यवसायीका अनुसार इन्धन सार्वजनिक यातायात सञ्चालनको प्रमुख खर्चमध्ये एक हो। डिजेलको मूल्य बढ्दा दैनिक सञ्चालन खर्च उल्लेखनीय रूपमा बढ्ने भएकाले व्यवसायीले भाडा समायोजनको माग गर्ने सम्भावना रहन्छ। विगतमा पनि डिजेलको मूल्यवृद्धि भएपछि व्यवसायीले सरकारसँग भाडा बढाउन माग गर्दै आएका छन्।
यातायात व्यवस्था विभागले निश्चित मापदण्डका आधारमा भाडा समायोजन गर्ने व्यवस्था भए पनि व्यवहारमा व्यवसायीको दबाब र लागत वृद्धिका कारण भाडा बढ्ने अवस्था बन्ने गरेको छ। यदि भाडा समायोजन भयो भने त्यसको प्रत्यक्ष असर यात्रु तथा सर्वसाधारणमाथि पर्नेछ।
यद्यपि इन्धनको भाउ घट्दा यातायात भाडा समायोजन बिरलै हुने गरेको छ।
ढुवानी खर्च बढ्दा बजार भाउमा असर
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य शिव घिमिरेले डिजेलको मूल्यवृद्धिले ढुवानी क्षेत्रमा पनि सीधा प्रभाव पार्ने बताउछन्। नेपालमा खाद्यान्न, फलफूल, तरकारी, निर्माण सामग्री तथा औद्योगिक वस्तु देशका विभिन्न भागबाट ढुवानी गरी बजारमा पुर्याइने भएकोले इन्धनको मूल्य वृद्धिको प्रभाव चौतर्फी पर्ने उनले बताए।
ढुवानी खर्च बढ्दा व्यापारीले आफ्नो लागत सम्हाल्न वस्तुको मूल्य बढाउने सम्भावना रहेकोले विशेषगरी कृषिजन्य उत्पादनमा यसको प्रभाव चाँडै देखिने उनको भनाइ छ। तराई र ग्रामीण क्षेत्रबाट सहरमा आउने तरकारी, फलफूल तथा खाद्यान्नको ढुवानी महँगो हुँदा उपभोक्ताले ती वस्तु उच्च मूल्यमा किन्नुपर्ने अवस्था आउन सक्ने व्यवसायीहरुको भनाइ छ।
उद्योग र सेवा क्षेत्रमा लागत वृद्धि
होटल एसोसिएन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले इन्धन मूल्यवृद्धिले उद्योग र सेवा क्षेत्रको लागत संरचनामा पनि असर पार्ने बताउछन्। उद्योगले कच्चा पदार्थ आयात गर्न, उत्पादन गर्न र तयार वस्तु बजारमा पुर्याउन ढुवानी खर्च बढ्दा त्यसको लागत होटलमा पनि बढ्ने उनले बताए।
यस्तै, डिजेल र पेट्रोलको मूल्य बढ्यो भने कच्चा पदार्थ ढुवानी महँगो हुने र उत्पादन लागत बढ्ने महासंका केन्द्रीय सदस्य राजेश अग्रवालको भनाइ छ। उद्योगले बढेको लागतलाई उत्पादनको मूल्यमा समायोजन गर्न खोज्ने भएकाले अन्ततः उपभोक्ताले महँगो मूल्यमा वस्तु किन्नुपर्ने स्थिति आउने उनले बताए।