काठमाडौं। पुस २७ देखि पुस ३० सम्म काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका छन्। फागुन २१ को निर्वाचनमा अप्रत्याशित पराजय बेहोरेपछि कांग्रेस सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।
शुक्रबार केन्द्रीय कार्यसमिति बैठकको बोलाउने मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएको बुझिएको छ। यद्यपि, हालसम्म कांग्रेसले हालसम्म सभापतिले दिएको राजीनामाबारे कुनै प्रतिक्रिया जनाएको छैन।
सर्लाही ४ बाट निर्वाचनमा उठेका थापाले पराजय बेहोरेपछि उपसभापतिलाई सभापति पद सुम्पिए पनि संकटका बेला नियमित महाधिवेशनपछि मात्रै निर्णय लिन शर्माले सुझाएका थिए। यद्यपि पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति थापाको राजीनामा माग गर्दै आएको छ।
कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट दायर रिट सर्वोच्च अदालतमा विचाराधीन छ।

उपसभापति शर्मासँग छलफल, चैत १।
‘चैत ६ मा बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रूपमा छलफल हुनेछ। राजीनामा दिने अधिकार र निर्णय सभापतिको हो। तर, स्वीकृत गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमिति बैठकको अधिकार हो,’ एक कांग्रेस पदाधिकारीले भने।
विशेष महाधिवेशनअघि महामन्त्री रहेका थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन डाकेका थिए। पार्टी विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ।
२१ फागुनको निर्वाचनलाई देखाएर देउवा समूहले विधानको बाध्यात्मक व्यवस्थासमेत टार्न खोजेपछि थापा र शर्माले पार्टीभित्रै ‘विद्रोह’ को शैलीमा विशेष महाधिवेशन सम्पन्न गरेका थिए। विशेष महाधिवेशनले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गर्दै थापा नेतृत्वमा १३४ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।
चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरूले राजीनामा नदिन सुझाव दिँदै आएका थिए। सभापति थापाले उपसभापति शर्मालाई राजीनामा पत्र बुझाएका हुन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिँदै थापा नेतृत्वकै केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्ने निर्णय माघ ४ मा गरेको थियो ।
चैत ६ मा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएकाले सभापति थापाले निर्वाचनमा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने बुझिएको छ। यद्यपि कांग्रेस देउवा समूहकै चन्द्र भण्डारी, डा. सुनील शर्मालगायतले पार्टी संकटमा परेका बेला राजीनामा दिने नभई नियमित महाधिवेशनसम्म दायाँबायाँ नगर्न सुझाएका छन्।
चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरूले राजीनामा नदिन सुझाव दिँदै आएका थिए। सभापति थापाले उपसभापति शर्मालाई राजीनामा पत्र बुझाएका हुन्। हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा पत्र बुझाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।
समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएलगत्तै थापाले राजीनामा पत्र दिएको उनको भनाइ छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि सभापति थापाले राजीनामापत्र बुझाएका हुन्।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचन भएको र अधिकांश उम्मेदवार पराजित भएको अवस्थामा कांग्रेसले चुनावी समीक्षा गर्न बैठक बोलाएको हो। बैठकमा रास्वपा नेतृत्वमा बन्ने नयाँ सरकार, समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको नियमित महाधिवेशनलगायत विषयमा पनि छलफल हुनेछ।
चुनावी समीक्षा गर्न माग भएपछि केन्द्रीय समिति बैठक गर्न लागिएको प्रवक्ता देवराज चालिसेले बताए। निर्वाचनमा सभापति थापासहित सबै पदाधिकारी पराजित भएका थिए। कांग्रेसले फागुन २१ को चुनावका लागि १६५ क्षेत्रमै उम्मेदवारी दिए पनि पराजय बेहोर्नुपरेको छ। थापाले दिएको राजीनामाबारे शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ।
बदल्यौं कांग्रेस, बदल्छौं देश नारासहित निर्वाचनमा होमिएको कांग्रेसले प्रत्यक्षतर्फ जम्मा १८ सिटमा जित हात पारेको छ।समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटसहित संसदमा दोस्रो दल बनेको छ। कांग्रेसको पराजयसँगै सभापति थापामाथि नैतिक दबाब परेपछि राजीनामा दिएको बुझिएको छ।