पोखराको सराङकोटस्थित अन्नपूर्ण भ्यू रिसोर्टको अपरेशसन म्यानेजरमा मनमोहन रिमाल नियुक्त भएका छन् । होटल व्यस्थापनाका अनुसार उनले चैत ११ गतेदेखि लागू हुनेगरी अपरेशन म्यानेजरको जिम्मेवारी लिएका हुन् ।
विभिन्न होटल र रिसोर्टमा काम गरिसकेका रिमालसँग आतिथ्य व्यवस्थापन क्षेत्रमा करिब डेढ दशक लामो अनुभव छ । रिमालले होटल याक एण्ड यति दरबारमार्ग, होटल सांग्रिला लाजिम्पाट, होटल मम्स होम, होटल वैशाली ठमेल लगायतका होटलमा काम गरिसकेका छन् ।
यसअघि रिमाल पोखराको लेकसाईडमा आइएमई ग्रुप अन्तर्गत आईएमई हस्पिटालिटी प्रा.लि. (इला होटल एण्ड रिसोर्ट )ले सञ्चालन गरिरहेको द लेकसाईड रिटिट्रमा अप्रेसन म्यानेजर थिए । द लेकसाइड रिटिट्र रिसोर्टमा एक्टिङ अप्रेसन म्यानेजर रहेका उनी छोटो समयमै होटलको म्यानेजर बनेका थिए । उनले पोखरामै रहेको क्निस पार्क थ्री स्टार होटलमा फ्रन्ट अफिस म्यानेजरको रुपमा पनि काम गरिसकेका छन् । स्वदेशमै केही गर्ने इच्छासहित हस्पिटालिटी क्षेत्रमा क्रियाशिल उनले ३२ वर्षकै उमेरमा रिसोर्ट अपरेशन म्यानेजर सम्मको यात्रा तय गरका हुन् ।
‘हस्पिटालिटि क्षेत्रमा नेपालममा नै केही गर्छु भनेर अघि बढेको हुँ । नयाँ जिम्मेवारी पाएकोमा अत्यन्त खुसी छु,’ उनी भन्छन् । आगामी दिनमा अझै नयाँ, व्यवस्थित र डिजिटल ढंगले काम गर्ने उनको भनाइ छ । समुद्री सतहबाट १ हजार ६ सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण भ्यू रिसोरर्टको कोठाबाटै अन्नपूर्ण हिमशृंखलाको दृश्य समेत अवलोकन गर्न सकिन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३० मिनेटको दूरीमा रहेको रिसोर्टले आवास, रेष्टुरेन्ट तथा बार, मिटिङ तथा कन्फ्रेन्स सुविधा, बगैंचा, पार्किङ, शटल सेवा लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ ।
कास्कीको चर्चित पर्यटकीय गन्तव्य सराङ्कोबाट हिमाल, पोखरा उपत्यका र फेवाताल क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । सराङकोटको पर्यटकीय सम्भावनाबीच लक्जरी होलिडे डेस्टिनेसनका रूपमा अन्नपूर्ण भ्यू रिसोर्ट स्थापना गरिएको हो ।