पुस १३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग ‘वेटिङ’ प्रधानमन्त्रीसहितको सातबुँदे सहमति गरेर विधिवत् पार्टी राजनीतिमा हाम फालेका काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह बालेन आजः देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री बनिसकेका छन्। स्वतन्त्र मेयर जितेर सीमित चौघेराको बागदरबार (महानगर) हाँकेका बालेन अब देश हाँक्न सिंहदरबार प्रवेश गरेका छन्।
तर, बालेन र सिंहदरबारको दूरी मेयर हुँदादेखि नै सगरमाथासम्मको थियो। एमाले, कांग्रेस र नेकमा माओवादी सरकारसमेत बेहोरेका बालेनले कुनै बेला सिंहदरबार आगो लगाएर सिध्याउनेसम्मको धम्की दिएका थिए। भदौ २३ र २४ मा रचिएको जेनजी आन्दोलनका क्रममा भर्खरै गृहमन्त्री नियुक्त सुदन गुरुङहरूद्वारा सिंहदरबार जलाइँदा बालेनले आगो निभाउने यन्त्र नपठाएको आरोप खेप्दै आएका छन्।
copy-1774599454.jpg)
वेटिङ पीएमको नारासहित घन्टी बजाएर देश घुमेका बालेनकै कारण रास्वपाले सम्भवतः २०१५ को बीपी कोइराला सरकारपछि करिब दुई तिहाइ बहुमत (१८४)१८२ सिट संख्याको सरकारको नेतृत्व लिएका छन्। फागुन २१ को निर्वाचनमा रास्वपाले ७७ मध्ये ४० जिल्लामा क्लिन स्वीप गरेको छ। रास्वपा उम्मेदवारले कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, विभिन्न तराई मधेसवादी दलका शीर्ष नेता तथा उम्मेदवारलाई पराजित गरेर ४० जिल्ला एकलौटी बनाए।
काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर सहकारी ठगीमा दाग लागेका रास्वपा सभापति रवि लामिछाने क्याम्पमा पुगेका बालेनकै कारण पार्टीले नयाँ÷पुराना सबै रेकर्ड तोडेर जनमत आर्जन गर्न सफल भएको छ। रास्वपालाई देशैभर चिनाउन बालेनको भूमिका शतप्रतिशत सफल रहेको यो निर्वाचनले देखायो। बालेन जता जान्छन्, उनका समर्थकबाट प्राप्त समर्थन, कांग्रेस, एमालेप्रति प्रतिबद्ध नेता÷कार्यकर्ताका जेनजी पुस्ताले समेत घन्टी र बालेनलाई औधी मन पराए। सोही कारण बालेन प्रधानमन्त्री बन्न सके। यद्यपि संसदीय व्यवस्थामा सभापति र प्रधानमन्त्री छुट्टाछुट्टै हुँदा कलह भएका उदाहरण प्रशस्त छन्।
जनताले यसपटक दल होइन, सपना रोजेकाले त्यो सपना पूरा गर्ने जिम्मेवारी बालेनकै काँधमा छ। अत्यधिक जनअपेक्षाको भारी बालेनसामु हुँदा छिटो नतिजा नआए जनताले फेरि पनि प्रश्न तेस्र्याउनेछन्।
काठमाडौंको मेयर छँदा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रको सरकारबाट प्रशासनिक अड्चनमा सताइएका बालेनले उनै केपी शर्मा ओलीको सेखी झार्न झापा ५ बाट निर्वाचनमा लडे। निर्वाचनमा ओलीले शर्मनाम पराजय बेहोर्न बाध्य पारे। अन्तिम नतिजाअनुसार रास्वपाले प्रत्यक्ष निर्वाचनतर्फ कुल १६५ सिटमध्ये १२५ सिटमा विजयी भएको छ। यस्तै, समानुपातिकतर्फ ५७ सिट ल्याएर दुई तिहाइ बहुमत नजिक १८२ संख्यासहित बालेनले प्रधानमन्त्रीको कार्यकाल सुरु गरेका छन्।
भदौ २३ र २४ बाट सुरु भएको राजनीतिक उथलपुथलले चैत्र १३ मा विश्राम लिएको छ। सत्ताको शिखरमा उक्लिएका बालेनसँग अब देश चलाउने जिम्मेवारीसँगै युवा आकांक्षाको चुलिँदा सपना पूरा गर्नुपर्नेछ। कांग्रेस, एमालेलाई गाली गर्न सिकाएर युवा आफूतिर तान्न सफल भएका प्रधानमन्त्रीले उनीहरुका लागि देशभित्रै बस्ने वातावरण, गरिखान रोजगारी, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काँचुली फेर्नैपर्नेछ।
जनताले यसपटक दल होइन, सपना रोजेकाले त्यो सपना पूरा गर्ने जिम्मेवारी बालेनकै काँधमा छ। अत्यधिक जनअपेक्षाको भारी बालेनसामु हुँदा छिटो नतिजा नआए जनताले फेरि पनि प्रश्न तेस्र्याउनेछन्।
सामाजिक सञ्जालमा निर्भर लोकप्रियताले क्षति लाभ दिए पनि दिगो नहुने निश्चित छ। पुरातन सोचको कर्मचारीतन्त्रसँग पौठेजोरी खेल्दै आएका बालेनले प्रधानमन्त्री बनेपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने हुन्, त्यो पनि हेर्न बाँकी नै छ। कंग्रेस, एमाले र नेकपा माओवादीभित्रको कलहले विगतमा पार्टी टुक्रिएका, सरकार गिरेका घटना ताजै रहेकाले रास्वपाभित्रका दुई खम्बा सभापति रवि र प्रधानमन्त्री बालेनबीच बेमेल हुने आशंका उत्तिकै छ।
दुई तिहाइ नजिकको शक्ति दुरुपयोग आरोपबाट जोगिएर परिणाममुखी रिजल्ट दिनुपर्ने दबाबमा पनि उनीमाथि छँदै छ। जेनजी आन्दोलनपछि २०८१ भदाै २७ मा बालेनकै सिफारिसमा संसद् विघटन गरिएको चर्चा चलेको थियो। अहिले फेरि संसद्मै प्रवेश गरेर बालेनले कार्यपालिका प्रमुख भएका छन्।
प्रतिनिधिसभामा सर्वाधिक ६८,३४८ मत ल्याएर विजयी सत्ता शिखरमा उत्रिएका बालेनलाई मन्त्रालयमा सीमित संख्या कायम गर्नु, खर्च कटौती र मितव्ययी हुनु, डिजिटल प्रणाली विस्तार गर्नु, सुशासन र सेवा सुधारमा ध्यान दिनु, भ्रष्टाचारीलाई कठोर दण्ड दिनु, नयाँ राजनीतिक संस्कारको सुरुआत गर्नुपर्ने चुनौती एकातिर छन् भने अर्कातिर युवाशक्तिको निर्णायक उदयपछि बाँडिएका सपनाको एक अंश भए पनि पूरा नगरिनहुने जिम्मेवारी काँधमा छ।
काठमाडौंमै स्नातक गरेर सिभिल इन्जिनियरिङ भारतबाट सकाएका बालेनले अब घरपुलको नक्सा बनाउने नभई देशकै मुहार फेर्ने नक्सा कोर्नुपर्नेछ।
रास्वपाले चुनावी घोषणापत्रमै २०४६ देखिका महत्त्वपूर्ण सार्वजनिक पदमा आसीन व्यक्तिको सम्पत्ति छानबिन गर्ने उल्लेख गरेको छ। रास्वपाको घोषणापत्रका आधारमा हेर्दा सार्वजनिक पदमा आसीन अधिक संख्या राजनीतिक व्यक्तिको नै छ। बालेनका आगामी क्रियाकलाप ३६ वर्षका बालेनले देश हाँक्ने जिम्मेवारीसहित राजनीतिमा पुस्तान्तरणको नेतृत्व पनि लिएका छन्।
काठमाडौंमै स्नातक गरेर सिभिल इन्जिनियरिङ भारतबाट सकाएका बालेनले अब घरपुलको नक्सा बनाउने नभई देशकै मुहार फेर्ने नक्सा कोर्नुपर्नेछ। २०७२ भूकम्पमा देशका विभिन्न भागमा पुगेर पुनःनिर्माणको काममा संलग्न अहिलेका इन्जिनियर प्रधामन्त्री बालेनले अब सिंहदरबारकै इन्जिनियरिङ गर्नुपर्नेछ।
र्याप ब्याटल गायक रहेका प्रधानमन्त्रीले देशलाई संगीतमय बनाउन पनि सुशासन, भ्रष्टाचारविरुद्ध निर्मम रुपमा प्रस्तुत हुनैपर्नेछ।नेपालमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने इतिहास बनेका भीमसेन थापा (३० वर्ष) (सन् १८०६/वि.सं. १८६३) र अर्का सबैभन्दा कम उमेरका नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा नियुक्त भएका थिए। यस्तै, नेपालको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेका श्री ३ जंगबहादुर २९ वर्षमा प्रधानमन्त्री भएका थिए।
जंगबहादुर राणा प्रधानमन्त्री हुँदा उनको उमेर २९ वर्ष मात्र थियो। उनको जन्म वि.सं. १८७४ असार ४ गते तत्कालीन बडाहाकिम बालनरसिंह कुँवरका छोराका रूपमा भएको थियो। अहिले युवा उमेरमै प्रधानमन्त्री बनेका बालेन हाल ३६ वर्षका छन्।
बालेनको नेतृत्वमा नयाँ सरकार गठन भएपछि भदौ २३ र २४ को जेनजी आन्दोलनमा मुखरित गरिएका भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कठोर रूपमा पालना गर्ने घोषणापत्र हुबहु कार्यान्वयन गर्नुपर्नेछ, बालेनले। प्रधानमन्त्रीप्रति सर्वसाधारण मात्र नभई मुलुकको समग्र क्षेत्र आशावादी छ। आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रले प्रधानमन्त्रीबाट देशले निकास र विकास पाउने अपेक्षा गरेको छ।