काठमाडौं। नेपालमा जिली गाडीको आधिकारीक विक्रेता एलआरआर मोटर्सले इएक्स ५ को मूल्य परिवर्तन गरेको छ। विद्युतीय सवारी साधनको भिडमा आफ्नो लोकप्रिय ब्राण्डहरु विक्रि गरिरहेको एलआरआर मोटर्सले जिली इएक्स ५ र इएक्स ५ प्रोको मूल्य परिमार्जन गरेको हो।
परिमार्जीत मूल्य अनुसार अव जिली इएक्स ५ म्याक्सको मूल्य अघिल्लो ६८ लाखबाट वृद्धि भई अब ६९ लाख ९९ हजार कायम गरिएको छ भने जिली इएक्स ५ प्रोको मूल्य अघिल्लो ५८ लाखबाट बढाएर ५९ लाख ९९ हजार निर्धारण गरिएको हो।
कम्पनीका अनुसार अमेरिकी डलरको विनिमय दरमा भएको निरन्तर वृद्धि तथा आयात लागतमा परेको प्रभावका कारण मूल्य समायोजन गर्नुपर्ने अवस्था सिर्जना भएको हो।
परिमार्जित मूल्य आइतबारदेखि लागू भएको जनाएको छ। यो मूल्य काठमाडौं, नारायणगढ, विराटनगर, बुटवल तथा नेपालगञ्ज लगायत देशभरका सबै शोरूममार्फत जिली इएक्स ५ खरिद गर्दा लागू हुने उल्लेख छ।
मूल्य परिमार्जन भएपनि कम्पनीले नयाँवर्षको बिक्री योजना यथावत रहेको जानकारी दिएको छ। जिली इएक्स ५ खरिद गर्ने ग्राहकहरूले थाइल्याण्ड भ्रमणसहित स्मार्ट कफी मेसिन, एडाप्टेबल चार्जर, आकर्षक नगद छुट तथा सहज वित्तीय सुविधा लगायतका आकर्षक उपहार तथा अफरहरू प्राप्त गर्न सक्नेछन। जसले प्रिमियम विद्युतीय सवारीमा लगानी गर्ने उपयुक्त अवसर प्रदान गर्दछ।
एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले जिली इक्स५ ले नेपालभरका ग्राहकहरूबाट अत्यन्त उत्साहजनक प्रतिक्रिया प्राप्त भैरहेको बताए। उनले ग्राहकहरूलाई प्रिमियम ईभी अनुभवसँगै निरन्तर विशेष लाभहरू प्रदान गर्ने सुनिश्चित गर्ने बताए।
कम्पनीले उन्नत प्रविधि, उत्कृष्ट कार्यसम्पादन तथा ग्राहककेन्द्रित सेवामार्फत नेपालमा तीव्र गतिमा विकास भइरहेको विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति अझ सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिरहेको उनको भनाइ छ।