काठमाडौं। विश्वभर इन्धनको मूल्य उच्च विन्दुमा पुगिरहेको वर्तमान समयमा, यमाहा नेपालले आधिकारिक रूपमा आफ्नो अहिलेसम्मको सबैभन्दा प्रभावशाली अभियान 'नाउ आइएम ७१।३३ किलोमिटर प्रतिलिटर छ' सार्वजनिक गरेको छ।
यो अभियान नेपालको बजारमा हाइब्रिड प्रविधिलाई सफल रूपमा अपनाइएको र स्थापित गरिएको खुसियालीमा ल्याइएको हो। नेपालकै एक मात्र हाइब्रिड इन्जिनयुक्त स्कुटरको रूपमा यमाहा रेजेडआर १२५ एफआई हाइब्रिड अब एक रोजाइ मात्र नभई, अनिश्चित अर्थतन्त्रमा हजारौं चालकहरूका लागि एउटा भरपर्दो समाधान बनेको छ।
दैनिक यात्रा गर्नेहरूका लागि पेट्रोलको प्रत्येक लिटरले जीवनका अन्य अत्यावश्यक आवश्यकता र गतिशीलता बीचको छनोटलाई प्रतिनिधित्व गर्दछ। विश्वव्यापी रूपमा इन्धनको लागत बढ्दै जाँदा, ट्याङ्की भर्दाको मानसिक र आर्थिक तनाव पहिले कहिल्यै यति धेरै भएको थिएन। यमाहा नेपालले बुझेको छ कि चालकहरू केवल एउटा स्कुटर मात्र खोजिरहेका छैनन्, उनीहरू आर्थिक सहजता पनि खोजिरहेका छन्।
फाइदा विश्लेषणले प्रष्ट पारेको छ:
- साधारण १२५ सीसीका स्कुटरले औसत ४०/४५ किमीरलिटर माइलेज दिन्छन्।
- रेजेडआर हाइब्रिडको एआरएआइ प्रमाणित ७१.३३ किमीरलिटरले लगभग ४० प्रतिशत बढी माइलेज प्रदान गर्छ।
- सहरको नियमित यात्रामा, यो कार्यक्षमताले चालकको गोजीमा हजारौं रुपैयाँ फिर्ता गरिदिन्छ। जसले ३ वर्षको अवधिमा इन्धन बचत मार्फत मात्रै स्कुटरको लागतको १ लाख रुपैयाँभन्दा बढी सुरक्षा कबखष्लन गरिदिन्छ।
फाइदाहरू
रेजेडआर हाइब्रिड शक्ति, शैली र विश्वस्तरीय इन्जिनियरिङको उत्कृष्ट संगम होस्
- सेग्मेन्टमै पहिलो हाइब्रिड प्रविधिस् स्मार्ट मोटर जेनेरेटरले विद्युतीय रूपमा काम गर्दै सुरुवाति गति र उकालो बाटोमा 'पावर असिस्ट' प्रदान गर्छ। यसले गर्दा माइलेजका लागि तपाईंले स्कुटरको शक्तिसँग कहिल्यै सम्झौता गर्नु पर्दैन।
- सेग्मेन्टमै सबैभन्दा हलुका डिजाइनस् मात्र ९९ केजी तौल भएको रेजेडआर म्यानुभरेबिलिटी (चलाउन सहजता)को एउटा नमूना हो। यसको हलुका बनावटले काठमाडौंका साँघुरा गल्ली र भारी ट्राफिकमा चलाउन निकै सहज बनाउँछ र चालकको थकान कम गर्छ।
- उन्नत एफआइ र स्टपरस्टार्ट सिस्टमस् अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि र स्वचालित स्टप एण्ड स्टार्ट प्रणालीले सँगै मिलेर काम गर्छन्, जसले ट्राफिक लाइटमा पालो कुर्दा इन्धनको एक थोपा पनि खेर जान दिँदैनन्।
दीर्घकालीन मूल्यप्रति अटुट प्रतिबद्धता
नेपाली चालकहरूका लागि एक दीर्घकालीन साझेदारको रूपमा आफ्नो स्थान अझ मजबुत बनाउन, यमाहा नेपालले उद्योगमै पहिलो पटक एक विशेष योजना ल्याएको छस् २०८२ चैत १ गतेदेखि रेजेडआर हाइब्रिड खरिद गर्ने सबै ग्राहकहरूका लागि ५ वर्षसम्मको निःशुल्क सर्भिसिङ।
'यो अभियान ती हजारौं सन्तुष्ट चालकहरूको आवाज हो जसले आफ्नो दैनिक जीवनमा ७१।३३ किमीरलिटरको माइलेज पहिले नै अनुभव गरिसकेका छन्,' यमाहा नेपालका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, 'यो रेकर्ड(ब्रेकिङ माइलेज र ५ वर्षको निःशुल्क मर्मत सुविधालाई जोडेर हामी ग्राहकको स्वामित्व अनुभवबाट ुखर्चको चिन्ताु हटाउँदैछौं।'