काठमाडौं। नयाँ वर्ष २०८३ सुरु हुनै लाग्दा नेपाली अटो बजारमा विद्युतीय सवारी साधन (ईभी) को मूल्य निरन्तर बढ्न थालेको छ। नयाँ वर्षको अवसरमा गाडी खरिद गर्नेहरूका लागि विगतको तुलनामा भन्दा यो वर्ष केही महँगोमा खरिद गर्नुपर्ने बाध्यता आइपरेको छ।
खास गरी पछिल्लो समय अमेरिकी डलरको भाउ र आयात लागत बढ्दा अधिकांश बिक्रेताहरूले ईभीको मूल्य बढाउन बाध्य भएको व्यवसायीहरूको भनाइ छ। डलरको भाउ निरन्तर उकालो लागेसँगै यसको प्रत्यक्ष असर नेपाली अटो बजारमा देखिन थालेको हो। विशेष गरी चीनबाट आयात भएका २०२६ मोडलका ईभीको मूल्य धमाधम बढ्न थालेको हो।
अहिलेसम्म चिनियाँ ब्रान्ड बिवाईडी, जिली र आइकारलगायतका ब्रान्डको मूल्य बढेको छ। बिक्रेताहरूले एउटै मोडलमा ७५ हजारदेखि ३ लाख रुपैयाँसम्म मूल्य बढाएका छन्। अमेरिकी डलरको विनिमय दरमा आएको तीव्र वृद्धिले नेपाली अटो मोबाइल बजारमा सवारीसाधनको मूल्यमा प्रत्यक्ष प्रभाव पारेको छ।
गाडी आयातकर्ताहरूका अनुसार डलरको विनिमय दर उल्लेखनीय रूपमा बढ्दा सिधै गाडीको मूल्यमा असर परेकाले मूल्य बढाउनुपर्ने दबाब व्यसायीहरुलाई परेको हो। हाल डलरको भाउ निरन्तर बढेकाले गाडीको मूल्य बढाउनुपर्ने दबाब सिर्जना भएको एलआर आर ग्रुपका प्रबन्ध निर्देशक जीवनजंग शाही बताउँछन्।
‘अहिले डलरको एक्सचेन्ज रेट फ्लक्चुएसन नै मूल्य वृद्धिको कारण हो,’ उनले भने, ‘हामीले सन् २०२६ का नयाँ मोडलहरू भन्सार पास गरेर ल्याउँदा डलरको भाउ बढेकाले मूल्य बढाउनु परेको हो।’ डलरको कारणले एक्सचेन्ज रेट बढ्दा मूल्य बढेकाले नयाँ मोडलका गाडी आयात गर्दा मूल्य बढाएको उनको भनाइ छ।
उनकाअनुसार स्टक बाँकी नरहेको र अहिले सबै नयाँ गाडी मात्र आयात भइरहेका कारण नयाँ आउने गाडीमा भन्सार बढेर आएको छ। ग्लोबल रूपमा एक्सचेन्ज रेटका कारण व्यवसायमा फ्लक्चुएसन छ र प्राइसमा कष्ट फ्लक्चुएसन देखिएको छ। अहिले धेरैजसो ब्रान्डले २०२६ मोडलमा मूल्य बढाइरहेका छन्। केहीले पहिले स्टक भएका गाडीमा डिस्काउन्ट दिए पनि नयाँ आयात भएका गाडीमा भने मूल्य बढेको छ।
अहिले डलरको भाउ र अन्तर्राष्ट्रिय मुद्रा विनिमयमा देखिएको फ्लक्चुएसनले गर्दा व्यापारमा चुनौती थपिएको छ। अमेरिकी डलरको विनिमय दरमा भएको बढोत्तरीले नेपाली अटो मोबाइल बजारमा ठुलो प्रभाव पारेको छ। डलरको भाउ निरन्तर उकालो लाग्दा नयाँ मोडलका गाडीहरू महँगा भएका हुन्।
अमेरिकी डलरको भाउ र आयात लागत बढेकाले गाडीको मूल्य बढाएको एसपीजी अटो मोबाइलका भाइस प्रेसिडेन्ट रुपेशशर्मा भट्ट बताउँछन्। ‘अमेरिकी डलर र चिनियाँ युआनको मूल्य बढेसँगै आयातित सामग्रीको लागत र भन्सार महसुलमा वृद्धि भएको छ,’ भट्टले भने, ‘यसले गर्दा हामीले मूल्य बढाएको हो,’ अहिलेको लागि आइकारको मूल्य बढाइएको छ अन्य मोडलहरूको हकमा भने कम्पनीले तुरुन्तै केही निर्णय नगरेको उनको भनाइ छ।
उनका अनुसार अमेरिकी डलर र चिनियाँ युआनको मूल्य बढेसँगै (एक्सचेन्ज रेट) आयातित सामग्रीको लागत र भन्सार महसुलमा वृद्धि भएको छ। यसले गर्दा सवारी साधनको समग्र लागत बढेको हो। विदेशी मुद्रा अस्थिरता, कच्चा पदार्थको अभाव, ब्याट्री उत्पादन लागतमा वृद्धिसँगै चीनको अनुदान कटौतीका कारण उत्पादन मूल्य बढेपछि नेपाल आएका गाडीहरूको मूल्य बढेको हो।
पेट्रोल÷डिजेलको बढ्दो मूल्य र वातावरणीय सचेतनाका कारण ईभी रोज्न चाहने उपभोक्ताहरूको लागि यो मूल्य वृद्धि ठुलो चुनौती बनेको छ।
आकासिएको इन्धनको मूल्यबाट बच्न र वातावरणमैत्री विकल्पका रूपमा ईभी रोज्ने मध्यम वर्गीय परिवारका लागि यो मूल्य वृद्धि ठुलो बाधक बनेको छ। अटो व्यवसायीहरूले २०२६ मोडलका नयाँ ईभीहरू नेपाल भित्र्याउन थालेसँगै तिनको मूल्य अहिले धमाधम बढाउन थालेका छन्। केही समय अघिसम्म ‘प्राइस वार’ गरिरहेका कम्पनीहरू अहिले भने विदेशी मुद्राको विनिमय दरमा भएको वृद्धिको कारण देखाउँदै धमाधम मूल्य समायोजन गर्न थालेका हुन्।
कुन कुन ब्रान्डले कति मूल्य बढाए?
बिवाईडीका मोडलमा ७५ हजारदेखि ३ लाख रुपैयाँसम्म
नेपालका लागि बिवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बिवाईकीका विभिन्न मोडलमा ७५ हजारदेखि ३ लाख रुपैयाँसम्म मूल्य बढाएको छ। कम्पनीले बिवाइडी एटो वान, एटो टु, एटो थ्री र सिलाएन सेभेनको मूल्य बढाएको छ। साइमेक्सले बिवाईडी एटो थ्री ९एड्भान्स भेरिअन्ट०को मूल्य ३ लाख रुपैयाँ बढाएर ५९ लाख ९९ हजार रुपैयाँ पु¥याएको छ। यसअघि एटो थ्री एड्भान्स भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ थियो।
त्यस्तै, कम्पनीले आफ्नो प्रिमियम एसयूभी सिलाएन सेभेनको मूल्य २ लाख रुपैयाँ बढाएको छ। यसअघि ७७ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको सिलाएन सेभेनको नयाँ मूल्य ७९ लाख ९९ हजार रुपैयाँ पु¥याएको छ। त्यसै गरी, कम्पनीले एटो वानको दुवै भेरिअन्ट ९डायनामिक र प्रिमियम०को मूल्य समान ७५ हजार रुपैयाँ बढाएको छ। मूल्य बढेसँगै बिवाईडी एटो वान डायनामिक भेरियन्टको नयाँ मूल्य २९ लाख ७५ हजार र प्रिमियम भेरियन्टको ३३ लाख ७५ हजार रुपैयाँ पुगेको छ।
कम्पनीले एटो टु को मूल्य १ लाख रुपैयाँ बढाएको छ। यसअघि ४४ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको एटो टुको मूल्य बढेर ४५ लाख ९९ हजार रुपैयाँ पुगेको छ। कम्पनीले पछिल्लो डेढ महिनामा एटो टु र सिलायनको मूल्य बढाएको यो दोस्रो पटक हो। यसअघि गत फागुन ५ गतेदेखि लागू हुने गरी एटो टुमा १ लाख १ हजार र सिलायनको ३ लाख १ हजार रुपैयाँ बढाएको थियो।
जिलीमा २ लाख वृद्धि
नेपालका लागि जिली गाडीको आधिकारिक विक्रेता एलआरआर मोटर्सले इएक्स ५ र इएक्स ५ प्रोको मूल्य बढाएको छ। एलआरआर मोटर्सले इएक्स ५ र इएक्स ५ प्रोमा १ लाख ९९ हजार रुपैयाँ मूल्य बढाएको छ। कम्पनीले यसअघि ६८ लाख रुपैयाँमा बिक्री गर्दै आएको ईएक्स ५ म्याक्सको मूल्य बढाएर ६९ लाख ९९ हजार रुपैयाँ पु¥याएको छ।
त्यस्तै, जिली ईएक्स ५ प्रोको मूल्य ५८ लाख रुपैयाँबाट बढाएर ५९ लाख ९९ लाख रुपैयाँ पु¥याएको छ। कम्पनीले गाडीको मूल्य वृद्धि गरे पनि आफ्नो जारी नववर्ष बिक्री योजना यथावत् रहेको जनाएको छ।
आइकार भी २३
नेपालका लागि चेरीको आधिकारिक बिक्रेता एसपीजी अटो मोबाइलले आइकार भी २३ को मूल्य १ लाख रुपैयाँले बढाएको छ। आइकार भी २३ नेपालमा गत भदौमा सार्वजनिक भएको थियो। सो बेला कम्पनीले यसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोके पनि विशेष अफरमा ४७ लाख रुपैयाँमै उपलब्ध गराएको थियो। लन्च भएको केही महिनामै आइकार भी २३ को मूल्य एकै पटक २ लाख रुपैयाँ बढेर ४९ लाख ९९ हजार रुपैयाँ पुगेको थियो। अहिले फेरि कम्पनीले १ लाख रुपैयाँ बढाएसँगै ५० लाख ९९ हजार रुपैयाँ पुगेको छ।
लिथियम ब्याट्रीको मूल्य बढ्दा पनि आयातमा प्रभाव
चिनियाँ लिथियम ब्याट्री निर्माता डेजिया इनर्जीले कच्चा पदार्थ लागतमा उल्लेखनीय वृद्धि भएकाले सन् २०२५ डिसेम्बर १६ देखि ब्याट्री उत्पादनको बिक्री मूल्य १५ प्रतिशतले बढाएको घोषणा गरेका थिए। बजारमा लिथियम र अन्य कच्चा पदार्थको मूल्यमा भएको उतारचढावका कारण चिनियाँ कम्पनीले ब्याट्रीको मूल्य बढाएका हुन। हालै चीनका धेरै लिथियम ब्याट्री सामग्री आपूर्तिकर्ताले माथिल्लो तहका कच्चा पदार्थको लागत बढ्नु र विश्वव्यापी ऊर्जा रूपान्तरण एकसाथ भएको माग वृद्धिका कारण मूल्य वृद्धिको सूचना जारी गरेका छन्।
सीएटीएल, बिवाईडीजस्ता कम्पनीका प्रमुख आपूर्तिकर्ता लिथियम–आयन ब्याट्री क्याथोड सामग्री उत्पादन गर्ने चीनको प्रमुख कम्पनी हुनान युनेंग न्यु इनर्जी ले सन् २०२६ जनवरी १ देखि लागू हुने गरी आफ्ना सबै लिथियम आइरन फस्फेट ९एलएफपी० उत्पादनको प्रशोधन शुल्क प्रतिटन ३ हजार युआन (४२५ अमेरिकी डलर) ले वृद्धि गरेको घोषणा गरेको थिए।
साथै, बजार वा कच्चा पदार्थको मूल्यमा ठुलो उतारचढाव आए उत्पादन मूल्य पुनः परिवर्तन गरिने पनि जनाएको छन्। डलर महँगिँदा चीनमा पनि उत्पादन लागत बढेको छ। कच्चा पदार्थ र मेटलको मूल्य बढ्दा त्यसको असर ईभीको मूल्यमा पनि परेको हो।