काठमाडौं। नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले उत्कृष्ट आफ्टर सेल्स सर्भिस र कस्टमर केयरलाई थप सुदृढ बनाउन पश्चिम र पूर्वी नेपालमा चरणबद्ध रुपमा 'फोटोन ईभी टोटल केयर क्याम्प' सञ्चालन गर्न लागेको छ।
यस पहलको उद्देश्य देशका प्रमुख स्थानमा सर्भिसको सुविधालाई ग्राहक नजिकै पुर्याउँदै दीर्घकालीन विश्वास र पहुँच सुनिश्चित गर्नु हो। यस अभियानअन्तर्गत फोटोनले आफ्ना सबै विद्यमान ईभी ग्राहकलाई विशेष लाभ तथा निःशुल्क सेवाहरू प्रदान गर्दै आभार र प्रतिबद्धता व्यक्त गरिरहेको छ।
फोटोन ईभी टोटल केयर क्याम्प दुई चरणमा गरी प्रमुख ६ स्थानमा सञ्चालन हुनेछ। पहिलो चरण चैत २२ देखि २०८३, वैशाख ४ सम्म पश्चिम नेपालका बुटवल, धनगढी, दाङ र सुर्खेतमा सञ्चालन हुनेछ। दोस्रो चरण २०८३, बैशाख ६ देखि १७ सम्म पूर्वी नेपालका इटहरी र बिर्तामोडमा आयोजना गरिने छ। यसरी क्षेत्रगत र चरणबद्ध रूपमा क्याम्प सञ्चालन गर्दा विभिन्न क्षेत्रका ग्राहकहरूले सहज रूपमा गुणस्तरीय सेवा र सहयोग प्राप्त गर्न सक्ने छन्।
क्याम्पमा सहभागी ग्राहकहरूले विभिन्न विशेष सुविधाहरू पाउने छन्। यस अन्तर्गत स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा लेबर चार्जमा १५ प्रतिशत छुट प्रदान गरिनेछ। साथै, प्रत्येक सवारीसाधनको निःशुल्क निरीक्षण, सम्पूर्ण ‘बम्पर-टु-बम्पर’ चेकअप, तथा निःशुल्क वासिङ र ग्रिजिङ सेवा उपलब्ध हुनेछ। यी सेवाहरूले सवारीसाधनको कार्यसम्पादन सुधार गर्न, मर्मत खर्च घटाउन र ग्राहकलाई सहज सेवा अनुभव प्रदान गर्न सहयोग पुर्याउने छन्।
फोटोन नेपालले देशभर १४ भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरूको विस्तार मार्फत आफ्टर-सेल्स सर्भिसमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै आएको छ। एमएडब्लू वृद्धिको सहकार्यमा विकसित यस नेटवर्कले ग्राहकलाई सधैँभरि विश्वसनीय र गुणस्तरीय सेवा नजिकबाट उपलब्ध गराउने सुनिश्चितता दिन्छ। साथै, नेपालभर १६६ भन्दा बढी सीसीएस टु टाइप डीसी फास्ट चार्जिङ पोइन्ट विस्तार गर्दै फोटोनले ईभीको प्रयोगमा ग्राहकको विश्वास बढाउँदै लगिरहेको छ।
फोटोनको विश्वव्यापी 'टोटल केयर' अवधारणा अनुसार प्रत्येक क्याम्पमा दक्ष प्राविधिक, जेनुइन स्पेयर पार्ट्स र पारदर्शी प्रक्रिया मार्फत उच्च स्तरीय सेवा प्रदान गरिने छ। नेपालमा एमएडब्लू वृद्धिले यस प्रतिबद्धतालाई व्यवहारमा उतार्दै प्रत्येक फोटोन ग्राहकका लागि विद्युतीय सवारीलाई अझ सहज र निश्चिन्त बनाइरहेको छ।