काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले १९औं वार्षिकोत्सव अवसरमा सिटिजन्स डिजिटल मन्थ उत्सव २०८३ घोषणा गरेको छ। २०८३ वैशाख १ बाट ३१ सम्म सञ्चालन हुने छुट योजनामा ग्राहकलाई पनि विभिन्न सेवा सुविधामा विशेष छुट दिइएको बैंकले जनाएको छ।
बैंकका ग्राहकले आफ्नो निष्कृय डेबिट कार्डलाई पोस वा ईकमर्स ट्रान्जिक्सनमार्फत सक्रिय गराए कारोबार रकमको १९ प्रतिशत वा अधिकतम् १९० क्यास ब्याक, मोवाइल बैंकिङ अथवा डिजी बैंकमार्फत इकम कार्ड अनुरोध गरे इस्यू चार्जमा ५० छुट दिइने बैंकले बताएको छ।
यस्तै, निष्कृय व्यावसायिक क्यूआर भएका ग्राहकले आफ्नो क्यूआर सक्रिय गराए कारोवार रकमको १९ प्रतिशत वा अधिकतम् १९० क्यासव्याक, होटल तथा रेस्टुरेन्टमा पोस मेसिन जडान गर्दा कारोबार शुल्कमा निश्चित प्रतिशत छुट, मोबाइल बैंकिङ अथवा डिजी बैंकमार्फत लकर सुविधा अनुरोध गरे वार्षिक शुल्कमा ५० प्रतिशत छुट, पारिवारिक सदस्यको नंयाँ खाता रिफर गरे प्रतिखाता १०० क्यासव्याक, मोबाइल बैंकिङमार्फत इन्टरनेसनल रेमिट्यान्सको रकम भुक्तानी लिए २०० रुपैयाँ क्यास व्याक पाइनेछ।
बैंकले आफ्नो वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउन र डिजिटल कारोवार थप प्रवर्द्धन गर्ने उद्देश्यले ल्याएको हो। यससँगै सिटिजन्स फोनेपे क्रेडिट कार्डमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट अफरसमेत घोषणा गरेको छ।
हाल बैंकले २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइबाट सेवा दिँदै आएको छ।