काठमाडौं। मातातीर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन नजिकिँदै जाँदा नेपालमा ‘मदर्स डे गिफ्ट बक्स’को माग उल्लेख्य रुपमा बढेको छ। शहरी क्षेत्रसँगै विदेशमा रहेका नेपालीबीच पनि नेपालमै उपहार पठाउने चलन विस्तार हुँदै गएको देखिएको छ।
यही प्रवृत्तिलाई लक्षित गर्दै नेपाली ब्रान्ड ‘माक्कुसे’ले परम्परागत मिठाईलाई आधुनिक र लक्जरी गिफ्टिङमा रुपान्तरण गरी बजारमा ल्याएको छ। कम्पनीका अनुसार मदर्स डे, कुशे औँशी, दशैँ, तिहार, जन्मदिन तथा वार्षिकोत्सव जस्ता अवसरमा यस्ता गिफ्ट बक्सहरूको माग बढ्दो छ।
माक्कुसेले तयार गर्ने गिफ्ट बक्समा परम्परागत नेवारी मिठाईलाई प्रिमियम प्याकेजिङ र आधुनिक डिजाइनसँग संयोजन गरिएको हुन्छ। ग्राहकको रोजाइअनुसार कस्टमाइज्ड गिफ्ट तयार गर्ने सुविधासमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कम्पनी सञ्चालनमा पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ संलग्न छिन्। विदेशमा पेशागत अनुभव हासिल गरेपछि नेपाल फर्केर उनले परम्परागत उत्पादनलाई आधुनिक बजारसँग जोड्ने उद्देश्यसहित यो ब्रान्ड सुरु गरेकी हुन्।
माक्कुसेले पुस्टकारी, गुलाबजल–पिस्ता गुदपाक, मोक्का गुदपाक, गुदपाक चोको फज कुकिज, ओटमिल, पम्पकिन सीड कुकिज, ओट्स गुदपाकलगायत विभिन्न परम्परागत मिठाई उत्पादन गर्दै आएको छ।
यससँगै अनलाइन प्लेटफर्ममार्फत गिफ्ट अर्डर र डेलिभरी सेवा उपलब्ध गराइएकाले विदेशमा रहेका नेपालीलाई नेपालमै उपहार पठाउन सहज भएको कम्पनीले जनाएको छ। अमेरिका, अष्ट्रेलिया, जापान तथा युरोपबाट समेत अर्डर आउने क्रम बढ्दो रहेको बताइएको छ।
नेपालमा पछिल्लो समय डिजिटल प्लेटफर्ममार्फत गिफ्ट खरिद गर्ने प्रवृत्ति बढ्दै जाँदा गिफ्ट बक्स तथा ह्याम्परको बजार विस्तार भइरहेको छ। माक्कुसेजस्ता ब्रान्डहरूले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्दै गिफ्टिङ संस्कृतिमा नयाँ आयाम थपिरहेका छन्।