काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४४, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४४, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४८, आलु रातो प्रतिकिलो २४, आलु रातो (भारतीय) प्रतिकिलो २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ रहेको छ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो ५०, गाजर (तराई) प्रतिकिलो ३५, बन्दा (लोकल) प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो ५५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ७०, रातो मूला प्रतिकिलो ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ६० र भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी, बोडी (तने) प्रतिकिलो १००, मटरकोसा प्रतिकिलो ८०, घिउसिमी (लोकल) प्रतिकिलो ६०, घिउसिमी (हाइब्रिड) प्रतिकिलो ५०, घिउसिमी (राजमा) प्रतिकिलो १२०, टाटेसिमी प्रतिकिलो १२०, भटमास कोसा प्रतिकिलो २२०, तीतेकरेला प्रतिकिलो ८०, लौका प्रतिकिलो २०, परवर (लोकल) प्रतिकिलो १००, चिचिन्डो प्रतिकिलो ७०, घिरौँला प्रतिकिलो ५०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ३० र हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ।