काठमाडौं। सामसंग नेपालले ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ। नेपालमा अग्रणी मोबाइल तथा कन्ज्यूमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसंग नेपालले आइतबार एक कार्यक्रममार्फत ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको हो।
यस अभियानमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै उनीहरूले परिवार र राष्ट्रका लागि खेलेको महत्वपूर्ण भूमिकालाई सम्मान गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अभियानले सामसंगको प्रविधिमार्फत मानिसहरूलाई जोड्ने र जीवनलाई सहज बनाउने उद्देश्यलाई थप सशक्त बनाउनेछ।
अभियानअन्तर्गत सामसंगले ‘सामसंग रेमिटमा बेनिफिट’ नामक विशेष पहल पनि सार्वजनिक गरेको छ, जुन आगामी अप्रिल २४ देखि लागू हुनेछ। यस पहलले रेमिटेन्समा निर्भर परिवारलाई थप सहजता र विभिन्न लाभ प्रदान गर्ने लक्ष्य राखेको छ।
नेपालको अर्थतन्त्रमा रेमिटेन्सको महत्वपूर्ण योगदानलाई ध्यानमा राख्दै सामसंगले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका प्रमुख आधारका रूपमा सम्मान गरेको जनाएको छ।
साथै, कम्पनीका एआई–सक्षम डिभाइसहरूले उनीहरूको परिवारको दैनिक जीवनलाई अझ स्मार्ट, कनेक्टेड र अर्थपूर्ण बनाउने विश्वास व्यक्त गरिएको छ।
यस पहलअन्तर्गत सामसंगले आइएमई रेमिट, एनसेल रेमिट, ‘खल्ती बाई आइएमई’ तथा हुलास फिन सर्भिससँग सहकार्य गर्दै आफ्ना उत्पादन खरिदमा विभिन्न विशेष लाभ उपलब्ध गराएको छ। जसअन्तर्गत एनसेल रिचार्जमा बोनस डेटा, २४ महिनासम्मको सजिलो किस्ता सुविधा र खल्तीमार्फत क्यासब्याक जस्ता अफरहरू समावेश गरिएका छन्।
उक्त अफर विदेशबाट नेपालमा रकम पठाउने सेवाग्राहीहरूका लागि मात्र लागू हुने कम्पनीले स्पष्ट पारेको छ। साथै, अभियानले दीर्घकालीन विश्वसनीयता, आधिकारिक वारेन्टी तथा सहज इकोसिस्टम अनुभवका लागि आधिकारिक उत्पादन छनोट गर्नुपर्ने आवश्यकतालाई पनि जोड दिएको छ।