काठमाडाैं। भारतमा उत्पादित प्रख्यात टायर ब्रान्ड राल्सन टायरले नेपालका विभिन्न सहरमा आफ्नो व्यवसाय विस्तार गर्न डिलरसिप आह्वान गरेको छ। ५० वर्षदेखि विश्वासिलो सेवा प्रदान गर्दै आएको यस ब्रान्डले नेपालभर आफ्नो व्यापारिक सञ्जाल बढाउने उद्देश्यका साथ नयाँ डिलर माग गरेको हो।
राल्सन टायर विशेषगरी यसको मजबुत निर्माण र उच्च टिकाउपनका लागि विश्वभर परिचित छ, जुन नेपालजस्तो चुनौतीपूर्ण भौगोलिक अवस्था र कच्ची तथा पक्की दुवै सडकका लागि अत्यन्तै उपयुक्त मानिन्छ। टायरमा भारी तौल बहन गर्ने उच्च क्षमता हुनुका साथै लामो माइलेज दिने विशेषता रहेको छ, जसले गर्दा व्यावसायिक सवारीसाधनधनीलाई अत्यन्तै किफायती सावित रहेकाे दाबी कम्पनीकाे छ।
कम्पनीले धनगढी, नेपालगन्ज, सुर्खेत, दाङ, बुटवल, पोखरा, नारायणघाट, वीरगन्ज, काठमाडौं, जनकपुर, लहान, विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोडलगायतका प्रमुख सहर तथा क्षेत्रमा डिलरसिपका लागि आवेदन खुला गरेकाे छ।