काठमाडौं। वल्डलिंक कम्युनिकेशन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत आज विश्वव्यापी रूपमा मनाइने पृथ्वी दिवस २०२६ का अवसरमा नेपालको ऐतिहासिक स्थल कीर्तिपुर वडा नं ६ मा अवस्थित मन्जुश्री पार्कमा डस्टबिन हस्तान्तरण तथा सरसफाइ कार्यक्रम गरेको छ।
कार्यक्रममा स्थानीय सस्थां प्रगतिशील युवा समूह र जलविनायक सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजना संचालन गरिएको थियो। कार्यक्रममा मन्जुश्री पार्क र जलविनायक सामुदायिक वनको क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि डस्टबिनहरू त्यहाका प्रतिनिधिहरु समक्ष वल्डलिंककी सिएसआर डाइरेक्टर तथा प्रमोटर सेयर होल्डर, अनुपा भण्डारी जालान र कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले संयुक्त रुपमा डस्टविनको चावी हस्तान्तरण गरेका थिए।
साथै, सहभागीहरूले पार्क र सामुदायिक वन क्षेत्रमा सामूहिक रुपमा सरसफाइ अभियान सञ्चालन गर्दै प्लास्टिकरहित क्षेत्र व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्कमा आउने आगन्तुकहरूको सुविधालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा निःशुल्क वाइफाइ सेवा पनि उपलब्ध गराइएको जानकारी भण्डारी जलानले दिए। जसले डिजिटल पहुँच र पर्यटकीय अनुभवलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
यसै गरी उनले पृथ्वी दिवस केवल उत्सव नभई सवैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै हाम्रो शक्ति, हाम्रो पृथ्वी भन्ने यस वर्षको नाराले पृथ्वीको संरक्षणमा सामूहिक प्रयासको आवश्यकता झल्काउने बताए। उनले वातावरण संरक्षण कुनै एक पक्षको मात्र दायित्व नभई सबैको साझा जिम्मेवारी भएकोमा जोड दिएका थिए।
कार्यक्रममा अगाडि बोल्दै, कीर्तिपुर नगर उपप्रमुखले वल्डलिंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिको कार्यक्रमको प्रशंसा गरिन्। उनले आगामी दिनमा निरन्तर यस्ता गतिविधि गर्न सुझाव र साथ पाउने अपेक्षा पनि राखेकी थिइन।
२०५० साल देखि स्थापना भएको प्रगतिसिल युवा समुहले मन्जुश्री पार्क र सामुदायिक वनको स्थापना र यसको संरक्षणमा निरन्तर लागि रहेको सो क्लवका अध्यक्ष सुजन मर्हजनले बताए।
कार्यक्रममा कीर्तिपुर ६ का वडाध्यक्ष, जलविनायक सामुदायिक वन उपभोक्ता समूह, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय समुदाय, तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो। वल्डलिंकको सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म देशका विभिन्न स्थानमा विद्यालयहरूमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण, वृक्षारोपण र सामुदायिक वन संरक्षण, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, दुर्गम क्षेत्रमा अनलाइन शिक्षा, स्वास्थ्य संस्थामा सौर्य ऊर्जा जडान, सुरक्षित इन्टरनेटसम्बन्धी जनचेतना तथा युवाहरूको डिजिटल क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरु निरन्तर गरि रहेको छ।