काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पहिले कर नलाग्ने १३ वटा वस्तुमा नयाँ कर लगाएको छ। यी वस्तुहरू हरित करको दायरामा पर्छन् र हालसम्म यिनमा शून्य दर कायम थियो। बजेटले यी वस्तुलाई पहिलोपटक करको दायरामा ल्याएसँगै यिनको मूल्य बढ्ने निश्चित छ।
के-के छन् ती १३ वस्तु?
सरकारले हरित करतर्फ नयाँ दर लागू गरेका वस्तुहरूमा एस्बेस्टस भएका ब्रेक लाइनिङ र प्याडमा १० प्रतिशत, एस्बेस्टस नभएका ब्रेक लाइनिङ र प्याडमा पनि १० प्रतिशत, पावर ब्रेकमा १५ प्रतिशत, भ्याकुम क्लिनरमा ५ प्रतिशत, स्पार्किङ प्लगमा ५ प्रतिशत, स्मार्ट वाचमा १५ प्रतिशत, माइकोफोन र तिनका स्ट्यान्डमा १५ प्रतिशत, सिम कार्डमा १० प्रतिशत, मेमोरी कार्डमा १० प्रतिशत, टेलिभिजन क्यामरामा ५ प्रतिशत, ४६ इन्चसम्मका टीभीमा १० प्रतिशत र इलेक्ट्रोनिक चुरोट तथा भेप दुवैमा ६०-६० प्रतिशत हरित कर लगाइएको छ।
दैनिक प्रयोगका वस्तु पहिलोपटक करको जालोमा
यी १३ वस्तुमध्ये धेरैजसो सर्वसाधारण नेपालीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका छन्। सिम कार्ड र मेमोरी कार्ड आजका दिनमा मोबाइल फोन प्रयोगकर्ताका लागि अपरिहार्य भइसकेका छन्। देशभर करोडौं मोबाइल प्रयोगकर्ता रहेको सन्दर्भमा सिम कार्डमा १० प्रतिशत हरित कर थपिँदा दूरसञ्चार सेवाको पहुँचमा समेत असर पर्न सक्ने विज्ञहरू बताउँछन्। त्यस्तै मेमोरी कार्डमा पनि १० प्रतिशत कर लागू हुँदा विद्यार्थी, सामग्री निर्माता र साना व्यवसायीहरूले थप खर्च व्यहोर्नुपर्ने हुन्छ।
स्मार्ट वाचमा १५ प्रतिशत र टेलिभिजन क्यामरामा ५ प्रतिशत हरित कर लागू गरिएको छ। शहरी तथा अर्धशहरी क्षेत्रमा स्मार्ट वाचको प्रयोग तीव्र गतिमा बढिरहेको र ४६ इन्चसम्मका टीभी मध्यम वर्गीय परिवारमा सामान्य बन्दै गएको सन्दर्भमा यी वस्तुमा नयाँ कर थपिँदा उपभोक्ताले थप रकम तिर्नुपर्नेछ।
इलेक्ट्रोनिक चुरोट र भेपमा एकैपटक ६० प्रतिशत हरित कर लगाइएको छ। यी उत्पादनहरू हालसम्म करको दायराभन्दा बाहिर थिए र युवा पुस्तामा यिनको प्रयोग तीव्र रूपमा बढिरहेको थियो। सरकारले यसलाई स्वास्थ्यका दृष्टिले हानिकारक मानेर उच्च करको दायरामा ल्याएको बुझिन्छ। विशेषगरी किशोरकिशोरी र युवाहरूमा भेपको बढ्दो लतलाई निरुत्साहित गर्ने उद्देश्यले यो कदम उठाइएको सरकारी स्रोतहरू बताउँछन्।
एस्बेस्टसयुक्त ब्रेक लाइनिङ र प्याडमा पनि १० प्रतिशत हरित कर लगाइएको छ। एस्बेस्टस एक हानिकारक खनिज पदार्थ हो जुन विश्वका धेरै देशमा प्रतिबन्धित छ। यसमा कर थप्नु वातावरणीय दृष्टिकोणबाट सकारात्मक कदम भए पनि वाहन मर्मत व्यवसायीहरूले यसको मूल्य वृद्धिको असर उपभोक्तामाथि नै पर्ने बताउँछन्।
माइकोफोन र भ्याकुम क्लिनरमा पनि पहिलोपटक कर
माइकोफोन र तिनका स्ट्यान्डमा १५ प्रतिशत हरित कर लगाइएको छ। संगीत, शिक्षा र व्यवसायिक क्षेत्रमा माइकोफोनको व्यापक प्रयोग हुने गर्छ। यसमा कर थपिँदा यी उपकरणका उपभोक्ताले थप खर्च बेहोर्नुपर्नेछ। भ्याकुम क्लिनरमा ५ प्रतिशत र स्पार्किङ प्लगमा ५ प्रतिशत हरित कर लागू हुँदा घरायसी तथा मोटर मर्मत क्षेत्रमा पनि असर पर्ने देखिन्छ।
दैनिक जीवनमा सर्वसाधारणले सबैभन्दा बढी महसुस गर्ने खाजा तथा प्रशोधित खाद्य वस्तुमा हुनेछ। बजेटले कुरकुरे, कुरमुरे, लेज र चिजबलमा अन्तःशुल्क हालको प्रतिकेजी रु. २० बाट एकैपटक रु. ७५ पुर्याएको छ। यो वृद्धि साढे तीन गुणाभन्दा बढी हो। त्यस्तै क्रमुरे र चटपटे प्रकृतिका अन्य खाद्य उत्पादनहरूमा पनि प्रतिकेजी रु. २० बाट बढाएर रु. १३० कायम गरिएको छ, जुन झन्डै साढे छ गुणा वृद्धि हो। गुलियो बिस्कुटमा रु. १५ बाट रु. २२, पाउरोटी र क्रिम ब्रेडमा पनि रु. १५ बाट रु. २२ र आलुचिप्समा रु. १९ बाट रु. ३० पुर्याइएको छ। अन्य पास्तामा प्रतिकेजी रु. २० बाट बढाएर रु. ३५ कायम गरिएको छ। यी परिवर्तनले जंकफुड महँगो बनाउने उद्देश्य स्पष्ट देखिन्छ।
मदिरा, बियर र चुराेटमा पनि थप भार
मदिरा र बियरमा पनि करका दर बढाइएका छन्। पाँच प्रतिशतसम्म अल्कोहल भएको बियरमा प्रतिलिटर रु. २५५ बाट रु. २८०, १२ प्रतिशतसम्म अल्कोहल भएको बियरमा रु. ४६० बाट रु. ४९० र १२ प्रतिशतभन्दा बढी अल्कोहल भएको बियरमा रु. ४३५ बाट रु. ५७० पुर्याइएको छ। वाइनमा पनि उस्तै संरचनामा वृद्धि गरिएको छ। स्याम्पेनमा प्रतिलिटर रु. ४९६ बाट रु. ४९० कायम गरिएको छ भने यसमा मामुली कटौती भएको छ। अल्कोहलरहित बियरमा भने प्रतिलिटर रु. ४५ बाट दोब्बर गरी रु. ९० पुर्याइएको छ।
चुरोटमा पनि दर बढाइएको छ। ७० मिमिसम्म लम्बाइको चुरोटमा प्रतिएम रु. १७९२ बाट रु. १९४५, ८५ मिमिसम्म लम्बाइकोमा रु. ४४९० बाट रु. ४५७८ र ८५ मिमिभन्दा बढी लम्बाइकोमा रु. ४४१९ बाट रु. ४५७८ पुर्याइएको छ। विद्युतीय चुरोट अर्थात् भेपमा ४० प्रतिशतबाट बढाएर ५५ प्रतिशत कायम गरिएको छ। इलेक्ट्रोनिक चुरोट र भेपमा हरित करतर्फ शून्यबाट ६० प्रतिशत नयाँ दर लागू गरिएको छ।
इनर्जी ड्रिंक्स र हल्का पेयमा भारी वृद्धि
इनर्जी ड्रिंक्समा भएको वृद्धि सबैभन्दा चर्चित बन्ने देखिन्छ। हालसम्म प्रतिलिटर रु. ५२ मात्र अन्तःशुल्क लाग्ने यस्ता पेयमा अब रु. १२० तिर्नुपर्नेछ, जुन दोभन्दा बढी वृद्धि हो। हल्का पेय पदार्थमा प्रतिलिटर रु. २५ बाट रु. ६० पुर्याइएको छ। सुगन्धित पान मसलामा प्रतिकेजी रु. ८७५ बाट रु. ११५० प्रतिकिलो र सुगन्धित सुपारीमा रु. ३७५ बाट रु. ५०० प्रतिकिलो कायम गरिएको छ। सुतीरहित पान मसलामा पनि उल्लेखनीय वृद्धि गरिएको छ।
फलफूलको जुसमा भने प्रतिलिटर रु. १३.५० बाट घटाएर रु. १४ मात्र राखिएको छ, जुन व्यावहारिक रूपमा सामान्य समायोजन मात्र हो।
हरित करमार्फत इलेक्ट्रोनिक वस्तु महँगिने
हरित करको विस्तार हो। पेट्रोलियम पदार्थ अर्थात् पेट्रोल, डिजेल र अन्य इन्धनमा प्रतिलिटर रु. १ को निश्चित दरबाट हटाएर १० प्रतिशतको दरमा हरित कर लगाउने व्यवस्था गरिएको छ। यसले इन्धनको मूल्यसँगै करको परिमाण पनि बढ्दै जाने हुँदा उपभोक्तामाथि थप बोझ पर्ने देखिन्छ।
त्यस्तै हरित करतर्फ पहिलेदेखि छुट पाइरहेका धेरै इलेक्ट्रोनिक वस्तुमा नयाँ दर कायम गरिएको छ। एस्बेस्टस भएका ब्रेक लाइनिङ र प्याडमा १० प्रतिशत, एस्बेस्टस नभएका ब्रेक लाइनिङ र प्याडमा १० प्रतिशत, पावर ब्रेकमा १५ प्रतिशत, भ्याकुम क्लिनरमा ५ प्रतिशत, स्पार्किङ प्लगमा ५ प्रतिशत, स्मार्ट वाचमा १५ प्रतिशत, माइकोफोन र तिनका स्ट्यान्डमा १५ प्रतिशत, सिम कार्ड र मेमोरी कार्डमा १० प्रतिशत, टेलिभिजन क्यामरामा ५ प्रतिशत र ४६ इन्चसम्मका टीभीमा १० प्रतिशत हरित कर लगाइएको छ। यी वस्तुहरू अघि यस्तो करबाट मुक्त थिए।