काठमाडौं। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकका लागि आर यू रेडी अफर ग्रेटनेस अभियान सार्वजनिक गरेको छ।
विश्वकपको रोमाञ्चक अनुभवलाई अझ भव्य, जीवन्त र अविस्मरणीय बनाउने उद्देश्यका साथ ल्याइएको यस अफरमा आकर्षक क्यासब्याक, विस्तारित वारेन्टी तथा सहज इएमआइ सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।
यो अभियानले फुटबलप्रेमी नेपालीलाई आफ्नै घरमा स्टेडियमसरहको मनोरञ्जन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। टीसीएलका अत्याधुनिक टेलिभिजनले हरेक गोल, हरेक उत्साह र हरेक ऐतिहासिक क्षणलाई अझ स्पष्ट, जीवन्त र रोमाञ्चक बनाउने कम्पनीको विश्वास छ।
विशेष अफरअन्तर्गत टीसीएल टेलिभिजन खरिद गर्ने ग्राहकले २,०००२६ सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। कम्पनीले विश्वकपका अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन योजनासँगै २ं२ वर्षको विशेष वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ, जसले ग्राहकहरूलाई आगामी ४ वर्षसम्म उत्कृष्ट मनोरञ्जन अनुभवसँगै विश्वसनीय सेवाको भरोसा प्रदान गर्नेछ।
ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै टीसीएलले नागरिकता मात्रको आधारमा सहज इएमआइ सुविधासमेत उपलब्ध गराएको छ, जसले प्रिमियम होम इन्टरटेन्मेन्टलाई अझ सुलभ बनाउने अपेक्षा गरिएको छ।
यस अवसरमा सीजी इलेक्ट्रेनिक्सले नेपाली फुटबलप्रेमीलाई टीसीएलसँग विश्वकपको रोमाञ्चक यात्रा अनुभव गर्न आमन्त्रण गरेको छ। नेपालमा एयर कन्डिसनर, टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा वाटर डिस्पेन्सरमार्फत उपभोक्तामाझ लोकप्रिय रहेको टीसीएल ब्रान्डलाई नेपालमा सिजी इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा वितरण गर्दै आएको छ।