अहिले विश्व अटोमोबाइल उद्योग निर्णायक मोडमा उभिएको छ। एकातिर परम्परागत पेट्रोलियम आधारित सवारी उद्योग क्रमशः विद्युतीय सवारीतर्फ रुपान्तरण भइरहेको छ भने अर्कोतर्फ नयाँ प्रविधिमा आधारित कम्पनीहरूले प्रतिष्ठित अटो कम्पनीलाई खुलेआम चुनौती दिइरहेको छ। त्यही परिवर्तनको केन्द्रमा उभिएको अब्बल नाम हो- बिवाईडी।
करिब एक एक दशक अघिसम्म विश्व बजारमा खासै चर्चामा नरहेको बिवाईडी आज विश्वकै सबैभन्दा प्रभावशाली ईभी कम्पनीमध्ये एक बनिसकेको छ। अमेरिकी कम्पनी टेस्लासँग प्रत्यक्ष प्रतिस्पर्धामा उभिएको यो चिनियाँ कम्पनीले केवल गाडी बेचिरहेको छैन, उसले ऊर्जा, ब्याट्री, चिप, सफ्टवेयर, चार्जिङ र कृत्रिम बुद्धिमत्ता (एआई)लाई जोडेर पूर्ण प्रविधि इकोसिस्टम निर्माण गरिरहेको छ।
नेपालमा बिवाईडी अहिले विद्युतीय सवारी बजारको सबैभन्दा चर्चित ब्रान्ड बनेको छ। नेपाली सडकमा गुडिरहेका एटो ३, एटो २, एटो १, डल्फिन वा सिगलजस्ता मोडल उपभोक्तामाझ लोकप्रिय भइरहेका छन। तर, यी गाडीका पछाडि रहेको प्रविधि संसार कति विशाल छ भन्ने कुरा बाहिरबाट अनुमान गर्न सहज छैन।

चीनको झेङ्झाउ र सेन्जेनस्थित बिवाईडीका उत्पादन केन्द्रको अवलोकनपछि स्पष्ट रूपमा बुझ्न सकिने कुरा के भने बिवाईडी केवल एउटा अटोमोबाइल कम्पनी होइन, भविष्यको औद्योगिक संरचना निर्माण गरिरहेको टेक्नोलोजी कम्पनी हो।
...
काठमाडौंबाट चीनतर्फ उड्दा मेरो मनमा बिवाईडीबारे खासै ठूलो उत्साह थिएन। चीन उड्नुअघिसम्म मेरो दिमागमा एउटा सामान्य बुझाइ थियो–‘बिवाईडी भनेको नेपालमा नम्बर वान विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड त हो नि!’ अन्तर्राष्ट्रिय मिडियामा आएका समाचार, युट्युब भिडियो र सामाजिक सञ्जालका चर्चाले बिवाईडीलाई विश्वकै ठूलो विद्युतीय सवारी निर्माता भनेर चिनाइरहँदा मेरो बुझाइ सरल थियो। ठूलो कम्पनी हो, गाडी र ब्याट्री उत्पादन गर्ने त हो। अन्य कम्पनीले पनि गाडी उत्पादन गरिरहेका छन्। आखिर बिवाईडी पनि गाडी उत्पादन गर्ने एउटा कम्पनी त हो नि, अरूभन्दा के नै फरक होला र!
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यसका प्रविधिबारे नपढेको होइन, भिडियो नहेरेको पनि होइन। तर, स्क्रिनमा देखिने कुरा र आफ्नै आँखाले प्रत्यक्ष नियाल्नुमा आकाश-पातालको फरक हुँदो रहेछ।
तर, मे ६ मा बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकको समन्वयमा नेपालका पत्रकार, कन्टेन्ट क्रियटर र इन्फ्लुएन्सरहरूको टोलीसँगै चीनको झेङ्झाउ र सेन्जेन सहरमा अवस्थित बिवाईडीको उत्पादन केन्द्र (फ्याक्ट्री भिजिट)मा पुगें। त्यहाँ पुगेपछि मैले जे देखें, त्यसले बिवाईडी र बिवाईडीको प्रविधिप्रति मेरो दृष्टिकोण बदलिदियो। बिवाईडीको होल इकोस्टिमलाई यति नजिकबाट नियाल्न पाउनु मेरा लागि पत्रकारिता करियरकै एउटा रोमाञ्चक अनुभव बन्यो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यसका प्रविधिबारे नपढेको होइन, भिडियो नहेरेको पनि होइन। तर, स्क्रिनमा देखिने कुरा र आफ्नै आँखाले प्रत्यक्ष नियाल्नुमा आकाश-पातालको फरक हुँदो रहेछ। जसलाई मैले केवल एउटा ‘गाडी र ब्याट्री उत्पादक’ सोचेकी थिएँ, त्यो त वास्तवमा प्रविधि निर्माण गर्ने विशाल साम्राज्य पो रहेछ! फ्याक्ट्रीभित्र प्रवेश गर्नेबित्तिकै मेरो ध्यान खिचेको कुरा थियो- पूर्ण अटोमेसन र प्रविधिको स्तर।
३ सेकेन्डमा ब्याट्री तयार हुने, ५९ सेकेन्डमा एउटा कारको बडी उत्पादन हुने र ९ मिनेटमै गाडी लगभग फुल चार्ज भएको आफ्नै आँखाअगाडि देख्दा टेक्नोलोजी कति अगाडि पुगिसकेको रहेछ भन्ने अनुभव भयो।
लाग्थ्यो, गाडी उद्योग भनेको एसेम्बल गर्ने ठाउँ हो। धेरै कम्पनीले उत्पादन गरिरहेका छन्। यसमा के नै नयाँ छ र! बिवाईडी पुगेपछि थाहा भयो- यहाँ त सियोदेखि फालीसम्म, अर्थात् ब्याट्रीको सेलदेखि गाडीको सफ्टवेयर, पावर सिस्टम र सेमिकन्डक्टर (चिप) सम्म सबै कुरा एउटै छानामुनि निर्माण हुने रहेछ।
विश्वका अधिकांश अटो कम्पनीहरू बाह्य सप्लायरमा निर्भर रहँदा बिवाईडीले अपनाएको यो ‘भर्टिकल इन्टिग्रेटेड इकोसिस्टम’ नै यसको सबभन्दा ठूलो शक्ति रहेछ। कम्पनीसँग १ लाख २० हजारभन्दा बढी वैज्ञानिक र इन्जिनियर सम्मिलित ‘रिसर्च एन्ड डेभलपमेन्ट’ टिम छ। यो संख्या सुन्दा मात्र पनि अचम्म लाग्छ। प्रविधिमा यति ठूलो लगानी भएकै कारण बिवाईडी आज विश्व ईभी उद्योगको वास्तविक ‘गेमचेन्जर’ बनेको कुरामा अब मलाई कुनै शंका छैन।
बिवाईडी डी- स्पेसः नयाँ ऊर्जा सवारीको पहिलो राष्ट्रिय संग्रहालय
सबभन्दा पहिले हामीले ‘बिवाईडी डी-स्पेस’ अवलोकन गरेका थियौं, जुन झेङ्झाउको एरची जिल्लामा रहेको बिवाईडीले स्थापना गरेको चीनकै पहिलो राष्ट्रिय नयाँ ऊर्जा सवारीको विज्ञान संग्रहालय हो। करिब २० करोड युआन लगानीमा निर्माण गरिएको यो परियोजना १५ हजार वर्गमिटर क्षेत्रमा फैलिएको छ भने थप ८,५०० वर्गमिटर बाहिरी संरचना पनि रहेको छ।
यो संग्रहालय नयाँ ऊर्जा सवारी संस्कृति, डिजाइन, प्रविधि र अन्तरक्रियात्मक अनुभवलाई एकै ठाउँ प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको रहेछ। बिवाईडी डी-स्पेसमा पुगेर अवलोकन गर्दा धेरै टेक्नोलोजीका कुरा त्यहीबाट पनि यस्तो होला भनेर अनुमान लगाउन सकिने खालको रहेछ। चार तले यो संग्रहालयको प्रत्येक तलामा फरक-फरक अनुभव प्रदान गरिएको छ। पहिलो तलामा ब्रान्ड संस्कृति र ऊर्जा विकासको इतिहास प्रस्तुत गरिएको छ। रेट्रो शैलीका भित्ते प्रोजेक्सन र भौतिक प्रदर्शनीमार्फत मानव यातायातको विकास र ऊर्जा प्रणालीको परिवर्तनलाई देखाइएको छ।
चौथो तलामा सर्वसाधारण र विद्यार्थीका लागि कार्यशाला तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न खुला र बहुउपयोगी हल बनाइएको रहेछ।
दोस्रो र तेस्रो तलामा बिवाईडीको डिजाइन दर्शन, उत्पादन प्रक्रिया र अत्याधुनिक प्रविधिको प्रदर्शन गरिएको छ। यहाँ आगन्तुकले ब्लेड ब्याट्री, ई-प्लेटफर्म, बिवाईडीको ‘डाइ-सस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम’ तथा पाँचौं पुस्ताको डीएम हाइब्रिड प्रविधिबारे जानकारी लिन सक्छन्। यी तलाको मुख्य आकर्षण ‘पेटेन्ट वाटरफल’ हो, जहाँ बिवाईडीका ३५ हजारभन्दा बढी पेटेन्टलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ, जसले कम्पनीको अनुसन्धान क्षमतालाई स्पष्ट दर्शाउँछ।

चौथो तलामा सर्वसाधारण र विद्यार्थीका लागि कार्यशाला तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न खुला र बहुउपयोगी हल बनाइएको रहेछ।
संग्रहालय बाहिर २६० वर्ग मिटरको नांगो आँखाले देख्न सकिने थ्रीडी फोल्डिङ कर्नर स्क्रिन राखिएको छ, जसले भर्चुअल र वास्तविक संसारलाई जोड्ने काम गर्दछ। ‘बिवाईडी डी-स्पेस’ अवलोनक गर्दा नै यसको टेक्नोलोजी कति एड्भान्स रहेछ भन्ने महसुस भएको थियो। झेङझाउको ‘सुपर फ्याक्ट्री’ अवलोकन गरेपछि गाडी कसरी बन्छ भन्ने कुरा आफ्नै आँखाले देख्ने अवसर पाए, जसले धेरै कुरा सिक्ने र बुझ्ने मौका मिल्यो।
झेङझाउको ‘सुपर फ्याक्ट्री’
चीनको झेङझाउमा रहेको बिवाईडीको उत्पादन केन्द्र विश्वकै सबभन्दा तीव्र गतिमा सञ्चालन हुने ईभी हबमध्ये एक हो। सन् २०२१ सेप्टेम्बरमा बिवाईडीले झेङ्झाउ एयरपोर्ट इकोनोमी जोनमा उद्योग स्थापना गरेसँगै यहाँ विद्युतीय सवारी, मुख्य पार्टपुर्जा, पावर ब्याट्री, नयाँ सामग्री तयार हुने गरेका छन्। १०.६७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको बिवाईडी कारखानामा यस्ता अत्याधुनिक विद्युतीय सवारी र कारका मुख्य पार्टपुर्जा बनाइन्छ।
विद्युतीय कार उत्पादनका मुख्य प्रक्रिया स्ट्याम्पिङ, वेल्डिङ, पेन्टिङ र एसेम्बलिङका साथै बिवाईडीले यहाँ अन्य महत्त्वपूर्ण कारखाना पनि स्थापना गरेको छ। यहाँ सवारीसाधनका मोटर, इलेक्ट्रोनिक कन्ट्रोल, पावर सप्लाइ, पावर ट्रेन, एयर कन्डिसनिङ, स्टेयरिङ, ट्रिम, बत्ती, फ्रेम, सिट र अन्य प्रमुख पार्टपुर्जाका साथै ब्लेड ब्याट्री पावर तयार हुने गरेको छ।
हामी त्यहाँ पुग्दा कताकतै मात्र कारखानाभित्र मानिस भेटिन्थे। बिवाईडीका अनुसार ९८ प्रतिशत वेल्डिङको काम रोबोटद्वारा हुने गरेको छ, त्यहाँ १ हजार ८ सय रोबोट परिचालित छन्। एक मिनेटभन्दा कम समय एउटा कार (बडी) तयार हुने गरेको बिवाईडी नेपालका कन्ट्री म्यानेजर लिन जिलले बताए। हामी त्यहाँ पुग्दा धमाधम रोबोटले काम गरिरहेको थियो। कारखानामा देखिने मानिस पनि युवा मात्र थिए।
कम्पनीका अनुसार यी सर्किट केवल परीक्षण स्थल मात्र नभई नयाँ ऊर्जा सवारी संस्कृतिलाई सर्वसाधारणसम्म पुर्याउने माध्यम पनि हुन्।
यो फ्याक्ट्रीमा बिवाईडीका प्रिमियम ब्रान्डदेखि नयाँ इनर्जी भेइकल उत्पादन हुन्छन्। हाल यहाँ गुड्ने डेन्जा बी५ र बी८, बिवाइडी सिल ०७ डीएम-आई, बिवाइडी सङ प्रो डीएम-आई, बिवाईडी सङ एल डीएम-आई, बिवाईडी शार्क (विदेशी बजारका लागि मात्र) र नेपालमा समेत लोकप्रिय सिगल, डल्फिन र एटो ३ जस्ता मोडल यहीँको प्लान्टबाट तयार भइरहेका छन्।
‘अल-टेरेन सर्किट’
दोस्रो दिन बिवाईडीको ‘अल-टेरेन सर्किट’ अवलोकन गरेका थियौं, जुन नयाँ र एकदमै एड्भान्स रहेछ। बिवाईडीले गाडी उत्पादन मात्र नगरी यसको सुरक्षा र कार्यक्षमता परीक्षणका लागि झेङ्झाउमा चीनकै पहिलो ‘अल-टेरेन सर्किट’ (सवारी परीक्षण ट्र्याक) सञ्चालनमा ल्याएको छ। चीनमै पहिलोपटक निर्माण गरिएको यस्तो सर्किटले ट्रयाक रेसिङ, व्यावसायिक चालक प्रशिक्षण र नयाँ ऊर्जा सवारी संस्कृतिको विकासलाई लक्षित गरेको।
इयले यसलाई थप एड्भान्स बनाएको अनुभव मैले गरे। सर्किटमा इनडोर स्यान्ड ड्युन, लो-फ्रिक्सन रिङ, किक-प्लेट, वाटर क्रसिङ पूल, रेस ट्र्याक, अफ-रोड पार्क र क्याम्पिङ क्षेत्रसहित आठवटा अनुभव क्षेत्र छन्।

इन्डोर स्यान्ड ड्युन (भित्री बालुवाको ढिस्को): अलक्सा मरुभूमिको जस्तै बालुवा प्रयोग गरी बनाइएको २९.६ मिटर ठाडो उचाइ र २८ डिग्री भिरालोपन भएको यो संरचना गाडी परीक्षणका लागि विश्वकै सबैभन्दा अग्लो बालुवाको थुम्कोका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ।
वाटर क्रसिङ पुल (पानीको गहिरो पोखरी): ७० मिटर लामो यस पोखरीमा बिवाईडीको प्रिमियम ब्रान्ड याङवाङ यू८ ले पानीमा तैरिएर सहजै अगाडि बढ्ने, मोडिने वा ब्याक गर्ने क्षमता प्रदर्शन गर्छ। यसलाई दर्शकहरूले अन्डरवाटर अब्जर्भेसन ग्लास (पानीमुनिको सिसा) बाट प्रत्यक्ष हेर्न सक्छन्।
किक-प्लेट र लो-फ्रिक्सन रिङः लो-फ्रिक्सन सर्कल चीनकै पहिलो ४४ मिटर व्यासको गोलाकार ट्रयाक हो, जहाँ पानी र विशेष सतहको प्रयोगबाट हिउँजस्तै कम घर्षणको अवस्था सिर्जना गरिएको छ। यहाँ चिप्लो र हिउँ जमेको सडकको अवस्था सिर्जना गरी सवारी नियन्त्रण गुम्ने आपतकालीन अवस्थामा पनि गाडीको ‘मिलिसेकेन्ड-लेभल’ इलेक्ट्रोनिक रेस्पोन्सले कसरी दुर्घटनाबाट जोगाउँछ र सुरक्षित ‘ड्रिफ्ट’ गराउँछ भन्ने परीक्षण गरिन्छ।

रेस ट्रयाकः १,७५८ मिटर लामो रेस ट्रयाकमा ९ वटा मोड र ५५० मिटरको सीधा एक्सेलरेसन क्षेत्र छ, जहाँ गाडीको गति र स्टेरिङ प्रिसिजन मापन गरिन्छ। यसबाहेक विभिन्न स्तरका २७ अफ-रोड ट्रयाक पनि निर्माण गरिएको छ, जसले सामान्य सहरी एसयूभीले समेत सहज रूपमा अफ–रोड अनुभव लिन सक्ने वातावरण बनाएको छ। हामीले इन्डोर स्यान्ड ड्युन टाढाबाट मात्र हेर्यौं भने अन्य जस्तै, रेस ट्रयाक, किक–प्लेट र लो–फ्रिक्सन रिङ, वाटर क्रसिङ पुल (पानीको गहिरो पोखरी) को आफैं गाडीमा बसेर अनुभव लियौं।
कम्पनीका अनुसार यी सर्किट केवल परीक्षण स्थल मात्र नभई नयाँ ऊर्जा सवारी संस्कृतिलाई सर्वसाधारणसम्म पुर्याउने माध्यम पनि हुन्। अब भने बिवाईडीले झेङ्झाउ र हेफेइपछि साओसिङमा पनि यस्तै सर्किट सञ्चालन गर्ने तयारी गरिरहेको छ। बिवाईडीले आफ्नो रिसर्चले परम्परागत प्रविधिलाई विस्थापित गर्दै रोबोटिक्स र पूर्ण अटोमेसनको बलमा विश्वभर ईभी बजारको नेतृत्व मात्र गरिरहेको छैन, भविष्यको स्वच्छ र हरित यातायातको मार्गचित्रसमेत कोरिरहेको छ।
‘फ्ल्यास चार्जिङ’ले बदल्दै ईभीको परिभाषा
अवलोकनका क्रममा जब म बिवाईडीको ‘फ्ल्यास चार्जिङ’ स्टेसन सेन्जेनमा पुगें। त्यहाँको गति र प्रविधि देखेर साँच्चिकै दंग परें। सेन्जेनमा हामीलाई बिवाईडीको ‘फ्ल्यास चार्जिङ’बारे जानकारी दिइएको थियो। जहाँ हाम्रो आँखा अगाडि नै करिब ९ मिनेटमा १० प्रतिशतबाट ९७ प्रतिशत गाडी चार्ज भयो। ईभी प्रयोगकर्ताको सबभन्दा ठूलो डर ‘चार्जिङ टाइम’ र ‘रेन्ज एन्जाइटी’ हो। तर, बिवाईडीको नयाँ प्रविधिले पेट्रोल कारको युगलाई सीधै चुनौती दिएको छ।
सबभन्दा पहिले मेरो ध्यान तानेको कुरा पनि यही हो। हजारौं इन्जिनियर, वैज्ञानिक र अत्याधुनिक रोबोटिक्सको त्यो तालमेल हेर्नलायक थियो।
बिवाईडीले हालै सार्वजनिक गरेको फ्ल्यास चार्जिङ प्रविधि दोस्रो पुस्ताको ब्लेड ब्याट्रीमा आधारित छ। यो प्रविधिले चीनमा तीव्र रूपमा विस्तार गरिएको ‘सुपर ई-प्लेटफर्म’मा आधारित गाडी १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न ५ मिनेट मात्र लाग्नेछ। कम्पनीका अनुसार यति चार्जले गाडी करिब ४०० देखि ५०० किलोमिटर चल्न सक्छ। अत्यधिक चिसो मौसममा समेत यसको क्षमता प्रभावकारी देखिएको कम्पनीको भनाइ छ। माइनस ३० डिग्री सेल्सियस तापक्रममा पनि २० प्रतिशतदेखि ९७ प्रतिशतसम्म चार्ज हुन करिब १२ मिनेट मात्र लाग्ने दाबी गरिएको छ।
बिवाईडीले चीनभर ठूलो संख्यामा फ्ल्यास चार्जिङ स्टेसन निर्माण गरिरहेको छ। चीनका विभिन्न सहर तथा स्थानमा ४ हजार २ सय ३९ स्टेसन निर्माण भइसकेका छन्। सन् २०२६ को अन्त्यसम्म चीनभर यस्ता २० हजार स्टेसन सञ्चालनमा ल्याउने बिवाईडीको लक्ष्य छ।
‘होल इकोसिस्टम’ले बनायो फरक
करिब एक साताको भ्रमणमा मैले बिवाईडीलाई अटोमोबाइल ब्रान्डका रूपमा मात्र नभइ ‘होल इकोसिस्टम’को रूपमा बुझ्ने मौका पाएँ। कच्चा पदार्थ व्यवस्थापनदेखि ब्याट्री उत्पादन, कार एसेम्बल, अत्याधुनिक सफ्टवेयर र आफ्नै चार्जिङ नेटवर्कसम्म बिवाईडी अरुमा कतै पनि निर्भर छैन, आफैंमा आत्मनिर्भर छ। सायद यही कारणले नै आज यो ब्रान्ड विश्व बजारमा लिडर बन्न सफल भएको हो।

बिवाईडी केवल गाडी बेच्ने कम्पनी मात्र होइन रहेछ। यसले इकोसिस्टम नै निर्माण गरिरहेको रहेछ। आफ्नै ‘फ्ल्यास चार्जिङ’, आफ्नै ब्याट्री उत्पादन, सेमिकन्डक्टर, मोटर, सफ्टवेयरदेखि चार्जिङ नेटवर्कसम्मको एकीकृत संरचनाले बिवाईडीलाई प्रतिस्पर्धी कम्पनीभन्दा फरक बनाएको रहेछ।
नेपाली सडकमा गुडिरहेका बिवाईडीका एटो ३, एटो २ वा डल्फिन देख्दा मलाई यसको भित्री संसार यति विशाल होला भन्ने कल्पनै थिएन। बिवाईडीको फ्याक्ट्री प्रवेश गर्नेबित्तिकै मेरो आँखै अगाडि प्रविधिको एउटा छुट्टै साम्राज्य खडा थियो।
सबभन्दा पहिले मेरो ध्यान तानेको कुरा पनि यही हो। हजारौं इन्जिनियर, वैज्ञानिक र अत्याधुनिक रोबोटिक्सको त्यो तालमेल हेर्नलायक थियो। बिवाईडीको विशाल रिसर्च एन्ड डेभलपमेन्ट टिम र उनीहरूको चौबीसै घन्टाको मिहिनेत देख्दा लाग्यो–यो केवल गाडी बनाउने कम्पनी मात्र होइन, यो त नवप्रवर्तन (इनोभेसन) को एउटा महासागर हो।
बिवाईडीको फ्याक्ट्री भ्रमण गर्नुअघि मेरा लागि यो एउटा ईभी ब्रान्ड मात्र थियो। तर, झेङ्झाउ र सेन्जेनको फ्याक्ट्री भ्रमणपछि मैले बुझें–बिवाईडी वास्तवमा एउटा ‘प्रविधि इकोसिस्टम’ हो, जसले भविष्यको यातायात प्रणालीलाई पुनर्परिभाषित गरिरहेको छ। ‘३ सेकेन्डमा ब्याट्री उत्पादन’, ‘९ मिनेटमा फुल चार्ज’, ‘५९ सेकेन्डमा एउटा बडी’, हजारौं रोबोट, लाखौं डाटामा आधारित रिसर्च र चिपदेखि चार्जिङ नेटवर्कसम्मको संरचना। यी सबै कुराले बिवाईडीको टेक्नोलोजीलाई एड्भान्स बनाएका रहेछन्। सायद यही कारण आज विश्व अटो उद्योगमा बिवाईडीलाई केवल कार निर्माता होइन, ‘गेमचेन्जर’का रूपमा हेरिन थालिएको छ।