काठमाडौं । आगामी आर्थिक वर्षका लागि ७ ओटै प्रदेशहरुले बजेट सार्वजनिक गरेका छन । सातओटा प्रदेशहरुले कुल २ खर्ब ६४ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन ।
सबैभन्दा बढी बजेट बागमती प्रदेशको छ । बागमती प्रदेशले ५१ अर्ब ४२ करोड ७४ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ । सबैभन्दा कम बजेट सुदुरपश्चिम प्रदेशको छ । सुदुर पश्चिमले ३३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको छ ।
सातओटै प्रदेशका सरकारहरूले कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित रहेर प्रदेशसभामा बजेट पेश गरेका छ । यसबाहेक कृषि, शिक्षा र रोजगारी सिर्जनमा बजेट विनियोजन गरिएको छ ।
संघीय सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रत्येक असार १ गते प्रदेश सरकारहरुले बजेट सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था छ ।
प्रदेश सरकारहरुले ल्याएको बजेटमा कोरोनाका कारण रोजगारी गुमाएका मानिसहरूलाई स्थानीय स्तरमा नै अवसरहरू दिलाउन कार्यक्रमहरू प्रस्ताव गरिएका छन्।यसंैगरी बजेटमा प्रदेश र स्थानीय तहका स्वास्थ्य, शिक्षा र कृषि मुख्य प्राथमिकता दिएका छन ।
प्रदेश सरकारहरूलाई बजेट बनाउन संघले निश्चित प्रतिशत रकम समानीकरण र समपुरकसहित अनुदानका रूपमा दिने संवैधानिक व्यवस्था छ।
यस्ता छन सातवटा प्रदेशका बजेट
प्रदेश १
कुल बजेटः ४० अर्ब ८९ करोड ९९ लाख रूपैयाँ
स्वास्थ्य तथा कोरोनाभाइरस नियन्त्रण अस्पतालको स्तरोन्नतिमा १ अर्ब ८६ करोड
कृषिमा ३ अर्ब ८३ करोड
श्रम तथा रोजगारीममा ४३ करोड
शिक्षामा ३५ करोड ९० लाख
कोरोनाले रोजगार गुमाएकालाई लक्षित कार्यक्रम ३ करोड रूपैयाँ
प्रदेश २
कुल बजेटः ३३ अर्ब ५६ करोड ९ लाख ९९ हजार
कोरोना भाइरस नियन्त्रणमा ७० करोड २७ लाख
श्रम तथा रोजगारीमा २६ करोड्
शिक्षामा ५० करोड रूपैयाँ छ ।
बागमती प्रदेश
कुल बजेट: ५१ अर्ब ४२ करोड ७४ लाख
शिक्षा र स्वास्थ्यमा १ अर्ब १३ करोड
कोरोना नियन्त्रण तथा उपचारमा १९ करोड ४४ लाख रूपैयाँ
गण्डकी प्रदेश
कुल बजेटः ३४ अर्ब ८४ करोड
कोरोना भाइरसको नियन्त्रण गर्न ३ अर्ब
व्यवसाय पुनर्जीवनमा १ अर्ब रूपैयाँ
प्रदेश ५
कुल बजेटः ३६ अर्ब ३५ करोड
कोरोना नियन्त्रण तथा उपचार कोषमा १० करोड
विभिन्न जिल्ला अस्पतालको स्तरोन्नतिमा १५ करोड
कोरोना विशेष कृषि कार्यक्रममा ६५ करोड
कर्णाली प्रदेश
कुल बजेटः ३३ अर्ब ७४ करोड १३ लाख
कोरोना नियन्त्रण तथा उपचारमा २ अर्ब ७७ करोड
शिक्षामा ८९ करोड
रोजगारीमा ७ अर्ब रूपैयाँ
सुदुरपश्चिम प्रदेश
कुल बजेटः ३३ अर्ब ३८ करोड १३ लाख
कोरोना संक्रमणबाट रोजगारी गुमाएकालाई लक्षित कार्यक्रम १५ करोड
लकडाउनका कारण प्रभावित उद्योग क्षेत्रलाई पुनर्कर्जा सुविधाा १ अर्ब
कोरेना महामारी नियन्त्रण तथा उपचारमा ५० करोड रूपैयाँ