काठमाडौं। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विश्वप्रसाद अर्याल निर्वाचित भएका छन्। निर्वाचनमा उनले २४२ मत प्राप्त गर्दै उत्सव इटेनीलाई पराजित गरेका हुन्।
वरिष्ठ उपाध्यक्षमा चतुर्भुज सरिया अग्रवाल, प्रथम उपाध्यक्षमा श्यामबाबु रौनियार तथा महासचिवमा अच्युतबहादुर खड्का निर्वाचित भएका छन्।
निर्वाचनमा द्वितीय उपाध्यक्षमा सुनिलकुमार बिडला, महासचिवमा अच्युत बहादुर खड्का, कोषाध्यक्षमा श्यामकुमार बुढाथोकी, सचिवमा प्रेम न्यौपाने तथा सह–सचिवमा राजन गौङजु निर्विरोध निर्वाचित भएका छन् ।
देशभरिबाट निर्वाचित कार्यकारी सदस्यहरूमा गोकर्णराज खड्का, घनश्याम खत्री, ईश्वर लामा, महेन्द्रकुमार अग्रवाल, गणेशबहादुर सिलवाल, गोपाल श्रेष्ठ, राजु न्यौपाने, नवराज थापा, प्रह्लाद तिमिल्सिना, भुपालराज कटुवाल, अजय कुमार टणडन, प्रदीप यादव ,रामसाद आलम र टेकबहादुर बोहरा विजयी भएका छन्।
त्यसैगरी प्रदेश संयोजक तथा सदस्यतर्फ अधिकांश पदमा निर्विरोध निर्वाचन भएको छ। कोशी प्रदेश संयोजकमा राम सगुन यादब,मधेश प्रदेश संयोजकमा ललित शाह, बागमती प्रदेश संयोजकमा काशीराज पाठक, गण्डकी प्रदेश संयोजकमा नवीन बराल, लुम्बिनी प्रदेश संयोजकमा विश्वराज खनाल तथा सुदूरपश्चिम प्रदेश संयोजकमा चक्र मल्ल निर्विरोध निर्वाचित भएका छन्।
कोशी प्रदेश सदस्य पदमा भएको प्रतिस्पर्धामा हरि प्रसाद घिमिरे विजयी भएका छन्।
नवनिर्वाचित नेतृत्वले पेट्रोलियम व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय सुधार तथा संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।