काठमाडौं। लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रोटेक प्रा.लि.ले ललितपुरको जावलाखेलमा जर्मन प्रविधिका प्रिमियम घरायसी उपकरणको आधिकारिक ‘बोस ब्राण्ड स्टोर’ सञ्चालनमा ल्याएको छ।
अत्याधुनिक डिजाइनसहित तयार गरिएको यस केन्द्रको उद्घाटन एक विशेष समारोहबीच बिएसएच होम एप्लायन्सेस इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सैफ खानले गरेका हुन्।
जावलाखेलस्थित अल्का अस्पतालको ठिक सामुन्ने रहेको उक्त केन्द्रले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका नवीन उत्पादन नजिकबाट अवलोकन गर्न र सहज रुपमा खरिद गर्न अवसर प्रदान गर्ने छ।
लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जर्मन इन्जिनियरिङ, उच्च गुणस्तर र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा प्रस्तुत गर्ने उद्देश्यसहित यो अवधारणा अघि बढाइएको बताए। उनका अनुसार स्टोरले ग्राहकलाई उत्पादन खरिदमा मात्र सीमित नराखी प्रविधिमैत्री जीवनशैलीको अनुभव समेत प्रदान गर्ने छ।

नेपालका लागि बोसका आधिकारिक वितरक लक्ष्मी इलेक्ट्रोटेकले सञ्चालनमा ल्याएको यस शोरुम मार्फत घरेलु उपकरणदेखि उन्नत प्रविधिमा आधारित समाधानसम्म उपलब्ध हुनेछन्।
यहाँ रेफ्रिजेरेटर, वासिङ मेसिन, ड्रायर, डिशवासर, ओभन, माइक्रोवेभ, इन्डक्सन कुकटप, किचन चिम्नी, भ्याकुम क्लिनर, कफी मेसिन तथा मिक्सर-ग्राइन्डर-ब्लेन्डरलगायतका उत्पादन राखिएका छन्।
कार्यक्रममा बोल्दै सैफ खानले नेपाली बजारमा उपस्थिति विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै उपभोक्ताको बदलिँदो आवश्यकता र आधुनिक जीवनशैलीलाई केन्द्रमा राखेर विश्वसनीय, ऊर्जा दक्ष तथा अत्याधुनिक समाधान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।