काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ३६० वस्तुको अन्तःशुल्क खारेज गरे पनि बाँकी वस्तुको अन्तःशुल्क दरबन्दी कायम गरेको छ। गत जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा बजेटमार्फत ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरे पनि बाँकी वस्तुको दरबन्दी कायमै राखेका छन्।
सरकारले १४ सय वस्तुमा लाग्दै आएको अन्तःशुल्कमध्ये आगामी आवबाट ३६० वस्तुको अन्तःशुल्क खारेज भए पनि बाँकी रहेका वस्तुको अन्तःशुल्क दरबन्दी यथावत् राखेको हो।
अर्थमन्त्री वाग्लेले आगामी आवको बजेटमा सख्खर (गुँड र भेलीसमेत), गुँडगट्टा प्रतिक्विन्टल १४० रुपैयाँ, उसुको खुदो प्रतिक्विन्टल ११५ रुपैयाँ, अन्यअन्तर्गत पर्ने प्रतिक्विन्टल ११५ रुपैयाँ, चिनीले छोपेको वा नछोपेको वा मिठो लेप लगाएको वा नलगाएको चुइँगम २२ प्रतिशत, अन्यमा २२ प्रतिशत अन्तःशुल्क दरबन्दी कायम गरेका छन्।
गोलभेडाको रस (जुस), ब्रिक्स मूल्य ३० ननाघेको, अन्य क्यानबेरी (भ्याक्सिनियम म्याक्रोकार्पन, भ्याक्सिनियम अक्सिककस)को रस(जुस) लिंगनबेरी (भ्याक्सिनियम भाइटिस आइडाइअ) को रस (जुस), अन्य र रस (जुस)का मिश्रणमा प्रतिकिलो १४ रुपैयाँ दरबन्दी कायम भएको छ।
यसैगरी २ केजीभन्दा बढी तौलको ढिका (ब्लक), बाक्लो पातल (स्ल्याब) वा डन्डी (बार) को रुपमा रहेका अन्य परिकार वा २ केजीभन्दा बढी तौल भएको तरल, माडा धुलो, दानादार वा अन्य ठूलो परिमाण (बल्क)को रुपमा भाँडामा राखिएका वा तुरुन्त वेष्ठन गरिएको (इमिडियट प्याकिङ), अन्य ढिका, बाक्लो पाता वा डन्डीको भरिएको वा नभरिएको द्ुवैको २२ प्रतिशत अन्तःशुल्क दरबन्दी कायम गरेका हुन्।
यस्तै, पूर्णतः निः स्नेहित (डिक््याटेड) आधार (बेसिस) मा गणना गरिँदा, तौलमा कोकोको मात्रा ६ प्रतिशतभन्दा बढी भएको वा ६ प्रतिशत नभए पनि पूर्ण रुपमा चकलेटले बाहिरपट्टी लेपित (कोटेड) गरिएको शीर्षक १९.०४ का उत्पादनमा २२ प्रतिशत र अन्यमा २२ प्रतिशत अन्तःशल्क दरबन्दी कायम गरेका छन्।
यसैगरी सरकारले फूल हालेको, अन्यमा, पकाएको वा नपकाएको वा अन्य प्रकारले तयार गरेको भरेको पास्ता, अन्य पास्ता कुसकुसमा प्रतिकिलो ३५ रुपैयाँ, झुरुमझुरुम हुने रोटी (क्रिप्स ब्रेड), अदुवा हालेको रोटी (जिन्टर बे्रड) र यस्तै रोटी, गुलिया बिस्कुट, वेफल र वेफर र दोहोराएर सेफाई कडा बनाइएको रोटी (रस्क), सेकाएको रोटी यस्तै सेकाएका उत्पादनमा २२ प्रतिशतसम्म दरबन्दी कायम गरेको छ।
यस्तै, कुरकुरे, कुरमुरे, लेज, चिजबलमा प्रतिकिलो ७५ रुपैयाँ, अन्यत्र उल्लेख नभएका बिस्कुट, केक, कुकिज र पेस्ट्री, पाउरोटीमा २२ प्रतिशत, अन्यमा प्रतिकिलो १३० रुपैयाँ, अन्यमा २२ प्रतिशत, आलु चिप्समा प्रतिकिलो ३० रुपैयाँ, हिमीकृत (फ्रोजेन), हिमीकृत नगरिएको, बिक्स मूल्य २० ननाघेको, अन्य, ब्रिक्स मूल्य २० ननाघेको, ब्रिक्स मान २० ननाघेको र अन्यमा प्रतिकिलो १४ रुपैयाँ सरकारले दरबन्दी कायम गरेको हो।
यस्तै, गोलभेडाको रस (जुस), ब्रिक्स मूल्य ३० ननाघेको, अन्य क्यानबेरी (भ्याक्सिनियम म्याक्रोकार्पन, भ्याक्सिनियम अक्सिककस)को रस(जुस) लिंगनबेरी (भ्याक्सिनियम भाइटिस आइडाइअ) को रस (जुस), अन्य र रस (जुस)का मिश्रणमा प्रतिकिलो १४ रुपैयाँ दरबन्दी कायम भएको छ।
सरकारले सुर्तीरहित पान मसलामा प्रतिकिलो एक हजार १५० रुपैयाँ, सु्र्तिरहित सुगन्धित सुपारीमा प्रतिकिलो ५ सय रुपैयाँ, हर्बल टीमा १० प्रतिशत, पानी, खनिज पानी र वायु प्रवाहित पानीसमेत, चिनी वा अन्य गुलियो पार्ने पदार्थ हालेको वा स्वादिष्ठ बनाइएकोमा ५ प्रतिशत, अल्को रहित बियरमा प्रति लिटर ९० रुपैयाँ, इनर्जी ड्रिक्समा प्रतिलिटर १२० रुपैयाँ, हल्का पेयपदार्थमा, बास्नायुक्त दूधका र अन्यमा प्रतिलिटर ६० रुपैयाँ कायम गरेको छ।
यस्तै, ५ प्रतिशतसम्म अल्कोहल भएको र ५ प्रतिशतभन्दा बढी भएकामा प्रतिलिटर २५५ रुपैयाँ, १२ प्रतिशतसम्म अल्कोहल भएको, १२ प्रतिशतभन्दा बढी अल्कोहल भएकोमा प्रतिलिटर ४९० रुपैयाँ र १७ प्रतिशत बढी अल्कोहल भएकामा प्रतिलिटर ५७० रुपैयाँ, १२ प्रतिशतसम्म अल्कोहल भएकोमा प्रतिलिटर ४९० रुपैयाँ, १२ प्रतिशतभन्दा बढी १९ प्रतिशतसम्म अल्कोहल भएकोमा प्रति लिटर ४९० रुपैयाँ कायम गरिएको छ।
सरकारले छ्याङ (कन्ट्री बियर)मा प्रतिलिटर ५० रुपैयाँ, सेम्पेन, साइडर प्रतिलिटर ४९० रुपैयाँ, सेरी, मिड, पेरीमा प्रतिलिटर ४९० रुपैयाँ, साके प्रतिलिटर ५४० रुपैयाँ, १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको जडीबुटी मिश्रित मदिरा, कक्टेल (अल्कोहलिक र अल्कोहलिक÷नन्अल्कोहलिक मिश्रण) तथा अन्य फर्मेन्टेड मदिरामा प्रतिलिटर ५७० रुपैयाँ र अन्यमा ५४० रुपैयाँ कायम गरेको छ।
यस्तै, ४० युपी शक्तिको (३४.२३ प्रतिशत अल्कोहलको मात्रा भएको) प्रतिलिटर ६९० रुपैयाँ÷प्रति एलपी लिटर एक हजार १५० रुपैयाँ, सुर्ती भएका सिगार, सेरुट र सानो सिगार (सिगारिलो) प्रतिखिल्ली ३५ रुपैयाँ, फिल्टर नभएको प्रतिएम ७८० रुपैयाँ, ७० मिमिसम्म लम्बाइको प्रतिएम एक हजार ८४५ रुपैयाँ, ७० भन्दा बढी ७५ मिमिसम्म लम्बाइको प्रतिएम दुई ४९० रुपैयाँ, ७५ भन्दा बढी ८५ मिमिसम्म लम्बाइको तीन हजार २७५ रुपैयाँ, ८५ मिमिभन्दा बढी लम्बाइको प्रतिएम चार हजार ५७८ रुपैयाँ, तयारी बिँडी प्रतिएम सय रुपैयाँ, सबै प्रकारका सिगारमा प्रतिखिल्ली ३५ रुपैयाँ र अन्यमा प्रतिखिल्ली ३५ रुपैयाँ कायम गरेको छ।
तमाखु (वाटर पाइप टोबाको)मा प्रतिकिलोग्राम २१ सय, पाइप टोबाको २१ सय, चुरोट तथा बिँडीका लागि प्रशोधित सुर्ती प्रतिकिग्रा ३६० रुपैयाँ र अन्यमा ३६० रुपैयाँ, समरुपी (होमोजिनाइज्ड) वा पुननिर्मित (स्किन्स्टिचूएटेड) सुर्ती प्रतिकिग्रा ५२५ रुपैयाँ, जर्दा, खैनी नस (स्नफ), गुट्खा र यस्तै सुर्ती मिश्रित तयारी वस्तु प्रतिकिग्रा ९ सय रुपैयाँ, खुद्रा बिक्रीका लागि नराखिएको काटिएको सुर्ती (कट् टोबाको) प्रतिकिग्रा ५ सय रुपैयाँ, चुना मिलाई खाने खुद्रा बिक्रीका लागि प्याकिङ गरिएको सुर्तीमा प्रतिकिग्रा ५५० रुपैयाँ, हुका क्लेबर र अन्यमा प्रतिकिग्रा १६ सय रुपैयाँ सरकारले कायम गरेको हो।
यस्तै, सुर्ती भएको वा पुननिर्मित सुर्ती, अन्य, निकोटिन भएको, विद्युतीय चुरोट (भेप), अन्य, मुखबाट (ओरल) प्रयोगको लागि, छालाको माध्यमबाट (ट्रान्सडर्मल) प्रयोगका लागि र अन्यमा ५५ प्रतिशत, पोलिस्टरमा आधारित, एक्रेलिक वा भिनाइन पोलिमारमा आधारित, अन्यमा १५ प्रतिशत, सडकमा चिन्ह लगाउने थर्मोप्लास्टिक रङ्लेप (थर्मोप्लास्टिक रोडमाकिङ मेटिरियल), अन्य, टायलको रुपमा वा रोलमा रहेका भुइँ ढाक्ने वस्तु (फलोर कभरिङ)मा १५ प्रतिशत कायम छ।
सरकारले २० सेन्टिमिटर चौडाइ ननाध्ने रोलमा भएका र अन्यमा १० प्रतिशत, यात्रु बोक्ने मोटर गाडी (२५ भन्दा बढी सिट) मा ५ प्रतिशत, यात्रु बोक्ने मोटर गाडी (११ देखि २५ सिट सम्म भएका)मा ४५ प्रतिशत, मूलतः सामानको ओसारपसार गर्ने र ड्राइभरसहित २ जनाभन्दा बढी मानिस बोक्ने सुविधा भएका डबल क्याब पिकअप गाडीमा ७५ प्रतिशत कायम गरेको छ।