काठमाडौं। सरकारले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०८१’ को नयाँ मस्यौदा तयार पारेको छ। सडक यातायातलाई सहज, सुरक्षित र भरपर्दो बनाउन सरकारले यस्तो प्रावधान प्रस्ताव गरेको हो।
सवारी तथा यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन सरकारले ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध कडा दण्ड सजाय प्रस्ताव गरेको छ। नयाँ व्यवस्थाअनुसार ट्राफिक नियम मिच्ने, सवारीसाधनको स्वरुप बदल्ने र लापरबाही गर्ने चालक तथा सवारी धनीलाई ठूलो रकम जरिवानादेखि जेल सजाय र सवारी साधन नै जफत गर्नेसम्मको कानुनी प्रावधान बनाउन लागेको हो।
सरकारले हाल सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार यातायात क्षेत्रलाई नियमन गरिरहेको छ। त्यसलाई परिमार्जन गर्दै समय सापेक्ष बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’को मस्यौदा तयार पारिसकेको छ।
प्रस्ताविक विधेयकको दफा ६२ मा तत्काल जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ। यसअनुसार ट्राफिक प्रहरीले सवारी चालकलाई ३९ वटा कसुरमा तत्काल कारबाही गर्न सक्ने व्यवस्था गरिएको छ। विधेयकअनुसार कसुरको प्रकृति र सवारी साधनको वर्गअनुसार दुई पांग्रे, तीन पांग्रे, साना, मझौला र ठूला सवारीका लागि फरक–फरक जरिवाना निर्धारण गरिएको छ

सवारीसाधन दर्ता गरिएको प्रयोजनभन्दा अन्य प्रयोग गरेमा दुई पांग्रेलाई ५ हजार, साना तथा मझौलालाई १० हजार र ठूला सवारीसाधनलाई १५ हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था रहेको छ।
चालक अनुमतिपत्र प्राप्त नगरी सवारीसाधन चलाएमा वा एक वर्गको सवारीसाधनको अनुमति प्राप्त गरी अर्को वर्गको सवारीसाधन चलाएमा वा सवारी जाँचपास नगरी चलाएमा दुईपांग्रेलाई ५ हजार, साना गाडीलाई १० हजार र बस, ट्रकलाई १५ हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ।
बाटो इजाजतपत्र अर्थात् रुट परमिट लिनुपर्नेमा नलिई सवारीसाधन चलाएको पाइएमा १० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ। यसैगरी सवारी प्रदूषण परीक्षणको प्रमाणपत्र नराखी चलाए दुईपांग्रेले ५ हजार, निजी कारले १० हजार र बस, ट्रकले १५ हजार रुपैयाँ तिर्नुपर्ने छ। सार्वजनिक सेवाको दर्ता नगरी सञ्चालन गरे १५ हजार जरिवाना लाग्नेछ।
सवारी चालकले मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारीसाधन चलाए दुईपांग्रे वा तीनपांग्रेले २५ हजार जरिवाना तिर्नुपर्नेछ। ट्याक्सी, कारले ३५ हजार रुपैयाँ र माइक्रो, बस, ट्रकले ५० हजार जरिवाना तिर्नुपर्ने प्रस्ताव गरिएको छ।
दुईपांग्रे सवारीसाधन चलाउँदा हेलमेट नलगाए ३ हजार जरिवाना लाग्नेछ। सवारीसाधनमा अपारदर्शी सिसा राखेको पाइए वा सिसामा अन्य कुनै वस्तु राखेर बाहिरबाट भित्र नदेखिने गरी बनाई सवारीसाधन चलाए १ लाख रुपैयाँ जरिवाना लाग्नेछ।
सवारीसाधनका लागि निर्धारण गरिएको सुरक्षित गति सीमाभन्दा बढी गतिमा सवारीसाधन चलाए दुई वा तीनपांग्रे सवारीसाधनको हकमा २५ हजार, साना सवारीसाधनको हकमा ३५ हजार र मझौला तथा ठूला सवारीसाधनको हकमा ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ। तर निर्धारण गरिएको गति सीमाभन्दा ५ प्रतिशतसम्म बढी भएकोमा जरिवाना लाग्ने छैन।

सवारीसाधनका लागि तोकिएको सडक क्षेत्रमा निर्धारण गरिएको सुरक्षित गति सीमाभन्दा कम गतिमा सवारी चलाएमा ३ हजारदेखि ५ हजार जरिवाना लाग्नेछ। ओभरटेक गर्न नहुने वा असुरक्षित स्थानमा ओभरटेक गरेमा वा रातको समयमा बत्ती नबाली सवारीसाधन चलाएमा २ हजार रुपैयाँ जरिवाना लाग्नेछ।
लेन अनुशासन पालना नगरी सवारीसाधन चलाएमा, संकेत नदिई लेन परिवर्तन गरेमा, फुटपाथमा सवारीसाधन चलाएमा, एकतर्फी सडकमा विपरीत दिशामा सवारी चलाएमा वा मोबाइल फोन प्रयोग गरी सवारी चलाएमा १० हजार रुपैयाँ जरिवाना लाग्नेछ।
ट्राफिक संकेत पालना नगरेमा ३ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ। निषेधित क्षेत्रमा हर्न बजाएमा ५ सय रुपैयाँ जरिवाना लाग्नेछ। साथमा राख्नुपर्ने कागजात नराखी सवारी चलाएमा १ हजार रुपैयाँ लाग्नेछ। तर कागजात विद्युतीय पोर्टलबाट देखाउन सकेको अवस्थामा जरिवाना लाग्ने छैन।
निषेधित क्षेत्र वा निषेधित समयमा सवारीसाधन चलाएमा एक हजार रुपैयाँ जरिवाना लाग्नेछ। दुईपांग्रे सवारी साधनले अफलाइन सेवा प्रदान गरेमा २ हजार रुपैयाँ जरिवाना लाग्नेछ।
विधेयकअनुसार सवारीसाधन दर्ता गरिएको प्रयोजनभन्दा अन्य प्रयोग गरेमा दुई पांग्रेलाई ५ हजार, साना तथा मझौलालाई १० हजार र ठूला सवारीसाधनलाई १५ हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था छ।
चालक अनुमतिपत्र प्राप्त नगरी सवारीसाधन चलाएमा वा एक वर्गको सवारीसाधनको अनुमति प्राप्त गरी अर्को वर्गको सवारीसाधन चलाएमा वा सवारी जाँचपास नगरी चलाएमा दुईपांग्रेलाई ५ हजार, साना गाडीलाई १० हजार र बस, ट्रकलाई १५ हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ।
बाटो इजाजतपत्र अर्थात् रुट परमिट लिनुपर्नेमा नलिई सवारीसाधन चलाएको पाइएमा १० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ। यसैगरी सवारी प्रदूषण परीक्षणको प्रमाणपत्र नराखी चलाएमा दुईपांग्रेले ५ हजार, निजी कारले १० हजार र बस, ट्रकले १५ हजार रुपैयाँ तिर्नुपर्नेछ। सार्वजनिक सेवाको दर्ता नगरी सञ्चालन गरे १५ हजार जरिवाना लाग्नेछ।
सवारी चालकले मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारीसाधन चलाएमा दुईपांग्रे वा तीनपांग्रेले २५ हजार जरिवाना तिर्नुपर्नेछ। ट्याक्सी, कारले ३५ हजार रुपैयाँ र माइक्रो, बस, ट्रकले ५० हजार जरिवाना तिर्नुपर्ने प्रस्ताव गरिएको छ।
दुईपांग्रे सवारीसाधन चलाउँदा हेलमेट नलगाए ३ हजार जरिवाना लाग्नेछ। सवारीसाधनमा अपारदर्शी सिसा राखेको पाइए वा सिसामा अन्य कुनै वस्तु राखेर बाहिरबाट भित्र नदेखिने गरी बनाई सवारीसाधन चलाए १ लाख रुपैयाँ जरिवाना लाग्नेछ।
सार्वजनिक यातायातले बढी यात्रु बोके २० हजारसम्म जरिवाना लाग्ने व्यवस्था गरेको छ। लामो वा छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनमा निर्धारित सिट संख्याभन्दा बढी यात्रु बोकेको पाइएमा लामो दूरीको बाटोको हकमा २० हजार रुपैयाँ जरिवाना लाग्नेछ। मध्यम दूरीको बाटोको हकमा १० हजार रुपैयाँ र छोटो दूरीको बाटोमा ५ हजार जरिवाना लाग्ने व्यवस्था रहेको छ।
सार्वजनिक यातायातले भाडादरको सूची नराखे, बढी भाडा लिए तीनपांग्रे सवारीले २ हजार, ट्याक्सीले ५ हजार र माइक्रो तथा बसले १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।
सार्वजनिक सवारीसाधनले तोकिएको सिट क्षमतासम्मको यात्रु लिन इन्कार गरे २ हजार, मिटर ट्याक्सीले मिटरमा जान नमानेमा ३ हजार रुपैयाँ जरिवाना लाग्नेछ। सवारी चालक र परिचालकले तोकिएको पोसाक र परिचयपत्र नलगाए ५ सय रुपैयाँ जरिवाना लाग्नेछ।
हेलचेक्र्याइँ, लापरवाही वा जोखिमयुक्त तरिकाले जुनसुकै सवारीसाधन चलाएमा ३ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ। रोक्नुपर्ने अवस्थामा सवारी चालकले सवारीसाधन नरोकेमा २ हजार रुपैयाँ जरिवाना हुनेछ।
मालबाहक सवारी साधनले वजनको हदभन्दा बढी वजन राखेमा १५ हजार जरिवाना लाग्नेछ। बीमा नगराई सवारी चलाएमा सार्वजनिक सवारीको हकमा १० हजार रुपैयाँ र अन्य सवारीको हकमा ५ हजार रुपैयाँ जरिवाना लाग्ने छ। अवस्था ठिक नभएको सवारीसाधन चलाएमा ५ हजार रुपैयाँ जरिवाना लाग्ने प्रस्ताव गरिएको छ।
विधेयकमा निर्धारण गरिएको गति सीमाभन्दा २० प्रतिशतसम्म बढी भएमा २० प्रतिशत, २० देखि ४० प्रतिशतसम्म ४० प्रतिशत, ४० प्रतिशतदेखि ६० प्रतिशतसम्म ओभर स्पिड भएमा ६० प्रतिशत जरिवाना लाग्नेछ। तोकिएको भन्दा ६० प्रतिशत बढी स्पिड भएमा शतप्रतिशत जरिवाना तिर्नु पर्नेछ।