काठमाडौं। पछिल्लो केही दशकयता नेपालमा सूचना प्रविधिको विकास र प्रयोग तीव्र गतिमा बढ्दै गईरहेको छ। तर, प्रविधिलाई व्यापार वृद्धि र रैथाने उद्यमशीलतासँग जोड्ने प्रयास निकै कम मात्रामा भएको छ।
नेपालमा भएका अधिकांश कम्पनीले होटल कार्यालय , बैंक तथा वितीय संस्थालाई प्राथमकिताका दिने गरेका छन्। व्यापार बढोत्तरी गर्ने तथा उद्यमशीलतालाई जोड्ने कम्पनी अहिले औलामा गन्न सकिने अवस्थामा रहेको छ। सोही खाडललाई परिपूर्ति गर्न डिजिटल मार्केटिङ र प्राविधिक सेवाको फरक अवधारणासहित जन्मिएको उदीयमान कम्पनी हो–अक्ट्रा ट्राइब प्रालि।
के हो अक्ट्रा ट्राइब
अक्ट्रा ट्राइब मार्कटेक कम्पनी हो। मुख्यतया यसले डिजिटल मार्केटिङ र टेक्निकलतर्फ काम गर्छ। यसले सोसियल मिडिया ह्यान्डलिङ मार्केटिङ, डिजाइनिङ, प्रोडक्सनतर्फ बढी केन्द्रित हुने गर्छ। सोसियल मिडियातर्फ डिजाइनिङ र मार्केटिङ प्रोडक्सनतर्फ ध्यान दिने गरेको छ भने एप डेभलपमेन्ट, एआई कन्सल्टिङतर्फ काम गरिरेहेको सो संस्थाको संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत आकाश दासले बताए। ‘कम्पनीले विशेषगरी व्यापार प्रवर्द्धन तथा ग्रोथ मार्केटटिङतर्फ केन्द्रित छ भने अर्कोतर्फ एआई सेल्समा पनि काम गरिरहेको छौं, जुन नेपालमा कम चलनचल्तीमा छ,’ उनले भने।
‘अहिले मुख्यतया हामी ग्रोथ मार्केटिङतर्फ फोकस छौं भने अन डिमान्ड काम अर्थात् वेबसाइट बनाउने काम, सरकारी वेबसाइट बनाउनेतर्फ पनि काम गरिरहेका छौं’, उनले भने ।
स्थापनाको डेढ वर्षमा अपत्यारिलो फड्को
डेढ वर्षअघि २०८१ साल असोज २ गते स्थापना भएको अक्टा ट्राइबले अविधिमा प्रतिस्पर्धात्मक बजारमा आफुलाई स्थापित सँगसँगै सफल भएको छ। अहिले ११ जना दक्ष जनशक्तिको समूहले मुख्य रुपमा बजार प्रवर्द्धन गर्न काम गर्दै आइरहेको छ। यसमा सोसियल मिडिया हयान्डलिङ, ग्राफिक्स डिजाइनिङ र भिडियो प्रोडक्सनजस्ता सिर्जनात्मक काम मात्र गर्दैन, बरु त्यसलाई अत्याधुनिक एआई प्रविधिसँग जोडेर व्यावसायिक समस्याको समाधानतर्फ अग्रसर भएर काम गरिरहेको छ।
एआई एजेन्टमार्फत कार्यसम्पादनमा क्रान्ति
अक्टा ट्राइबको एउटा मुख्य गरि यसले उपलब्ध गराउने सफ्टवेयर एज सर्भिस र एआई एजेन्ट सेवा प्रमुख हो । कम्पनीले कुनै पनि व्यावसायिक प्रतिष्ठानको विशिष्ट विभाग अर्थात डिर्पाटमेन्ट का लागि कस्टम एआई एजेन्ट तयार पारिदिन्छ, जसले त्यहाँको कार्यबोझलाई घटाउने काम गर्छ।
‘सूर्य नेपालमा एउटा एआई एचआर असिस्टेन्ट टुल परीक्षण गर्यौं, जहाँ करिब २४ देखि २६ जना एचआर कर्मचारी आवश्यक पर्ने ठाउँमा, हाम्रो एआई सफ्टवेयरले आवेदनको समीक्षा गर्ने, प्रश्नोत्तर तयार गर्ने, अन्तर्वार्ता तालिका राख्ने र मेल पठाउनेजस्ता सम्पूर्ण कार्य अटोमेटिक रूपमा राख्ने प्रबन्ध गरिदियो,’ उनले भने।
यसले गर्दा मुख्य एचआरले केवल अपडेट मात्र हेरे पुग्ने भयो। यसले कम्पनीको ठूलो लगानी र झन्झट मुक्ता बनाउन सहयोग पुगेको कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत आकाश दासले बताए। अहिले सो कम्पनीले एआई एजेन्टका लागि अन्तर्राष्ट्रिय बजारलाई मुख्य लक्ष्य बनाएको छ।
रिजल्ट ओरियन्टेड कार्यशैली, परिणाम नआए भुक्तानी ऐच्छिक
अहिले नेपाली बजारमा थुप्रै आईटी कम्पनी सञ्चालनमा रहेको छन्। बर्सेनि हजारांै संख्यामा आईटी विषयबाट दीक्षित भएका विद्यार्थीले आ आफनो संस्था तथा व्यवसाय सञ्चालन गर्दै आइरहेका छन्। तीमध्ये किन ग्राहकले अक्टा ट्राइब नै किन रोज्ने भन्ने प्रश्नमा प्रमुख कार्यकारी अधिकृत आकाश दासका अनुसार अक्टा ट्राइबले केवल डिजाइन बनाउने मात्र नभई बरु ग्राहकको सोसल मिडिया पहुँच, डिजिटल उपस्थिति र बिक्रीमा सुधार हुन्छ भन्ने कुराको ग्यारेन्टीसहित काम गर्दै आइरहेको छ।
कम्पनी ग्राहकलाई आफुले अघि चालेका कामबाट सोचेजस्तो नतिजा आयो र ग्राहक पूर्ण रूपमा सन्तुष्ट भए मात्र पेमेन्ट लिने उनले बताए। संस्थाले दिने सेवाप्रति ग्राहकको सन्तुष्टिनै मुख्य सफल्ता भन्ने उद्देश्यका तथा साहसिक व्यापारिक मोडलले अक्टालाई बजारमा पृथक र विश्वसनीय बनाउन मद्दत गरेको छ।
मधेसका एसएमई र महिला उद्यमीको सशक्तीकरण
संस्थापक दासका अनुसार अक्टा ट्राइबले नाफा कमाउने कर्पोरेट हाउसको रुपमा मात्र पहिचान बनाउँदैन। यसले सामाजिक उतरदायित्व एवं तल्लो तहको उद्यमशीलतालाई संरक्षण प्रर्वद्धन गर्नुपर्छ भन्ने मूल उद्देश्यका साथ अघि बढिरहेको छ।
अहिले कम्पनीले मधेस प्रदेशमा हेल्भिटास नेपालसँगको सहकार्य गर्दै साना तथा मझौला उद्योग र स्थानीय महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई प्रवर्द्धन गर्ने तथा उनीहरुलाई सशक्त बनाउन अग्रसर भइरहेको छ।
स्थानीय तहमा महिला दिदीबहिनीले उत्पादन गर्दै आएको मह, दूधका परिकार, अगरबत्तीजस्ता सामग्रीलाई ब्रान्डिङ र मार्केटिङको माध्यमबाट राष्ट्रिय स्तरको बजारसम्म पुर्याउन अक्टा ट्राइबले काम गरिरहेको दासको भनाइ छ।
राजधानी आउने तरखर
आर्थिक दृष्टिकोणबाट हेर्दा वीरगञ्ज नेपालको आयत–निर्यात प्रमुख स्थल एवं आर्थिक सहरको रुपमा पहिचान भए पनि प्रविधि दृष्टिकोणमा भूगोलका संस्थापकलाई मात्र सीमित नराखेर अक्टा समूहले अब नयाँ चरणमा प्रवेश गर्न लागेको छ। नयाँ आर्थिक वर्ष सुरु हुनासाथ अक्टा ट्राइबले काठमाडौंमा प्रवेश गर्ने योजना खाका बुनेको छ।
राजधानीमा ठूलो बजार र विविध ग्राहक तथा विभिन्न अवसरलाई आत्मसात् गर्दै साना, मध्यम र स्टार्टअप उद्यमीलाई डिजिटल मार्केटिङ र एआई आर्थत कृत्रिम बुद्धिमत्ता प्रविधिको सहयोगमा नयाँ उचाइमा पु¥याउने लक्ष्य बनाएको उनले बताए।
विशेषगरी मध्यम आकारका उद्यम र स्टार्टअपहरूलाई प्रविधिको प्रयोगद्वारा उपभोक्ता पहुँच बढाउन, सञ्चालन प्रक्रिया स्वचालित गर्न र प्रतिस्पर्धी बजारमा टिकाउन सहयोग गर्नेछ।
त्यस्तै अक्टा ट्राइबको भौगोलिक पहुँचको वृद्धि मात्र नभई मधेसजस्ता सीमित स्रोत भएका क्षेत्रका उद्यमले गरेको मिहिनेत र सिर्जनशीलतालाई काठमाडौँको ठूलो बजारमा पुर्याउने मध्यस्थकर्ताको सेतुको काम गर्नेछ।
आगामी विस्तारले प्रदेशी तथा राष्ट्रिय स्तरमा साना उद्यमको डिजिटल आत्मसात् र आर्थिक समावेशीकरणलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ भने यसरी अक्टाले सफलता हासिल गर्दै गएमा नेपालमा मात्र नभई अन्यत्र पनि प्रेरणादायि उदाहरण बन्न सक्छ।