काठमाडौं। बेइजिङ् स्थीत नेपाली दुतावास र चाइना सरकारको चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेडले बेइजिङ आयोजना गरेको नेपाल चाइना इन्भेष्टमेन्ट एण्ड ट्रेड समिटमा सहभागी चाइना र नेपालका उद्यमी व्यवसायीले भरपर्दो डिजिटल इन्फ्रास्ट्रचर, दक्ष जनसक्तिको आदानप्रदान र एआईको सुरक्षित प्रयोगका लागि निति तथा साइवर सुरक्षामा सहकार्यमा जोड दिएका छन्।
व्यवसायिक क्षेत्रको अग्रणी बिजनेस कन्सिल्टङ साझेदार नेपाल बिजनेस इन्ष्ट्रिच्युट (एनबिआई)का कार्यकारी अध्यक्ष बिशाल गैरेले चिनिया लगानीकर्तालाई एआई र डिजिटल इन्फ्रास्ट्रचरमा लगानी गर्न आह्वान गर्दै एआई र डिजिटल प्रविधिको प्रयोगले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सावर्जनिक सेवा र आर्थिक बिकासमा उल्लेखनीय प्रगति हुने दाबी गरे।
नयाँ सरकार बनेसँगै स्थिर सरकार र स्थिर नीति बन्द गएकाले नेपालको प्रचुर सम्भावनामा लगानी बढाउन आह्वान गरे। उच्च गतिको इन्टरनेट पँहुच, डाटा सेन्टर र क्लाउड पूर्वाधार, डिजिटल साक्षरता, साइबर सुरक्षा, एआई नीति र कानुनी व्यवस्था, सरकारी डिजिटल सेवा, स्थानीय भाषा र एआई, मानव स्रोतको बिकास र डिजिल अर्थतन्त्रबारे म्याचमेकिङ् सेसनमा अध्यक्ष गैरेले प्रस्तुती दिएका थिए।
चीनिस्थत एम्बासडर रिसिप्सनले समन्वय गरेको सोही कार्यक्रममा चीनका लागि नेपाली दूतावासकी कार्यबाहक राजदूत रोशन खनालले नीतिगत कठिनाइहरुको सम्बोधन र एफडिआईमार्फत नेपालमा लगानी गर्न चाहने चिनिया व्यवसायीलाई गर्ने सहजीकरणबारे जानकारी गराए।
नेपालको पछिल्लो तथ्याङ्मा चीन नेपालमा एफडिआईमार्फत सबैभन्दा बढी लगानी गर्ने देश भएको उनको भनाइ छ। नेपालमा लगानीको अवशर तथा नीतिगत व्यवस्थाबारे दूतावासी आर्थिक मामिला हेर्ने प्रमुख पार्वती अर्यालले लगानी सहजीकरणबारे प्रस्तुती दिएका थिए।
नेपालमा गएका एफएनसिसिआई, नियार्त व्यवसायी महासंघलगायतका संस्थाहरुले उर्जा, पर्यटन, निर्यात उद्यम, कृषि, स्वास्थ्य क्षेत्रलगायत विभिन्न व्यवसायकोबारे विभिन्न प्रस्तुती र बिटुवी म्याचमेकिङ् कार्यक्रममा सहभागी भएका थिए।