काठमाडौं। सामान्य उदाहरणबाट सुरु गरौँ। कुनै पसल वा कम्पनीले आफ्नो एउटा सामानको मूल्य १० रुपैयाँ मात्र बढायो। मूल्य बढ्ने बित्तिकै ग्राहकको मागमा केही परिवर्तन आउने गर्छ । जसलाई कम्पनीको कम्प्युटर प्रणालीले तत्काल थाहा पाउँछ।
बजारमा मागमा फेरबदल आएपछि सामान जम्मा गर्ने अर्थात जिन्सी व्यवस्थापन टोलीले कति सामान थप्ने वा अर्डर गर्ने भनेर आफ्नो योजनामा फेरबदल गर्छ। त्यसपछि सामान ओसारपसार गर्ने सो व्यवस्थापन गर्ने टोलीको गाडी गुड्ने तालिका पनि परिवर्तन हुन्छ। नतिजा स्वरूप, जुन ग्राहकले आफ्नो सामान बिहीबार पाउने आस गरेका थिए, उनीहरूले अब सोमबार नै पाउन सक्छन्।
यसरी हेर्दा, मूल्य बढाउने एउटा सानो निर्णयले संस्थाका धेरै पाटाहरूमा प्रत्यक्ष असर पार्छ। जसको कारण अहिले आधुनिक संस्थाहरू भित्रभित्रै एकअर्कासँग निकै गहिरो गरी जोडिएका छन्। यो व्यवसाय चलाउने परिपाठि व्यवस्थापन र आधुनिक प्रविधिबीचको आपसी सम्बन्धको एउकी उत्कृष्ट उदाहरण हो। आजको समयमा व्यवसायमा गरिने जुनसुकै महत्वपूर्ण निर्णयको पनि व्यवस्थापकीय र प्राविधिक दुवै खालको असर पर्ने गर्छ। संस्थाको एउटा तहमा बसेर गरिएको निर्णयले विभिन्न क्षेत्र ठाउँ लगायत थुप्रै क्षेत्रमा यसले प्रभाव पार्ने निश्चितप्राय छ।
विगतमा व्यवसायहरू फरक फरक विषयका विज्ञहरूमा भर पर्थे। इन्जिनियरहरूले सामान बनाउँथे, अर्थसम्बन्धीको समुहहरुले पैसाको हिसाब राख्थे र म्यानेजरहरूले कामको रेखदेख गर्दै आएका थिए। विगतका समयमा धेरैजसो समय सो टोलीहरूले आ आफ्नो हिसाबले स्वतन्त्र रूपमा काम गर्न सक्थे। एउटा विभागले गरेको निर्णयको असर तुरुन्तै अर्को विभागमा परिहाल्दैनथ्यो। तर अहिले भने फरक अवस्था जसका कारण पुरै बदलिएको छ। संस्थाहरू अब पहिलेभन्दा धेरै जोडिएका छन्।
संस्थाहरूलाई अहिले व्यवस्थापन र प्रविधि दुवै बुझेका र विभिन्न विभागहरूबीच सजिलै कुराकानी गराउन सक्ने व्यावसायिक जनशक्ति चाहिएको छ।
डिजिटल प्रविधि र तथ्याकले विभागहरूबीचको दूरी र पर्खाललाई मेटाइदिएको छ। अब कामहरू पुरानो ढर्राको संगठनिक सिमानाभित्र मात्र सीमित रहँदैनन्। अहिलेको सन्र्दभमा विभिन्न क्षेत्रका जानकार तथा सो सम्बन्धी खोज अन्वेषण तथा विज्ञहरुको महत्व अझै छ। तर आजका संस्थाहरूलाई विभिन्न क्षेत्रहरूलाई आपसमा जोड्न सक्ने र टोलीहरूलाई सँगै लिएर हिँड्न सक्ने मानिसहरूको बढी खाँचो पर्न थालेको छ।
संस्थाहरूलाई अहिले व्यवस्थापन र प्रविधि दुवै बुझेका र विभिन्न विभागहरूबीच सजिलै कुराकानी गराउन सक्ने व्यावसायिक जनशक्ति चाहिएको छ। प्रविधिको तीव्र विकासले यो आवश्यकतालाई अझ बढाएको छ। कर्मचारीहरू अहिले आफ्नो एउटै विभागमा मात्र सीमित भएर बस्नुभन्दा अन्य विभागहरूसँग समन्वय गर्नमा बढी समय बिताउँछन्। दैनिक र नियमित कामहरू प्रविधिले नै धान्न थालेपछि, फरक फरक विभागहरूबीच मिलेर काम गर्न सक्ने क्षमता झन् बढी मूल्यवान् बन्दै गएको छ।
अहिलेको परिवेशमा अधिकांश संघ संस्थाहरु प्राविधिक ज्ञान वा व्यावसायिक इच्छाशक्तिको कमीले मात्र असफल भइरहेका छैनन्। त्यसको पछाडि भिन्न भिन्दै टोलीहरूले एकअर्काको कुरा र भावना अनुसरण गर्न नसक्दाउनीहरु बीच समस्या पैदा भएको छ। जसका कारण उनीहरु समस्यामा परेका छन्।
संस्थाका उच्च अधिकारीहरुले आफूले राम्ररी नबुझेका प्रविधिहरू स्वीकृत गरिदिन्छन्। अर्कोतर्फ, इन्जिनियरहरूले देखेका प्राविधिक जोखिमहरूलाई व्यावसायिक क्षेत्रमा उनीहरुले बुझ्न र व्याख्या गर्न सक्दैनन्। धेरैजसो अवस्थामा प्रविधि आफैँमा समस्या होइन। मुख्य समस्या त विभागहरूबीचको तालमेल, समन्वय र सञ्चारको अभाव हो।
उनीहरू प्राविधिक विश्लेषणको नतिजा बुझ्न सक्छन्, प्रविधिका फाइदा बेफाइदाको लेखाजोखा गर्न सक्छन्। जटिल समस्याहरूलाई सरल भाषामा बुझाउन सक्छन्।
आजको दुनियामा त्यसैले गर्दा अहिलेको सन्दर्भमा विभिन्न प्रकारको क्षेत्र जनशक्तिको महत्व झागिदै गएको छ। यस्ता जनशक्तिले व्यवस्थापन र प्रविधि बुझेका हुन्छन्। उनीहरुलाई व्यवसायीक लक्ष्य पूरा गर्नका निम्ती कस्तो निकायसँग आवद्ध हुनुपर्छ भनेर थाहा हुन्छ। एउटा क्षेत्रमा गरिएको निर्णयले संस्थाको अर्को भागमा कस्तो असर पार्छ भन्ने कुरा उनीहरूले राम्ररी महसुस गर्न सक्छन्।
उनीहरू हरेक विषयको गहिरो विज्ञ नहुन सक्छन्, तर त्यस्ता व्यक्तित्वहरुसँग संवाद गराउन सक्ने ल्याकत हुन सक्छ। उनीहरू प्राविधिक विश्लेषणको नतिजा बुझ्न सक्छन्, प्रविधिका फाइदा बेफाइदाको लेखाजोखा गर्न सक्छन्। जटिल समस्याहरूलाई सरल भाषामा बुझाउन सक्छन्। त्यसैले आजभोलिक विभिन्न संघ संस्थाहरुले विश्लेषणात्मक सोच र समग्र प्रणालीलाई बुझने क्षमता र फरक फरक क्षेत्रको ज्ञानलाई एकै ठाउँमा ल्याउन सक्ने मानिसहरुलाई बढी सम्मान गर्न थालेका छन्।
त्यसैले शिक्षा क्षेत्रले पनि समयको सो मागलाई बुझन थालेको छ। व्यवस्थापन, प्रविधि र डेटा विश्लेषण लाई मिश्रण गरेर नयाँ शैक्षिक कार्यक्रमहरू दिन प्रति दिन आउन थालेका छन्। संस्थाहरू आफैँ परिवर्तन भइरहेका छन्। रोजगारदाताहरू पनि अचेल बजार, प्रविधि र सञ्चालन प्रणाली सबै बुझ्ने वा उच्च शिक्षा पुरा गराएकाहरुको खोजीमा छन्। संस्थाहरू जतिजति एकापसमा जोडिँदै जान्छन्, व्यवस्थापन र प्रविधि दुवै बुझ्ने यस्ता प्रतिभाशाली मानिसहरूको माग बजारमा त्यति नै झागिँदै जाने निश्चित प्राय छ।
लेखक भारतको जोधपुरस्थित सेन्टर फर टेक्नोलोजी फोरसाइट एण्ड पोलिसीमा सहायक प्राध्यापक छन्।