अहिले कुनै बैंकमा कसैको घर निर्माणका लागि कर्जा स्वीकृत हुँदै होला, कुनै विश्वविद्यालयमा भोलिका लागि एउटा विद्यार्थीको भविष्य सुरक्षित गरिँदै होला, कतै अदालतको कठघरामा कुनै नागरिकका मुद्दा मामिलामा फैसला हुँदै होला। तर, यी सबै मानवीय दृश्यहरूका पछाडि एउटा मौन र स्तब्ध पार्ने परिवर्तन तीव्र गतिमा भइरहेको छ।
यस्तो संवेदनशील निर्णयहरूको अन्तिम चरण वा तहमा कुनै पनि मानवको बसमा छैन। मात्र केवल पर्दापछाडि बहुचर्चित वा बोलीचालीको भाषामा रहेको कृत्रिम बुद्धिमता अर्थात एआई मोडलले यसको फैसला गरिरहेको छ। आधुनिक संस्थाहरूमा शक्तिको केन्द्र कसरी मानव विवेकबाट मेसिनतर्फ सर्दै छ भन्ने कुराको यो ज्वलन्त उदाहरण हामी सबैका अगाडि उभिएको छ। यो परिवर्तन केवल कारखानाका मेसिनहरू स्वचालित भए जस्तो सामान्य होइन, यो मानव सभ्यता र निर्णय प्रक्रियामा आएको एउटा ऐतिहासिक र निकै गहिरो उथलपुथल अर्थात पराकम्पन हो।
मुख्यतया आर्टिफिसियल इन्टेलिजेन्सलाई एउटा औजार, तीव्र गतिको क्याल्कुलेटर वा अझ स्मार्ट खोज इन्जिनका रूपमा व्याख्या गर्ने गरिएको छ। तर, एउटा परम्परागत औजारले त्यति मात्र गर्छ, जति उसलाई गर्न लगाइएको हुन्छ। एउटा क्याल्कुलेटरले गणितको नयाँ सिद्धान्त प्रतिपादन गर्न सक्दैन। यसको विपरीत, आजका एआई प्रणालीहरूले त्यस्ता कुराहरू सिकिरहेका छन्। जुन उनीहरूका निर्माताहरूले कहिल्यै सिकाएका थिएनन्।
उनीहरूमा यस्ता परिवर्तनहरू देखिँदैछन्। जसको अनुमान डिजाइनरहरूले समेत गरेका थिएनन्। उदाहरणका लागि, बुद्धिचाल खेलको एउटा एआई इन्जिनले चेस खेल्न मात्र सिकेन। उसले खेलका यस्ता नयाँ रणनीतिक सुरुआतहरू आविष्कार गरिदियो। जुन शताब्दीयौँदेखिका ग्रान्डमास्टरले समेत सोच्न सकेका थिएनन्। यो केवल अटोमेसन होइन, यो केवल आजको युगमा नयाँ सिर्जना हो।
हाम्रो मानव बुद्धिमत्ताले पनि मानव सहकार्यद्वारा निर्मित एक विशिष्ट वातावरणभित्र मात्र काम गर्छ।
यसमाथि प्राय एउटा आपत्ति जनाउने गरिन्छ। यस्तो क्षमता वा एजेन्सी चेसको बोर्ड वा कुनै कम्प्युटर सिमुलेसन जस्ता कृत्रिम दायराहरूमा मात्र सीमित रहन्छ। संसारको सबैभन्दा उत्कृष्ट चेस इन्जिनलाई जंगलमा छाडिदिने हो भने उसले आगो निभाउन वा बाल्न सक्दैन। तर, यही कुरा हामी मानिसको हकमा पनि लागू हुन्छ। कुनै पनि औजारबिना एउटा मानिसलाई हिमालको टाकुरामा एक्लै छाडिदिने हो। ऊ एक हप्ता पनि जीवित रहन सक्दैन।
हाम्रो मानव बुद्धिमत्ताले पनि मानव सहकार्यद्वारा निर्मित एक विशिष्ट वातावरणभित्र मात्र काम गर्छ। त्यसैले, प्रश्न यो होइन कि एआईसँग काम गर्नका लागि वास्तविक वातावरण छ। बरु प्रश्न यो हो के हामीले एआईका लागि त्यो वातावरण पहिले निर्माण गरिदिइसकेका छ।
भौतिक शक्ति वा व्यक्तिगत चलाखीका कारणले गर्दा मानिसले यस पृथ्वीमा राज गरेको होइन। एउटा निहत्था मानिस जंगलमा सिंहसँग एक्लै जुध्न पुग्यो भने उसको पराजय निश्चित छ। हाम्रो वास्तविक शक्ति लाखौँ अपरिचित मानिसहरूसँग काँधमा काँध मिलाएर सहकार्य गर्न सक्ने अद्भूत क्षमतामा लुकेको छ। हामी कानुन, नियम र संस्थाहरूको एउटा यस्तो साझा जालोभित्र बाँधिएका छौँ, जहाँ कहिल्यै नभेटेका मानिसहरू पनि एकापसमा जोडिएका हुन्छन्। यही सम्बन्धले एउटा अदृश्य तर जीवनका लागि सबैभन्दा अपरिहार्य तत्वको निर्माण गर्छ, त्यो हो विश्वास।
हामीले जसलाई ब्यूरोक्रेसी अर्थात् कर्मचारीतन्त्र वा प्रशासनिक प्रणाली भन्छौँ, त्यसको वास्तविक मर्म पनि यही नै हो। एउटा बैंक व्यवस्थापकले आफैँ फर्निचर बनाउँदैन्न उनी खेतमा अन्न उब्जाउँछन्। उनले कहिल्यै नभेटेका एक बचतकर्ता र कहिल्यै नदेखिएका एक उद्यमीबीच एउटा यस्तो भरोसाको पुल हालिदिन्छिन्, जसका कारण एउटाको बचतले अर्को व्यक्तिको सपना र महत्वकांक्षले पखेटा हाल्न पाउँछ।
यो प्रणाली यति शक्तिशाली छ। यसलाई चलाउने मानिसहरू हरेक काममा निपुण हुनुपर्दछ भन्ने छैन।
अदालतका न्यायाधीश, नियामक, धार्मिक गुरु वा लेखापाल यी सबैले दिनभरि फारम, ऐन, खातापाता, धर्मशास्त्र र फैसला जस्ता केही सीमित शब्दहरूको सहारा लिएर अपरिचित मानिसबीच भरोसाको खेती गरिरहेका हुन्छन्। यहाँसम्म हाम्रो खल्तीमा हुने पैसा आफैँमा एउटा साझा विश्वासको प्रविधि हो। त्यो एउटा छापिएको कागजको टुक्रा मात्रै हो। तर, त्यसको पछाडि हामी सबैको एउटा साझा ‘भ्रम वा विश्वास’ जीवित छ। त्यही विश्वासकै बलमा एउटा अपरिचित पसलेले बिनाकुनै हिचकिचाहट तपाईंको हातमा खाद्यान्न सुम्पिन्छ। जुन संस्थागत वातावरणले मानव कर्मचारीको शब्दलाई शक्ति दिन्छ, ठ्याक्कै त्यही वातावरणमा एआई सबैभन्दा बढी फस्टाउने गर्छ।
यो प्रणाली यति शक्तिशाली छ। यसलाई चलाउने मानिसहरू हरेक काममा निपुण हुनुपर्दछ भन्ने छैन। जंगलमा एउटा सानो आगोसमेत बाल्न नसक्ने वकिलले कानुनी कागजातको एउटा मस्यौदाकै भरमा सिंगो सहरको नक्सा बदल्न सक्छ। कानुन, वित्त र धर्म जस्ता स्थापित नोकरशाही प्रणालीहरूले निर्माण गरेको यही शब्दहरूको संसारभित्र छिरेर अहिले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईले चामत्कारिक रूपमा काम गरिरहेको छ।
जतिसुकै तिखो स्मरणशक्ति भएको वकिलले पनि देशको सिंगो कानुनका सबै ठेली र उपधाराहरू कण्ठस्थ राख्न सक्दैन। तर, एआईले सिंगो कानुनी संहितालाई आफ्नो स्मृतिमा अक्षरस सुरक्षित राख्छ। कुनै पनि कुशल लेखापालले विश्वव्यापी बैंकमा भइरहेका लाखौं कारोबारहरूलाई एकै सेकेन्डमा ट्रयाक गर्न सक्दैन। तर, एआईका लागि यो सहज रुपमा गर्न सक्छ।
एक मानव कर्मचारी नियम पुस्तिकाको एउटा सानो पानाको संरक्षक मात्र हो। ब्युरोक्रेसीलाई निकै मसिनो गरी केलाएर हेर्ने हो भने, यो समाजमा विश्वास र परिणामहरू जन्माउनका लागि एउटा निश्चित ढाँचामा उनिएका शब्दहरूको संगालोबाहेक केही पनि होइन। शब्दहरूको सो खेलमा अहिले मेसिनले मानिसलाई बिस्तारै पछाडि छाड्दै छ।
यो ऐतिहासिक रूपान्तरणको सबैभन्दा ठूलो अभ्यास अहिले हाम्रै छिमेकी मुलुक भारतमा भइरहेको छ। यद्यपि, यसलाई विरलै मात्र यो रूपमा व्याख्या गर्ने गरिन्छ। विगत एक दशकमा भारतले विश्वकै सबैभन्दा विशाल बायोमेट्रिक पहिचान र डिजिटल भुक्तानीको अभूतपूर्व संरचना खडा गरेको छ। सो प्रविधिले एक अर्बभन्दा बढी मानिसहरूको पहिचान प्रमाणीकरण गर्ने र राज्यले दिने सामाजिक सुरक्षा भत्ता सीधै जनताको हातमा पुर्याउने काम गर्छ। अचम्मको कुरा त के छ भने, यो विशाल प्रणाली चल्नका लागि मानव स्वविवेक वा कर्मचारीको तोक आदेशको भूमिका संसारका अन्य कुनै पनि देशको तुलनामा निकै कम छ।
सुरुमा सो पूर्वाधार कुनै एआई परियोजनाका रूपमा सोचिएको थिएन। यसको एकमात्र उद्देश्य प्रशासनिक कार्यदक्षता बढाउनु र ढिलासुस्ती हटाउनु थियो।
आज भारतमा साना व्यवसायका लागि ऋण दिँदा कुनै बैंकको शाखा प्रबन्धकले सेवाग्राहीको अनुहार वा उसको पृष्ठभूमि हेर्दैन। बरु त्यो ऋण स्वीकृत गर्ने कि नगर्ने भन्ने कुरा वित्तीय मोडलले तय गर्छ। करोडौँ विचाराधीन मुद्दाहरूको बोझले थिचिएका त्यहाँका अदालतहरूले कुन मुद्दाहरूलाई प्राथमिकता दिने र कसरी फैलाउने भनी वर्गीकरण गर्न एआईको सहयोग लिइरहेका छन्।
सुरुमा सो पूर्वाधार कुनै एआई परियोजनाका रूपमा सोचिएको थिएन। यसको एकमात्र उद्देश्य प्रशासनिक कार्यदक्षता बढाउनु र ढिलासुस्ती हटाउनु थियो। तर, मेसिनले सजिलै बुझ्न र पढ्न सक्ने यस्तो डिजिटल कर्मचारीतन्त्र त्यस्तो उर्वर भूमि हो। जहाँ कुनै पनि एआई निर्णयकर्ता बिना कुनै अवरोध सहजै प्रवेश गर्न सक्छ। सरल भाषामा भन्नुपर्दा भारतले पहिले एउटा अत्याधुनिक डिजिटल वासस्थान निर्माण ग¥यो। एआई केवल त्यहाँ बस्न आउने सबैभन्दा योग्य र सक्षम बासिन्दा बनिदियो। कुनै सरकारी अधिकारीलाई जस्तो एउटा एल्गोरिदमको तर्कलाई क्रसएग्जामिन गर्न सकिन्न।
यो नयाँ अभ्यास गर्व र संशय दुवैको अनौठो दोबाटो हो। मेसिनले पढ्न र बुझ्न सक्ने यस्तो आधुनिक राज्य संयन्त्र बढी चुस्त हुन सक्छ। यसले भ्रष्टाचारको जरा काट्न पनि सघाउ गर्छ। तर, यसको अर्को पाटो निकै डरलाग्दो छ। एउटा निर्जीव मेसिन वा मोडलले गरेको निर्णयविरुद्ध बहस गर्ने ठाउँ कतै हुँदैन। यदि, भविष्यमा कुनै मेसिनले तपाईंको अधिकार खोस्यो भने, तपाईंले कुनै जीवित सरकारी अधिकारीलाई जस्तो त्यो एल्गोरिदमिक निर्णयको तर्कमाथि क्रस-एग्जामिन गर्न पाउनुहुन्न। मेसिनको त्यो मौन निर्णय अन्तिम फैसला बनिदिन्छ, जसलाई चुनौती दिन असम्भव प्राय हुने छ।
त्यस्तै सो रुपान्तरणलाई गहिरिएर घोत्लिनुभन्दा अगावै हामीले दुई वटा महत्वपूर्ण प्रश्नहरूको उत्तर खोज्नुपर्छ। कुनै ठूलो संकटले बाध्य पार्नुभन्दा पहिले आजै यी प्रश्नहरूको सामना गर्नु बुद्धिमानी हुनेछ। पहिलो, प्रत्येक नागरिकसँग यो थाहा पाउने कानुनी अधिकार छ कि कुनै स्वचालित मेसिन वा प्रणालीले उनीहरूविरुद्ध किन निर्णय गर्यो। अर्कोतर्फ प्रत्येक नागरिकसँग मेसिनको त्यो निर्णयलाई कुनै जीवित मानिसद्वारा पुनरावलोकन गराउने वास्तविक र न्यायोचित बाटो सुरक्षित छ वा यो कुनै औपचारिकता निभाउने वा चित्त नबुझेका कुराहरू खुलेर राख्न पाउने वास्तविक सुनुवाइ हुनुपर्छ।
कुनै समय बैंकको ऋण, विश्वविद्यालयको डिग्री वा अदालतको सजाय जस्ता जीवनकै महत्वपूर्ण फैसलाहरू त्यस्ता मानिसहरूद्वारा गरिन्थे। जसलाई प्रश्न गर्दा उनीहरूले आफ्नो निर्णयको आधार र औचित्य प्रष्ट पार्न सक्थे। तर, तिनै फैसलाहरू मौन एउटा यस्तो निर्जीव वस्तुको नियन्त्रणमा जाँदैछन्। जसलाई हामी कतै उभ्याएर केही पनि सोध्न सक्दैनौँ। यदि हामीले आजै हामीले दृढताकासाथ आवाज उठाएर जवाफदेहिता चाहिन्छ भनी अडान लिएनौँ भने, भोलि निर्णयहरू हुनेछन्। तर, तिनको उत्तर दिने कोही नभेटिने निश्चित छ। प्रबिन कौशल- द पायोनियर पत्रिका