काठमाडौं। पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी)ले बजार पिटिरहेका बेला विश्व ब्रान्ड टोयोटा र बीएमडब्ल्यू विकल्पका रूपमा नवीकरणीय ग्यासको परीक्षणमा लागेका छन्। यी दुई अटो निर्माता कम्पनीले ‘रेप्सोल नेक्सा ९५’ इन्धन प्रयोग गरी सडकमा परीक्षण सुरु गरेका छन्।
ग्यासोलिन परीक्षणको अर्थ यो इन्धनले उत्सर्जनमा ७० प्रतिशतसम्म कमी ल्याउने दाबी गरिएको छ। टोयोटा, बीएमडब्ल्यू, रेप्सोल र बोशले नवीकरणीय ग्यासोलिनको प्रयोगसम्बन्धी परीक्षणलाई व्यापक बनाउने घोषणासमेत गरेका छन्। यी दुई कम्पनीले ६ महिने अवधिमा करिब २० वटा कारमा रेप्सोलको नवीकरणीय ग्यासको परीक्षण गर्ने घोषणा सार्वजनिक भइसकेको छ।
टोयोटा र बीएमडब्ल्यूले विद्युतीय सवारी साधनको विकल्पका रूपमा नवीकरणीय ग्यासको परीक्षण गरिरहेका छन्। दुई अटो निर्माता कम्पनीले ’रेप्सोल नेक्सा ९५’ इन्धन प्रयोग गरी सडकमा परीक्षण सुरु गरेका छन्। यो इन्धनले उत्सर्जनमा ७० प्रतिशतसम्म कमी ल्याउने दाबी गरिएको छ।
टोयोटा, बीएमडब्ल्यू, रेप्सोल र बोसले नवीकरणीय ग्यासोलिनको वास्तविक प्रयोगसम्बन्धी परीक्षण गरिरहेका छन्। यी दुई कम्पनीले छ महिनाको अवधिमा करिब २० वटा कारमा रेप्सोलको नवीकरणीय ग्यासको परीक्षण गर्नेछन्।
रेप्सोलको दाबी छ–नवीकरणीय कच्चा पदार्थबाट बनेको यसको ‘नेक्सा ९५’ इन्धनले सामान्य इन्धनको तुलनामा कार्बन डाइअक्साइड उत्सर्जन ७० प्रतिशतभन्दा बढीले घटाउने दाबी गरिएको छ। परीक्षणमा लगिँदै गरेका २० वटा गाडी आगामी ६ महिनासम्म विशेष रूपमा रेप्सोलको ’नेक्सा ९५’ इन्धनबाट चल्नेछन्। बोशले डिजिटल इन्धन ट्रयाकिङ प्रणाली उपलब्ध गराउनेछ।
यो परीक्षण यसै महिना स्पेनमा सुरु भएको छ, जहाँ ’रेप्सोल’ले सार्वजनिक सेवा केन्द्रमा शतप्रतिशत नवीकरणीय ग्यास उपलब्ध गराउने देशको एकमात्र आपूर्तिकर्ता बनेको छ। ’ई–फ्युल्स’–जुन कार्बन मोनोअक्साइड वा कार्बन डाइअक्साइडलाई संकलन गरेर तथा पानीको विभाजनबाट प्राप्त हाइड्रोजन प्रयोग गरी उत्पादन गरिने कृत्रिम इन्धन हुन्।
यिनको तुलनामा नवीकरणीय इन्धन जैविक फोहोरबाट उत्पादन गरिन्छन्। रेप्सोलका अनुसार नवीकरणीय इन्धनको एउटा मुख्य सबल पक्ष भनेको यिनलाई बाल्दा निस्किने कार्बन डाइअक्साइडको मात्रा, तिनको उत्पादन प्रक्रिया वा जीवनचक्रको दौरान जैविक पदार्थद्वारा सोसिएको कार्बन डाइअक्साइडको मात्रा बराबर हुनु हो। यसका साथै, नवीकरणीय इन्धन तथा ’ई–फ्युल्स’लाई खनिज स्रोतबाट बन्ने परम्परागत इन्धनको सीधा विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ।
अमेरिकी कार उत्पादकका लागि ग्यासोलिनको खासै ठूलो अर्थ नहुन सक्छ, तर युरोपेली संघमा आन्तरिक दहन इन्जिनयुक्त सवारी साधनको भविष्यमा वातावरणमैत्री इन्धनले ठूलो भूमिका खेल्नेछ। यसको कारण के भने सन् २०३५ देखि पेट्रोल÷डिजेलबाट चल्ने गाडीमाथि प्रतिबन्ध लगाउने चर्चित निर्णयमा गत वर्षको अन्त्यतिर केही लचकता अपनाइएको थियो।
सवारीसाधन निर्माणमा युरोपेली संघमा उत्पादित ’लो–कार्बन स्टिल’ (कम कार्बन उत्सर्जन हुने इस्पात) वा दिगो इन्धनको प्रयोग गरिएको खण्डमा अटो निर्माताले सन् २०३५ को समयसीमापछि पनि उत्सर्जन गर्ने खाले कार बिक्री गर्न पाउनेछन्।
नयाँ नियमले सवारीसाधन निर्मातालाई आफ्ना नयाँ सवारीसाधनबाट हुने उत्सर्जन (टेलपाइप उत्सर्जन) लाई सन् २०२१ को स्तरको तुलनामा ९० प्रतिशतले घटाउनुपर्ने व्यवस्था गरेका छन्; तसर्थ, युरोपेली संघको रणनीतिमा पूर्ण विद्युतीय कारले अझै पनि महत्त्वपूर्ण भूमिका खेल्नेछन्।
युरोपको प्रमुख अटोमोटिभ लबी समूह युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनका अनुसार हालैका महिनामा यस क्षेत्रमा विद्युतीय सवारी साधनको बजार हिस्सा ह्वात्तै बढेको छ। मेमा इयू, इएफटीए र बेलायतमा ब्याट्री–सञ्चालित विद्युतीय यात्रुवाहक कारको दर्ता २३.३ प्रतिशत पुगेको छ, जसले परम्परागत पेट्रोल (ग्यासोलिन) मोडललाई समेत उछिनेको छ।
गत मे महिनामा ईभीको बजार हिस्सा १७.४ प्रतिशत पुगेको थियो। उद्योग क्षेत्रका कतिपय विज्ञका अनुसार सन् २०३५ सम्ममा युरोपेली संघमा पूर्ण रूपमा विद्युतीय सवारी साधनको मात्र वर्चस्व हुने अपेक्षा अझै टाढै छ।–एजेन्सी