काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली कन्टेन्ट क्रियटरको सिर्जनशीलता प्रोत्साहन गर्ने उद्देश्यले ‘क्रिएटर्स भेटघाट’ आयोजना गरेको छ। कार्यक्रममा सहभागी क्रियटरले प्रस्तुत गरेका कन्टेन्ट अवधारणामध्ये ६ उत्कृष्ट आइडियालाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिएको छ।
६० भन्दा बढी कन्टेन्ट क्रियटरको सहभागिता रहेको कार्यक्रममा इनड्राइभले ‘ड्रिम इट. डु इट.’ नामक नयाँ क्रियटर फेलोसिप कार्यक्रमसमेत सार्वजनिक गरेको हो । कार्यक्रममार्फत क्रियटरले लामो समयदेखि निर्माण गर्न चाहेको आफ्ना सपनाका कन्टेन्टलाई वास्तविकतामा रुपान्तरण गर्न आवश्यक सहयोग प्राप्त गर्नेछन् ।
कार्यक्रमको सुरुमा सहभागी क्रियटरले नेपालमै निर्माण गर्न चाहेको आफ्नो ‘ड्रिम कन्टेन्ट’ सम्बन्धी योजना र अवधारणा प्रस्तुत गरेका थिए। प्रस्तुत अवधारणाका आधारमा ‘ड्रिम इट. डु इट.’ कार्यक्रमअन्तर्गत ६ उत्कृष्ट कन्टेन्ट आइडिया छनोट व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
त्यसपछि ब्रान्ड तथा विभिन्न व्यावसायिक संस्थासँग सहकार्य गर्दा क्रियटरले ध्यान दिनुपर्ने विषयमा जानकारीमूलक सत्र सञ्चालन गरिएको थियो । सत्रमा सम्झौताका सर्त बुझ्ने तरिका, उचित पारिश्रमिक निर्धारण, बौद्धिक सम्पत्तिको अधिकार तथा सहकार्यका क्रममा आउन सक्ने सम्भावित जोखिमबारे जानकारी दिइएको थियो ।
कार्यक्रमको अन्तरक्रियात्मक चरणमा सहभागीहरूलाई १० समूहमा विभाजन गरी पोटरी, चित्रकला तथा हस्तकलासम्बन्धी सिर्जनात्मक गतिविधिमा सहभागी गराइएको थियो । प्रत्येक समूहले निर्धारित समयभित्र आफ्ना सिर्जनात्मक अवधारणालाई कन्टेन्टका रूपमा विकास गरी प्रस्तुत गरेका थिए । प्रस्तुतिको मूल्यांकन अवधारणाको मौलिकता, सिर्जनशीलता र कार्यान्वयनका आधारमा गरिएको थियो।
कार्यक्रमको समापनमा इनड्राइभ नेपालले ६ जना क्रियटरले प्रस्तुत गरेका उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो । छनोट भएका अवधारणामा नेपालका विभिन्न समुदायका मौलिक परिकारको परिचयदेखि पोखराको साहसिक यात्रासम्मका व्यक्तिगत सपना र सिर्जनात्मक योजना समेटिएका छन् ।
छनोट भएका क्रियटरले कन्टेन्ट निर्माणका लागि आवश्यक आर्थिक सहयोग प्राप्त गर्नेछन्। इनड्राइभ नेपालले आगामी संस्करणहरूमा नयाँ विषयवस्तु, फरक सिर्जनात्मक विधा तथा थप क्रियटर समुदायलाई समेट्दै कार्यक्रमलाई विस्तार गर्ने योजना रहेको जनाएको छ।