काठमाडौं। एमजीको प्रिमियम इलेक्ट्रिक पिकअप ‘यू९’ नेपाली बजारमा आउने भएको छ। नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी ‘यू९’ आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नेपाली बजारमा भित्र्याउने भएको हो।
विगतमा डिजेल इन्जिनमा उपलब्ध एमजी ‘यु९’ आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पूर्ण इलेक्ट्रिकमा आउने भएको हो। पारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्याउन लागेको ‘यू९’ यो एक आधुनिक र आकर्षक लाइफ स्टाइल पिकअप ट्रक हो।
‘यू९ भित्रिएसँगै नेपाली बजारमा इलेक्ट्रिक पिकअप सेग्मेन्टमा प्रतिस्पर्धा बढ्ने देखिएको छ। नेपाली बजारमा इलेक्ट्रिक गाडीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै, एमजी यु ९ ईभीले प्रिमियम पिकअप सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने विश्वास प्यारामाउन्ट मोटर्सले लिएको छ।
कम्पनीले एमजी ‘यू९’ आगामी २६ देखि आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोको हल बीको स्टल नम्बर एल २ मा प्रदर्शनी गर्ने जनाएको छ। प्यारामाउन्ट मोटर्सले आफ्नो प्रिमियम ईभी पोर्टफोलियोलाई थप मजबुत बनाउँदै पूर्ण इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्ने तयारी गरेको हो।
एमजी ‘यू९’ मा १०२.२ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ। जसले एक पटकको फुल चार्जमा ४३० किमी (डब्लुएलटीपी) सम्मको रेन्ज प्रदान गर्छ। यसमा ३२५ किलोवाटको डुअल–मोटर जडान गरिएको छ। यसलाई डिसि फास्ट चार्जिङबाट १० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसको टप स्पिड १८० किलोमिटर प्रतिघण्टा रहेको छ।
एमजी यू–९को लम्बाइ ५५०० एमएम, चौडाइ १९९७ एमएम, उचाइ १८६० एमएम छ। यसमा ३३०० एमएम लामो ह्वीलवेस र २२० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ। २० इन्चको ह्वील रहेको यो डलब क्याब पिकअपको पेलोड ११०० केजीको रहेको छ।
प्रमियम इन्टेरियर र अत्याधुनिक फिचरका कारण यो गाडीको भित्री बनावट अत्यन्तै विलासी छ। यसमा १२.३ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, ८ वटा स्पिकरयुक्त जेबीएल अडियो सिस्टम, र ६४ कलरको एम्बियन्ट लाइटिङ रहेको छ। फ्ल्यागशिप भेरियन्टमा चालकको सिटका लागि ८–वे इलेक्ट्रोनिक एडजस्टमेन्ट, भेन्टिलेसन, मसाज र मेमोरि फङ्सन जस्ता प्रिमियम सुविधाहरू उपलब्ध छन्।
सुरक्षाका लागि यसमा ३६० डिग्री एचडी क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, र लेन किप असिस्ट जस्ता एडभान्स्ड ड्राइभर असिस्ट सिस्टम फिचरहरू समावेश छन्।
यो पिकअप केवल विलासी मात्र नभई उत्तिकै उपयोगी पनि छ। यसको ३५०० केजी सम्मको लोडिङ क्षमता र भी २ एल (भेइकल–टु–लोड) प्रविधिले गर्दा प्रयोगकर्ताले गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरणहरू पनि चलाउन सक्नेछन्।