काठमाडमौं । मौद्रिक नीति बजारमैत्री आएको भनेर हौवा पिटाइए पनि बजारमा त्यसको संकेत देखिएन । आइतबार एक दिन बजारमा देखिएको वृद्धि ,सोमबार भने टिक्न सकेन । कारोबारको सुरुआती समयमा उच्च वृद्धि देखिएको नेप्से सवाँ घण्टा पछि नै घर्मराएको थियो ।
त्यसपछिको कारोबारमा केही माथि चढ्ने र केही झर्ने गरेर अन्त्यमा १४ अंकको गिरावट पछि बजार बन्द भएको छ । सुरुमा २ पटक सकारात्मक सर्किट लागेर १५५६ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक कारोबार बन्द हुँदा आइतबारको तुलनामा १४ दशमलव शुन्य ९ विन्दूले घटेर १४६४ दशमलव ४९ विन्दूमा आइपुगेको छ ।
साउन २ गते मौद्रिक नीति आउँदा बजारमा मैत्री मौद्रिक नीति भनेर व्यापक समर्थन भएको थियो । नीतिले सेयर कर्जामा एक सय ८० को औसत मूल्याङ्कनलाई घटाएर १२० दिन, धितो मूल्यङ्कन सिमा ६५ बाट बढाएर ७० प्रतिशत, बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा कडाई, ब्याजदर घटाउने अश्त्रका लागि कर्जा–पुँजी–निक्षेप अनुपात ८० बाट बढाएर ८५ प्रतिशत पुर्याएको थियो । आइतबार यही हल्ला पिटाएर बजार बढाउने कोसिश भए पनि सोमबार भने त्यसले कुनै काम गरेन ।
मौद्रिक नीतिले केही सुधारका संकेत गरेपनि सेयर बजारमा आमूल परिवर्तन आउने गरी अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक देखिएका छैनन् । यस्तो बेला लगानीकर्ताले निकै सचेतताका साथ लगानी गर्नुपर्ने हुन्छ ।
अर्कोतिर आइतबार धितोपत्र बोर्डले ल्याएका कतिपय कार्यक्रमले बजारको सुधार गर्ने भनेर सामाजिक सञ्जालमा व्यापक चर्चा गराइएपनि बजारमा त्यसको प्रभाव भने उल्टो परेको छ । बोर्डले सेयर बिक्री पछिकोे भुक्तानीलाई टी प्लस टूमा झार्ने र अन्य सुधारका उपायहरु लगाउने योजान सार्वजनिक गरेको थियो । तर, बजारले त्यसलाई स्वागत गरेन र बजार ओरालो लाग्यो ।
तर, कारोबार रकममा भने उत्साहजनक सुधार देखिएको छ । आइतबार मात्रै ६ करोड २५ लाख रुपैयाँको कारोबार भएकोमा सोमबार २ अर्ब ८० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
एमएमबी बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । एनएमबीको ४४३ मा २० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको ५६५ मा १७ करोड ६३ लाख र एनआईसी एसिया बैंकको ५६५ रुपैयाँमा १७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सोमबार बैंक, विकास बैंक र वित्त समूहको परिसूचक बढेको छ भने व्यापार होटल, जलविद्युत, बीमा, लघुवित्त र म्युचअल फण्डलगायतको घटेको छ ।
‘नाफा बुक’ गर्न खोज्दा क्षणभरमै सेयर बजार ढल्यो, जसरी बढ्यो त्यसैगरी घट्यो
सेयर बजारमा माैद्रिक नीतिकाे प्रभाव, सेयर कारोबार बन्द, ८४ अंकको बृद्धि