काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था नेपाल (इप्पान) को नयाँ कार्य समिति चयन भएको छ । नयाँ कार्य समितिको अध्यक्षमा कृष्ण आचार्य सर्वसम्मत रुपमा चयन भएका छन् । यसअघि कोभिड–१९ का कारण स्थगित निर्वाचन प्रक्रिया सर्वसम्मतबाट नयाँ कार्य समिति चयन भएको हो ।
नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गर्न उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा ज्ञानेन्द्रलाल प्रधान, केशबबहादुर रायमाझी, धु्रर्व उप्रेती र अर्जुन गौतम सम्मिलित समिति बनाइएको थियो ।
उक्त समितिको आइतबार बसेको बैठकले अध्यक्षमा कृष्ण आचार्य सहित १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । आइतबार राती घोषणा भएको नयाँ कार्यसमितिको उपाध्यक्षत्रयमा आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी तथा महासचिवमा गोरे शेर्पा छन् ।
त्यसैगरी सचिवत्रयमा भरतबहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य र कोषाध्यक्षमा आनन्द चौधरी रहेका छन् । यस्तै, सदस्यहरुमा भरत खड्का, प्रकाश दुलाल, उत्तम ब्लोन, भरत लामिछाने थापा, कविता पोखरेल र अभिज्ञा मल्ल छन् ।
इप्पानका लागि आचार्य र सुर्य अधिकारी नेतृत्वको समूहले छुटाछुटै प्यानल बनाएर अघि बढेपनि विवादको कारण स्थगित भएसँगै दुई पक्षले सर्वसहमतबाट नेतृत्व चयनका लागि उम्मेदवारी फिर्ता लिएका थिए ।
विवादको कारणले १८ औ साधारणसभाले नयाँ नेतृत्व चयन गर्न नसकेपनि दुवै पक्षको सहभागितामा बनेको नयाँ कार्य समिति घोषणा कार्यक्रममा नव निर्वानिर्वाचित अध्यक्ष आचार्यले सबै पक्षलाई समेटेर ऊर्जा उत्पादकहरुको हितका लागि सकृय हुने बताए ।