काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले गर्व गर्न लायक सार्वजनिक संस्थानका रुपमा विद्युत् प्राधिकरणलाई स्थापित गरेको बताएका छन् । उनले प्राधिकरण कुशल व्यवस्थापकीय नेतृत्व र अाफुले लिएकाे लक्ष्यअनुसार काम भएकाले गर्व गर्न लायक संस्था बनेकाे बताए ।
उनले प्राधिकरणकाे कुशल कार्यसम्पादन गरेकाे प्रति कार्यकारी निर्दशक कुलमान घिसिङकाे प्रशंसा समेत गरेका छन् । गर्व गर्न लायक सार्वजनिक संस्थाका रूपमा विद्युत् प्राधिकरणलाई नेतृत्व गर्न सफल भएको र घााटामा रहेको प्राधिकरणलाई नाफामा पु¥याएको भन्दै प्रशंसा गरेका हुन ।
धिकरणको ३५ औं बार्षिक उत्सव तथा स्थापना दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै उनले प्राधिकरणले आफूलाई नाफामुखी मात्र नभई सेवामुखी संस्थाका रुपमा स्थापित गर्न सकेको समेत बताए।
केही दिनमै घिसिङको कार्यकाल सकिँदैछ। उनले लोडसेङि अन्त्य गरेदेखि घाटामा रहेको प्राधिकरणलाई नाफामूखी बनाउन कुशल नेतृत्वकै कारणले रहेको बताए । उनले आफ्नो कार्यकालमा विद्युत् प्राधिकरणलाई गर्व गर्न लायक संस्था बनाएको बताए ।
उनले घरेलु ग्राहकको विद्युत महसुल घटाउन सफल भएको तथा मासिक १० युनटिभन्दा कम विद्युत खपत गर्ने करिब ८ लाख विपन्न ग्राहकलाई पूर्ण रूपमा विद्युत महसुलमा छुट दिइएको मन्त्री पुनले स्पष्ट पारेका छन्।
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा नीति कार्यक्रममार्फत मासिक १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ।
‘विद्युत महसुल दरमा वृद्धि नगरीकनै चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमतामा सुधार ल्याई प्राधिकरण आफ्नो इतिहासमा सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ,’ प्राधिकरण स्थापनाको ३५औं वर्ष पूरा भएको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मन्त्री पुनले भने, प्राधिकरण आफ्नो इतिहासमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ।
मासिक १० युनिटभन्दा कम विद्युत खपत गर्ने विपन्न वर्गका करिब ८ लाख ग्राहकलाई पूर्ण रूपमा विद्युत महसुल छुट दिएबाट प्राधिकरणले आफूलाई नाफामुखी मात्र नभई सेवामुखी संस्थाका रूपमा स्थापित गर्न सकेकामा म गौरवान्वित छु।’
प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले अहिलेको सन्दर्भमा घिसिङको प्रशंसा गरेकालाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्राधिकरणको चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमता सुधारका कारण इतिहासमै सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको उनले बताए।