काठमाडौ। सोमबार सेयर बजार १० दशमलव ७५ अंक बढेर १ हजार ४ सय २ दशमलव २१ विन्दुमा पुगेको छ। १ हजार ३ सय ९१ दशमलव ८० विन्दुबाट सुरु भएको सुचक दोस्रो घण्टासम्म १ हजार ३ सय ९३ विन्दुको वरिपरि गुमेको थियो।
सेयर बजार बन्द हुने अन्तिम एक घण्टामा सुचक निरन्तर उकालो लागेर १४ सय माथि पुगेर बन्द भएको छ। लगातार तीनदिन देखि घटेको सेयर बजार सोमबार बढेको हो। सोमबार लगानीकर्ताहरु बीमा कम्पनीहरुको सेयरमा बढी आकर्षित भएका छन्। जीवन बीमा समुहको सुचक १ दशमलव २६ र निर्जिवन बीमा समुहको सुचक २ दशमलव ४६ प्रतिशत बढेको छ।
करिब करिब सबै बैंक तथा वित्तीय संसथाहरुले गत आवको चौथौ त्रैमासिक वित्तीय विवरण सर्वाजानिक गरेका छन्। लगानीकर्ताहरुले सबै कम्पनीहरुको विवरण अध्ययन गरी लगानी गर्ने भएकाले सोमबार बीमा कम्पनीहरु रोजेको एक ब्रोकरले बताए। बैंकहरुको नाफा घटेको वित्तीय विवरण सार्वजानिक हुँदा बीमा कम्पनीहरुको नाफा भने बढेको देखिएको छ।
बैंकहरुले दिने लाभाँश गत वर्षभन्दा कम र बीमा कम्पनीले बैैंकको भन्दा धेरै लाभांश दिने आंकलन लगानीकर्ताहरुले गरेको उनले बताए। नेप्से सुचक सँगै कारोबार रकम पनि १ अर्ब नाघेको छ।
पहिलो एक घण्टामा २१ करोड ५२ लाख दोस्रो घण्टामा ४१ करोड ४१ लाख र तेस्रो घण्टामा ६७ करोड ११ लाख बराबरको सेयर कारोबार भएको थियो। अन्तिम एक घण्टामा ३० करोडको हाराहारी कारोबार रकम भएकाले दिनभरिमा १ अर्ब ७ करोडको सेयर कारोबार भएको छ।
सेयर मुल्यमा बढ्नेको टपमा साधना लघुवित्त कायमनै छ। नेप्सेमा आइपिओ सूचीकृत भएर दोस्रो बजारमा कारोबार भएदेखि कम्पनीको सेयर मुल्यमा सकारात्मक सकिर्ट लाग्दै आएको छ।
सोमबार पनि कम्पनीको सेयर मुल्य ९ दशमलव ८९ प्रतिशत बढेर प्रतिकित्ता ७ सय ६७ रुपैयाँ पुगेको छ। छ्याङदी हाइड्रोपावरको सेयर मुल्य भने घट्नेको टपमा रहेको छ। सबैभन्दा बढी नेपाल बैंकको ७ करोडको सेयर कारोबार भएको छ। कारोबार भएका १८४ कम्पनीमा १ सय कम्पनीको सेयर मुल्य बढेको छ भने ४१ ओटाको घटेको छ भने २५ ओटाको स्थीर रहेको छ।