काठमाडौं । अमेरिकाले तत्काल मिति नतोकी मिलेनीयम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको लैजान आग्रह गरेको छ ।
पूर्वसर्तहरू पूरा गर्नतर्फ लागौँ, त्यसलाई प्राथमिकता दिऔँ अनि त्यसपछि मिति तोकौँला भन्ने जबाफ आएको एमसीसीका अध्यक्ष तथा अर्थसचिव शिशिरकुमार ढुंगानाले बताए । उनले एन्ट्री इन टु फोर्स (इआईएफ) कार्यन्वयनमा अमेरिका सकरात्मक देखिएको जानकारी दिए ।
यसअघि अर्थले संसद्बाट अनुमोदन नभएको अवस्थामा दुवै पक्ष बसेर इआईएफ अर्थात परियोजना कार्यान्वयनको थालनी गर्ने समयको नयाँ मिति तोक्न एमसीसीलाई आग्रह गरेको थियो।
‘मिति तोक्नुअघि हामीले गर्नुपर्ने पूर्वसर्तहरू पूरा गर्नतर्फ लागौँ, त्यसलाई प्राथमिकता दिऔँ अनि त्यसपछि मिति तोकौँला भन्ने जबाफ आएको छ’– उनले भने ।
संसदबाट एमसीसी कम्प्याक्ट पारित नभएर मिति गुज्रिएपछि अर्थ मन्त्रालयले पत्राचार गरेको थियो । असारको दोस्रो साता एमसीसी सम्झौता सकिएको थियो ।
परियोजनाको कार्यान्वयनको मितिसम्म पुग्न छ ओटामध्ये ४ ओटा मात्र पूरा भएका छन । बाँकी दुईवटामा एउटा संसद्बाट अनुमोदन गर्ने र अर्को जग्गा अधिग्रहणको काम गर्ने तथा प्रसारणलाइन बनाउँदा रूखहरूको कटानीको अनुमति लिनुपर्ने छन ।
परियोजनाअन्तर्गतका कामहरू सुरु भएको पाँच वर्षभित्रै पूरा गर्नुपर्ने छ । अन्तर्देशीय विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि अमेरिकाले ५० करोड अमेरिकी डलर करिब ५५ अर्ब रुपैयाँ अनुदान दिने छ ।
सम्झौताअनुसार नेपालले पनि पूर्वाधार विकासमा आफ्नोतर्फबाट करिब १५ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने छ। एमसीसी परियोजनाको लागत ७० अर्ब रुपैयाँ छ ।