काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचिकृत विभिन्न ५ ओटा कम्पनीहरुले पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेका छन ।
ती कम्पनीहरुले ११ अर्ब ९४ करोड ९५ लाख ४७ हजार रुपैयाँ बराबरको ११ करोड ९४ लाख ९५ हजार ४७० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हुन ।
कम्पनीहरुले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन । यी मध्ये समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ३६ करोड ३९ लाख ८० हजार रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ८०० कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाइसकेको छ ।
फाइनान्सले सर्वसाधारणलाई हकप्रद निष्कासन गर्न पहिला संस्थापक सेयरधनीलाई खरिदका लागि आग्रह गरिसकेको छ । उसले हकप्रद सेयर निष्कासन गरेर चुक्तापूँजी ८० करोड रुपैयाँ पुर्याउन लागेको छ । नेपाल राष्ट्र बैंकले ग वर्गको वित्तीय संस्थाको न्युनतम पूँजी ८० करोड रुपैयाँ तोकको छ ।
सबैभन्द धेरै हकप्रद सेयर हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एआईडीसीएल) को छ । एचआईडीसीएलको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता रहेको छ । संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले ढिलाइ गर्दा सर्वसाधारणलाई हकप्रद सेयर निष्कासन गर्न पाएको छैन ।
हकप्रद निष्कासबाट जम्मा हुने रकम कम्पनीले जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । यस्तै नाग्दी ग्रुपले पनि १६ करोड ६ लाख ६६ हजार रुपैयाँ बराबरको १६ लाख ६ हजार कित्ता हकदप्रद सेयर निष्कासन गर्न लागेको छ ।
उसले जलविद्युत आयोजना बनाउन लगानी जुटाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उसले बोर्डमा अनुमतिका लागि निवेदन दिएको लामो समय भइसकेको छ । नाग्दीले २०७५ पुस २३ गते आवेदन दिएको हो ।
यस्तै समस्याग्रस्तबाट भरखरै मुक्त भएको नेपाल फाइनान्स लिमिटेडले पनि पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्न साधारणसभा बोलाएकोमा जारी निषेधाज्ञाका कारण रोकिएको छ ।
उसले १६ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हुन न्युनतम ८० करोड रुपैयाँ चुक्तापूँजी आवश्यक पर्छ । त्यसका लागि उसले हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
यसैगरी बरुण हाइड्रोपावर लिमिटेडले पनि १०० प्रतिशत अर्थात २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको २५ लाख ५१ हजार ५०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसले २०७५ असोजमा बोडमा आवेदन दिएको हो ।
सूचि हेर्न यहाँ क्लिक गर्नुहोस ।