काठमाडौं । बन्दाबन्दी (लकडाउन) र त्यसपछिको निषेधाज्ञाले लगानीका अन्य क्षेत्र ठप्प भएपछि लगानीकर्ताले सेयर बजारमा पैसा खन्याउन छालेका छन ।
बजारमा लगानी बढेपछि सेयर बजारले दिनहुँ नयाँ उचाइ लिँदै आएको छ । बुधबार सेयर बजार २५.५८ अंक बढेर कारोबारमा नयाँ रेकर्ड कायम भएको छ ।
बुधबार ४ अर्ब १८ करोड १० लाख रुपैयाँ बराबरको ९६ करोड ८६ लाख कित्ता सेयर किनबेच भएको छ । लकडाउनअघि फागुन १४ गते सेयर बजारमा ५० अंकले उछाल आउँदा ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । निषेधाज्ञाको बेला सो दिनको कारोबारलाई उछिनेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेर १ हजार ५१० अंकमा पुगेको छ । सोमबार ३ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । निषेधाज्ञाले लगानीको क्षेत्र पनि नभएका कारण बजारमा लगानी ओहिराएको लगानीकर्ताहरुको भनाई छ ।
यता अर्थमन्त्री डा. युवराज खतिवडा २० गतेपछि बाहिरिने हल्लासंगै सेयर बजारले एकपछि अर्को पच्छ्याउने क्रममा छ । बिना सांसद मन्त्री भएका खतिवडाको कार्यकाल भदौ २० गते शनिबार सकिँदै छ । सरकारकाले खतिवडालाई राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफरिश नगरे संवैधानिक व्यवस्थाअनुसार उनको बर्हिगमन निश्चित भएकाले लगानीकर्तामा उत्साह छाएको छ ।
यसअघि नै नेकपा सचिवालयबाट राष्ट्रियसभामा शिफरिशमा परेका तर सरकारले नगरेको अवस्थामा पार्टी उपाध्यक्षसमेत रहेका नेता वामदेव गौतमले पार्टीको पूर्व निर्णय कार्यान्वयन गर्न माग गरेपछि खतिवडाको अर्थमन्त्रीको निरन्तरमा कठिनाइ थपिएको हो ।
अर्थमन्त्रीबाट खतिवडा बर्हिगमन हुने चर्चासँग सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढेको छ । जसको असर निषेधाज्ञाको बीचमा पनि बजारले दिनदिनै थप गति लिइरहेको छ ।
सेयर बजारका लगानीकर्ताले सधै नकारात्मक भनेर प्रचार गरिएका खतिवडा बर्हिगमनले बजारले नयाँ गति समाउने र बजारमैत्री अर्थमन्त्री आएमा बजारको भविष्य उज्वल रहेको भन्दै लगानीकर्ताहरु उत्साहित भएका छन् ।
यस्तै सूचीकृत कम्पनीहरुले लाभांश दिने अवस्था आएको छ । नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड र एनआरएन इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेड जस्ता नयाँ तथा पुराना कम्पनीहरुको सञ्चालक छनौट गर्नुपर्ने भएकाले लगानीकर्ताहरु आफू वा समूह सञ्चालक बनाउन आफ्नो हातमा बढी सेयर पार्न लगानीकर्ताहरु कम्मर कसेर लाग्दा बजार बढाउन सहयोग पुर्याएको छ ।
तीनओटा कम्पनीको सेयर बिक्री भइसकेको र पैसा पनि फिर्ता आउन थालेको छ । यो रकम अहिले दोस्रो बजारमा प्रवेश गरेको अनुमान गरिएको छ । बुधबार जीवन बीमा र निर्जीवन बीमा बाहेक सबै परिसूचक बढेका छन । बैंक तथा वित्तीय संस्था, जलविद्युत र उत्पादनमूलकलगायत अन्य क्षेत्र परिसूचक बढेको छ ।
सबैभन्दा बढी सेयर नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । नेपाल रि–इन्स्योरेन्सको प्रतिकित्ता ९०१ मा ६७ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
शिखर इन्स्योरेन्सको १ हजार २९५ रुपैयाँमा १७ करोड ७५ लाख र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७७७ मा १६ करोड ५१ लाख रुपैयाँ रहेको छ । बुधबार बढी कारोबार हुने मध्ये ६ ओटा बीमा कम्पनीहरु रहेका छन् । अरुण डेभलपमेन्ट, राधी र जोशी जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन ।
