काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा आफूलाई पठाउने निर्णय कार्यान्वयन गर्न भनेपछि अर्थमन्त्री डा. युवराज खतिवडाको पद फेरी धरापमा परेको छ । केही दिनअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री खतिवडालाई निरन्तरता दिने संकेत गरेका थिए ।
दुई दिनअघि मात्र उपाध्यक्ष गौतमले राष्ट्रिय सभामा जान दावी छन । उनले अबको अथमन्त्री आफू हुने र मन्त्रालय पनि चलाउनेसमेत दावी गरेका छन ।
उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउने गत फागनु १४ गतेको सचिवालयको बैठकको निर्णय कार्यान्वयन हुनुपर्ने अडान लिएका छन । उपाध्यक्ष गौतमललाई नेकपाभित्र निर्णायक व्यक्ति मानिन्छ ।
तत्कालीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा परास्त गर्न ओलीलाई गौतमले साथ दिएका थिए।
महाधिवेशनमा खनालको सहयोगप्राप्त अर्का नेता माधवकुमार नेपाललाई अध्यक्षमा झिनो मतले हराएका ओलीका निम्ति गौतमकै काँध दरिलो सावित भएको ठानिन्छ।
यता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले गौतमलाई नै राष्ट्रिय सभामा शिफाशिर गर्न प्रधानमन्त्री ओलीलाई सुझाएका छन । बुधबार दुई अध्यक्षको विषयमा कुरा नमिलेपछि बिहीबार सचिवालय बैठक डाकिएको छ । आजको बैठकले राष्ट्रिय सभामा गौतम वा खतिवडा मध्ये को शिफारिसमा पर्ने निर्णय हुने अनुमान गरिएको छ । अर्थमन्त्रीले पार्टीको निर्णय कार्यान्वयन नगरी पेलेर नै खतिवडालाई निरन्तरता दिने पक्षमा छन ।
जब ओलीमाथि प्रधानमन्त्रीमाथि पद छाड्ने दबाव आयो, ओलीले उपयुक्त समयमा प्रतिनिधिसभामा ल्याएर गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे। त्यसो गर्ने पार्टीले निर्णय नै गर्र्यो।
नेकपाभित्र ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पद त्याग्नुपर्ने माग पटकपटेक उठेको थियो । तर महामारीका बेला त्यसको चर्चा हुन छाड्यो।
बहुमतकै बलमा प्रधानमन्त्रीलाई राजीनामा दिन लगाउने परिस्थिति बनेपछि नेकपा फुटको सम्भावना देखिएको थियो। ओलीको दुवै पद कायम रहने गौतमको प्रस्तावले त्यो टर्यो।
गौतमको राष्ट्रिय सभा प्रवेशको आकाङ्क्षाले नेकपाभित्रको समिकरण फेरि बदलिने हो कि भन्ने चर्चा हुन थालेको छ। उनलाई अर्थमन्त्रीमा निरन्तरता दिन राष्ट्रिय सभाको सदस्य बनाउनुपर्ने हुन्छ।
धेरैलाई चासो छ, पार्टीका उच्च नेताहरू रुष्ट हुने जोखिम उठाउँदै आखिर प्रधानमन्त्री किन उनलाई अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिन चाहन्छन् ?
अर्थतन्त्रका चुनौती, सबलता र जटिलता सबै कुरा बुझेर चल्ने मान्छे हो। उनी २ पटक योजना आयोगका उपाध्यक्ष, केन्द्रीय बैंकको गभर्नर र पार्टीको घोषणापत्र र नीति निर्माणमा सहभागि व्यक्ति हुन ।
उनी अर्थमन्त्री भएपछि अर्थतन्त्रमा देखिने गरी केही सुधारका काम हुने अनुमान गरिएको थियो, त्यो उनले पुरा गर्न सकेनन । सेयर बजार र घरजग्गा कारोबारमा उहाँले गरेको हस्तक्षेप त्यसका उदाहरण हुन्। उनी हट्ने अवस्था आएपछि अहिले सेयर बजार बढेको छ ।