काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । हुन्डाईले कार्यक्रममा विजयीहरु नागेश्वर प्रसाद शाहलाई भेन्यु एस तथा तथा शालिकराम अधिकारीलाई सेन्ट्रो माग्ना हस्तान्तरण गरेको हो ।
लक्की ड्र को विजेताहरुको छनौट २९ जुन, २०२० मा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्र को विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि कञ्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले गरेकी थिइन् ।
१० भाग्यशाली विजेताहरु भरत सिंह पौडेल (कुपन नं. ः ३९७), चन्द्र मणी पौडेल (कुपन नं. ः २७५), जेश घिमिरे (कुपन नं. ः ९९६), महेश्वर लाल सिंह (कुपन नं. ः ९९९), कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं. ः ९४४), राजु शाह (कुपन नं. ः ७६), दल बहादुर बि. क.(कुपन नं. ः ७४४), बिजय अग्रवाल, गणेश हार्डवेर (कुपन नं. ः ७१६), निर्भीक सापकोटा (कुपन नं. ः ११५८), र खातु इन्टर्न्याश्नल प्रा. लि. (कुपन नं. ः ३५) ले दुबई भ्रमण जितेका थिए ।
हुण्डाई फेष्टिभ डिलाइट २०७६ अन्तर्गत हुन्डाईका भाग्यशाली खरिदकर्ताहरुले एक थान सेन्ट्रो मग्न, , एक थान भेन्यू एस, १० जोडीलाई दुबई भ्रमण सहित स्क्राच कार्ड मार्फत नगद छुटपनि प्राप्त गरेका थिए । सम्पूर्ण विजेताहरुलाई बधाई दिदै लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्नुहुने आफ्ना सम्पूर्ण गा्रहकहरुप्रति आभार व्यक्त गरे