×

नेप्से २.८४ प्रतिशतले बढ्यो, आधा दर्जन कम्पनीको सेयरमा सकारात्मक सर्किट 

images

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ परिसूचक उच्च अंकले बढेको छ । 

यस दिन नेप्से परिसूचक ५७.६५ अंकले बढेर २ हजार ८६ बिन्दुमा पगेको छ । जुन २.८४ प्रतिशत हो । आज २ हजार २८ विन्दुमा खुलेको बजार निरन्तर उकालो लाग्दै करिब २१ बिन्दु नजिक पुगेर बन्द भएको छ । 

आज उच्च अंकले बढेको बजारमा २ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम दुई महिनापछिको सबैभन्दा धेरै कारोबार हो । पछिल्लो दुई महिनामा सबैभन्दा कम जेठ २१ गते ७१ करोड रुपैयाँको कारोबार भएको थियो भने आज असार १९ गते आएर उच्च २ अर्ब ४८ करोडको कारोबार भएको छ । 

अघिल्लो कारोबार दिन शुक्रबार नेप्से परिसूचक उच्च अंकले बढ्न सफल हुँदा १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो । 
मौद्रिक नीति अगाडि बजारलाई २२ माथि पुर्याउन केही समूह लागि परेको सेयर विश्लेषकले बताउँछन् । नौं कारोबार दिन अघि नेप्से साढे १८ सय बिन्दुमा थियो । 

पछिल्लो ९ औं दिनमा आइपुग्दा नेप्से करिब २१ बिन्दुनजिक पुगेको छ । मौद्रिक नीति अघि बजार बढ्दा २२ सय विन्दु पार गर्ने र घट्दै जादा २ हजार माथि रहने विश्लेषकहरु बताउँछन् । 

आज नेप्सेमा २३१ कम्पनीको ६२ लाख २७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज आधा दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालयन पावर, अपर तामाकोसी, सानजेन जलविद्युत्, नेष्डो समृद्ध लघुवित्त र सीवाई नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतका दरले बढेर कारोबार भएको छ । 

त्यस्तै ङादी गु्रप पावरसहित पाँच कम्पनीको सेयमूल्यमा सामान्य गिरावट आएको छ । आज नेप्सेमा ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक २२ करोड २८ लाखको कारोबार भएको छ । 
 

आइतबार​ १९ असार २०७९ ०३:३३ PM मा प्रकाशित

प्रतिक्रिया