×

एनआईसी बैंकले गर्यो मोबाइल बैंकिङ एपलाई ओम्नी च्यानलमा स्तरोन्नति

images

काठमाडौं । एनआईसी एसिया बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ एप ‘एनआईसी एसिया मो–बैंक’ को शुभारम्भ गरेको छ । 
‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप फोनबाटै सेवा उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भए–नभएका ग्राहकलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको बैंकले जनाएको छ । 

हालका प्रयोगकर्ताले हालको मो–बैंक एपलाई अपडेट गरी ओम्नी च्यानलमा स्तरोन्नति गर्न सक्नेछन् । यस्तै नयाँ ग्राहकले प्ले स्टोर वा एप स्टोरबा सोझै डाउनलोड गरी प्रयोग गर्न सक्ने बैंकको भनाइ छ । 

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नी च्यानल एपबाट ग्राहकले बैंकिङ सेवा सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछन् । निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिने तयारी गरिएको बैंकले जनाएको छ । 
 

आइतबार​ १९ असार २०७९ ०५:२० PM मा प्रकाशित

प्रतिक्रिया