काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमण जाँदैछन् । उनी साउन २४ देखि २६ गते सम्मका लागि भ्रमण जान लागेका हुन्।
उनी चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा भ्रमण गर्न लागेको मन्त्रालयले शुक्रबार जनाएको छ ।
दुवै मन्त्रीहरूले १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।
स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोज आयोजना गरिने छ। मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी २६ गते काठमाडौं फर्कने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया