×

मंगलम पाइप्सका डिलरले गरे मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री अवलाेकन

images

काठमाडौं । मंगलम इन्डस्ट्रिजका डिलरहरूले शुक्रबार  रुपन्देहीको ढक्दैस्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । बुधबार काठमाडौं, पोखरा र चितवनका डिलरहरूले विभिन्न समयमा फ्याक्ट्री अवलोकन गरेका हुन् । 

उद्योगमा भएका अत्याधुनिक उपकरणहरू र उत्पादन प्रक्रियाका बारेमा प्रत्यक्ष अनुभव दिने उद्देश्यले साे  कार्यक्रम आयोजना गरिएको मंगलम पाइप्सले जानकारी दिएको छ । 

साे अवलोकन भ्रमणमा मंगलम पाइप्सका प्रबन्ध निर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्यलगायत उपस्थित डिलरहरुको सहभागिता थियो । साे अवलोकन भ्रमण लुम्बिनीको पवन प्यालेसमा एक अन्तरक्रियात्मक कार्यक्रमको साथ समापन भएकाे थियो।

शुक्रबार​ २० साउन २०७९ ०३:१२ PM मा प्रकाशित

प्रतिक्रिया