×

लिटमस केबलको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल र मधु भट्टराई नियुक्त

images

काठमाडौं । विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आइरहेको लिटमस केबल ब्राण्डले महानायक राजेश हमाल र मधु भट्टराईलाई आफ्नो ब्राण्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ । २ वर्षका लागि नियुक्त भएसँगै कम्पनीले प्रबर्द्धन गर्ने विभिन्न समारोह, विज्ञापन, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा महानायक एवं मधुको उपस्थिति हुनेछ ।

लिटमस केबल ब्राण्ड लुम्बिनी विद्युत् उद्योग प्रालिकै छुट्टै सब्सीडेरी कम्पनी हो । लुम्बिनी विद्युत् उद्योग प्रालि सन् १९७७ मा स्थापित नेपालको पहिलो एलुमिनियम कन्डक्टर स्टिल रेन्फोर्स एसीएसआर कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरू बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।  

चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरूबाट आफ्ना उत्पादन गर्दै आइको छ ।  

अत्याधुनिक जर्मन प्रविधिको प्रयोग गरी कम्पनीले ओभरहेड कन्डक्टर एसीएसआर रएबीसी  केबलरएक्सएलपीई कभर्ड कन्डक्टर्स/पावर केबल/कन्ट्रोल्स केबल/मल्टिकोर फिक्जेबल केबल/डोमेस्टिक हाउस वाइरिङ, एफआरएलएस, कन्सेन्ट्रिक, फ्लेक्जिबल, इनामेल्ड विण्डिङ वायर्स तथा पेपर इन्सुलेटेड विण्डिङ वायर्स र स्ट्रिप्सहरूको उत्पादन गर्दै आइरहेको छ ।

कम्पनीका केबलहरूको प्रयोगले विद्युत् बिललाई समेत घटाउने दाबी गर्दै आइरहेको छ ।

शुक्रबार​ २५ भदौ २०७८ ०१:४२ PM मा प्रकाशित

प्रतिक्रिया