आइतबार​, असोज १० २०७८ १०:३२ PM

×

प्राविधिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ घोषणा

images

काठमाडौं । सरकारले देशभरका प्राविधिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याउने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको प्रतिस्थापन बजेट विधेयक संसदमा पेश गर्दै त्यस्तो बताएका हुन् । यस्तो किसिमको कार्यक्रम प्रत्येक प्रदेशका केही नमुना विद्यालयहरुमा सञ्चालन गर्ने घोषणा गरेको हो ।

साथै सरकारले मुलुकको पुरानो कलेज त्रिचन्द्र र घण्टाघरलाई ऐतिहासिक महत्व झल्कने गरी पुरानै ढाँचामा पुननिर्माणको प्रवन्ध गर्नेसमेत घोषणा गरेको छ ।

त्यस्तै शिक्षकहरुको उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिने मन्त्री शर्माले बताए । उत्कृष्ठ र गुणस्तरी पाठ्यपुस्तक निर्माण गरी सरकारी विद्ययालयमा विद्युतिय माध्यमबाट वितरण गर्नेसमेत विधेकमा उल्लेख छ ।

शुक्रबार​ २५ भदौ २०७८ ०५:०४ PM मा प्रकाशित

प्रतिक्रिया