बुधबार, असार २ २०७८ ०७:०५ PM

×

सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

images

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न  १९ औं वार्षिक साधारणसभाले चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बाेनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

कम्पनीका अध्यक्ष रतनलाल केडियाले वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गर्दै आव २०७६/०७७ मा १ अर्ब ९६ करोड ३९ लाख बिमा शुल्क आर्जन गरेको बताए । 

यस आवको साधारणसभा भएको दिनसम्म  २ अर्ब १ करोड रूपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरिसकेको जनाइएको छ ।

उक्त बिमा शुल्क संकलन गत आवको सोहीको तुलनामा १६.०७ प्रतिशत बढी रहेको जनाइएको छ ।

शुक्रबार​ २८ जेठ २०७८ ०७:४१ PM मा प्रकाशित

प्रतिक्रिया