×

क्यानडामा मंकीपक्सका बिरामीको सङ्ख्या हजारभन्दा बढी

images

क्यानडामा मंकीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म १ हजार आठ जना मंकीपक्सका बिरामी भएका हुन् । 

तीमध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ । ओन्तारियोमा अहिलेसम्म ४ सय ९७ जनामा मंकीपक्स पुष्टि भएको छ । त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिक कोलम्बीयामा ८५ जना र अल्बेर्तामा १६ जना मंकीपक्सबाट बिरामी भएका छन् । 

मंकीपक्सका विरामीहरु दैनिक रुपमा बढ्दै गएकाले प्रदेशअनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ । सिन्ह्वा

बिहीबार २६ साउन २०७९ ०१:३२ PM मा प्रकाशित

प्रतिक्रिया