×

एकै दिन २ लाख ५० हजार संक्रमित, २ सय ५१ को मृत्यु

images

जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा २ लाख ५० हजार ४ सय ३  जनामा यो सङ्क्रमण देखिएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन् । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् ।

अगष्ट ३ तारिखमा २ लाख ४९ हजार ८ सय ३० जना सङ्क्रमित देखिएका थिए । सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो ।

यहाँ काेरोना भाइरसको नयाँ उपप्रजाति ‘बीए.५’ थप द्रुत गतिमा फैलिएको बताइएको छ । साे प्रजाति अन्य प्रजातिहरुका तुलनामा यो उपप्रजाति द्रुत गतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीहरुले जनाएका छन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै २ सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ ।

जापानका ४७ मध्येका २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमितहरु भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ । सिन्ह्वा

बिहीबार २६ साउन २०७९ ०१:२५ PM मा प्रकाशित

प्रतिक्रिया