आइतबार​, असोज १० २०७८ ०८:४५ PM

×

प्रिपेड कार्डको भुक्तानीको रकम घटाउँदै नयाँ सीमा तोकियो

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रिपेडको कार्डबाट हुने भुक्तानीको सीमा तोकेको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशक २०७८ जारी गर्दै प्रिपेडबाट भुक्तानी हुने रकमको सीमा तोकिएको हो । 

यसअघि प्रतिकारोबार २५ हजार रहेकोमा त्यसलाई नयाँ निर्देशनले १० हजार रुपैयाँमा सीमित गरेको छ । अबदेखि प्रिपेड कार्डमार्फत अधिकतम एक पटकमा १० हजार रुपैयाँ र प्रतिदिन २० हजार रुपैयाँ झिक्न पाइने छ ।

प्रतिमहिना २ लाख रुपैयाँको सीमा तोकेको छ । यसअघि प्रतिकारोबारको मात्रै व्यवस्था थियो भने दिन र महिनाको सीमा तोकिएको थिएन ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्था र कार्ड जारी गर्न अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरुले जारी गरेको एनएफसी कार्डमार्फत प्रतिकारोबार ५ हजार रुपैयाँसम्म झिक्न पाउने व्यवस्था गरेको छ ।

यसअघि कारोबार रकम, संख्या र जोखिम न्यूनीकरण गर्ने विधि सबै कार्ड जारी गर्ने संस्थाले नै तोक्नुपर्ने व्यवस्था थियो ।

मङ्गलबार २९ भदौ २०७८ ०४:२७ PM मा प्रकाशित

प्रतिक्रिया