काठमाडौं। मोबाइलमाण्डुले दसैंको अवसरमा ‘दसैं ग्याजेट्स मेला’ सुरू गर्ने भएको छ। असोज १ देखि १० गतेसम्म सञ्चालन हुने यो विशेष मेलामा उपभोक्ताले ६० प्रतिशतसम्म छुट, कम्बो अफर, प्रि बुकिङ सुविधा तथा रोचक उपहारहरू प्राप्त गर्ने छन्।
मेलामा मोबाइलमाण्डुले ट्याबलेट, ल्यापटप, स्मार्टवाच, इयरबड्सदेखि लिएर विभिन्न होम एप्लायन्ससम्म उपलब्ध गराउने जनाएको छ। यसअन्तर्गत नयाँ उत्पादनको विशेष लन्च पनि हुनेछ।
ब्ल्याक शार्कको नयाँ गेमिङ इयरबड रोकास पहिलो तीन ग्राहकले मात्र ९९ रुपैयाँमै पाउने छन्। क्वी हाई १० एक्स प्रो ट्याबलेट पहिलो ग्राहकले ९९९ रुपैयाँमै पाउने अवसर पाउने छन्।
कम्पनीले असोज १० सम्म ‘दसैं गिभअवे’ कार्यक्रममार्फत तीन विजेतालाई करिब २० हजार रुपैयाँ बराबरका उत्पादनहरू उपहार स्वरूप दिने छ। साथै, २५०० रुपैयाँभन्दा माथिको खरिदमा निस्शुल्क डेलिभरिको सुविधा, मोबाइल र एप्लायन्समा सजिलो ईएमआई सुविधा र वेबसाइटमार्फत खरिदमा विशेष उपहार उपलब्ध गराइने छ।
मोबाइलमाण्डुका अनुसार उपभोक्ताले यो दसैंमा आफ्नो जीवनशैलीमा नयाँ ग्याजेट थप्दै परिवार र आफन्तलाई उपहार दिन सक्ने छन्। कम्पनीले आफ्ना अफर र गिभअवे अपडेटका लागि आधिकारिक वेबसाइट मोबाइलमाण्डु डटकम तथा फेसबुक, इन्स्टाग्राम र टिकटक पेजमार्फत नियमित जानकारी लिन आग्रह गरेको छ।