काठमाडौं। दुबईस्थित ग्लोबल फिनटेक कम्पनी फिल्प्स लिमिटेडले नेपालका प्रख्यात फिनटेक उद्यमी विश्वास ढकाललाई आफ्नो मुख्य कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ। यो नियुक्ति नेपाली फिनटेक क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि मानिएको छ।
सन् २००४ मा नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीको पहिलो वर्षमा पढ्दै गर्दा एफवान सफ्ट इन्टरनेसनल स्थापना गरेका ढकाल नेपालको सबैभन्दा सफल फिनटेक उद्यमी मानिन्छन्। उनको कम्पनी एफवान सफ्ट इन्टरनेसनलको सेवा नेपालका लगभग ९० प्रतिशत बैंकहरूले प्रयोग गर्दै आएका छन्।
यसैबीच उनले स्थापना गरेको नेपालको पहिलो अनलाइन भुक्तानी गेटवे इसेवाका ५० लाख र फोन पेका १८ लाख प्रयोगकर्ताहरू छन्। दुई दशकभन्दा बढी अनुभव राखेका ढकाल दक्षिण एसियाका केही महत्वपूर्ण डिजिटल वित्तीय परिवर्तनका अग्रणी व्यक्तित्व मानिन्छन्।
उनका पहलले शहरी क्षेत्रदेखि ग्रामीण समुदायसम्मका लाखौँ व्यक्ति र सबै आकारका व्यवसायलाई औपचारिक वित्तीय प्रणालीमा ल्याउन सफल भएको छ। यसले उनीहरूलाई ऋण, भुक्तानी र बचतमा पहुँच प्रदान गरेको छ।
फिल्प्सको नेतृत्वमा आउन ढकालले अगष्ट २०२५ मा बंगलादेशको सिटी बैंकसँग गरिएको रणनीतिक साझेदारी उल्लेखनीय रह्यो।
नेपालमा करिब ९५ प्रतिशत लेनदेन नगदमा हुने गरेको अवस्थामा ढकालले बैंक सेवाविहीन जनसंख्यालाई मुख्य धारामा ल्याउने काममा उल्लेखनीय भूमिका खेलेका छन्। अमेरिकी विदेश मन्त्रालयले उनलाई अन्तर्राष्ट्रिय भिजिटर लिडरशिप प्रोग्राम र २०१६ को ग्लोबल इन्ट्रेप्रेन्योरशिप समिटका लागि छनोट गरेको थियो। हालै मे २०२५ मा काठमाडौंमा आयोजित एशियन पेमेन्ट नेटवर्कको २१औँ वार्षिक साधारणसभामा उनलाई उपाध्यक्षमा नियुक्त गरिएको छ।
फिल्प्सको नेतृत्वमा आउन ढकालले अगष्ट २०२५ मा बंगलादेशको सिटी बैंकसँग गरिएको रणनीतिक साझेदारी उल्लेखनीय रह्यो। यस सम्झौताअन्तर्गत फिल्प्सले बैंकको सिटी टच डिजिटल प्लेटफर्मलाई आधुनिकीकरण गर्ने काम गर्ने छ। यस्तै, एबी बैंक पीएलसीसँग पनि डिजिटल लेन्डिङ सुविधा प्रदान गर्ने सम्झौता भएको छ।
‘यो साझेदारीले बंगलादेशमा बुद्धिमान, समावेशी र दीर्घकालीन डिजिटल बैंकिङ इकोसिस्टम निर्माण गर्ने हाम्रो साझा प्रतिबद्धतालाई देखाउँछ,’ ढकालले भने। यो नियुक्ति आउनुअघि मार्च २०२५ मा एफवान सफ्ट इन्टरनेसनलले आफ्नो २१औँ वार्षिकोत्सव मनाउँदै सिद्धान्त ठकुरीलाई नयाँ अध्यक्ष नियुक्त गरेर ढकालको उत्तराधिकारी घोषणा गरेको थियो। यसपछि उनले आफ्नो पूर्ण ध्यान फिल्प्सको नेतृत्वमा केन्द्रित गरेका हुन्।
फिल्प्सले ‘नेक्स बिलियन, नेक्स फ्रन्टेनियर’ भन्ने नारासहित अर्को अरब जनसंख्याका लागि मजबुत फिनटेक पूर्वाधार निर्माण गर्ने दृष्टिकोण अगाडि बढाएको छ। कम्पनीका अनुसार ढकालको नेतृत्वमा (पुरानो परम्परागत तरिकालाई छोडेर नयाँ र उन्नत तरिका अपनाउनु) गति दिने, प्रभाव विस्तार गर्ने र सबै साझेदारका लागि अर्थपूर्ण मूल्य सिर्जना गर्ने दिशामा काम गरिने छ।
विश्वव्यापी फिनटेक क्षेत्रमा ढकालको यो नियुक्तिले नेपाली फिनटेक क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच र प्रभावलाई अझ बढाउने अपेक्षा गरिएको छ।
यसै क्रममा साझेदारहरूलाई बढी ग्राहक केन्द्रित, फुर्तिलो र भविष्यका लागि तयार बनाउने कुरामा विशेष जोड दिइने छ। ढकाल र उनका कम्पनीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन्।
यसमा सन् २०१४ अन्तर्राष्ट्रिय व्यापार पुरस्कार, २०१३ नेपाल उद्योग वाणिज्य महासंघबाट सेवा उत्कृष्टता पुरस्कार र २०१२ रेड हेरिङ टप १०० एशिया पुरस्कार पर्छन्। यी उपलब्धिले उनको फिनटेक क्षेत्रमा रहेको नेतृत्वलाई प्रमाणित गर्दछ।
विश्वव्यापी फिनटेक क्षेत्रमा ढकालको यो नियुक्तिले नेपाली फिनटेक क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच र प्रभावलाई अझ बढाउने अपेक्षा गरिएको छ। यसले नेपालका युवाका लागि प्रेरणाको स्रोत बन्ने र देशको डिजिटल अर्थतन्त्रलाई थप बलियो बनाउने विश्वास गरिएको छ।